नयाँ भाडा तोकिए पनि असुली धन्दा यथावत्
सार्वजनिक यातायातका साधनमा नयाँ भाडा दर लागु भए पनि बाजुराका सवारीचालकले भने पुरानै भाडादर उठाउने धन्दा यथावत् राखेको स्थानीयले गुनासो गरेका छन् । असोजमा जिल्ला प्रशासन कार्यालय सवारीसाधनको नयाँ भाडादर कायम गरेको हो । चालकले मनोमानी भाडा लिने गरेको गुनासो स्थानीय बाजुरावासीको छ। खप्तड छेडेदह गाउँपालिका–५ का स्थानीय धन रावतले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर तोकिए पनि पुरानै भाडा लिने गरेको बताउनुभयो ।
बझाङ केन्द्र विन्दु बनाएर भूकम्प
सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ ।
अनुगमनले टीकापुरको बजारमा सुधार हुँदै
टीकापुर नगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । दशैं नजिकिदै जाँदा किरानाका थोक पसललाई लक्षितगरी बुधबार १६ वटा पसलको अनुगमन गरिएको छ ।
सुदूरपश्चिम नाकाबाट स्वदेश फर्कनेको लर्को
सुदूरपश्चिम प्रदेशमा रहेको विभिन्न नाका भएर भारतबाट स्वदेश फर्कनेको लर्को लागेको छ । रोजगारीको सिलसिलामा भारत गएका नेपालीहरू चाडपर्व मनाउन स्वदेश फर्कन थालेपछि नाकामा फर्कनेको भिड बढेको हो ।
दसैँका लागि घर सजाउँदै थारु समुदाय
यतिबेला कञ्चनपुरका थारु समुदायका महिलाहरू दसैँका लागि घर सजाउन व्यस्त छन् । दसैँका लागि घर चिटिक्क पार्ने, आँगन सजाउने, माछामासु र दाउराको जोहो गर्ने र किनमेल गर्ने जस्ता कार्यमा यो समुदायका व्यक्ति व्यस्त देखिन्छन् ।
इजरायलबाट फर्किएका नेपाली भन्छन् : ‘स्वदेश आइपुग्दा धेरै खुसी छौँ’
द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्किन पाउँदा नेपाली नागरिक निकै खुसी भएका छन् । इजरायल र प्यालेस्टाइनको युद्धले इजरायलमा असुरक्षित बनेका नेपाली नागरिक स्वदेश फर्किरहेका छन् ।
झुलाघाट नाका पूर्णरूपमा सञ्चालनमा
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुलको मर्मतसम्भार कार्य भइरहेकाले गत असोज ९ गतेदेखि आंशिकरूपमा मात्रै सञ्चालनमा थियो ।
वर्षा र हावाहुरीले केराखेतीमा क्षति
यो समय केरा किसानले उत्पादन बजारमा पठाउने समय हो । कैलालीका किसान आजभोलि उत्पादन भएको केरा बजारमा पठाउन थालेका छन् । केरा तयार भएर आम्दानी लिने समयमा आएको बेमौसमी वर्षासँगैको हावाहुरीले किसानलाई नोक्सान भएको छ ।
अजयमेरु गाउँपालिकामा तालाबन्दी
अजयमेरु गाउँपालिकामा युवाले ताला लगाएका छन् । गाउँपालिकाको कार्यालयसँगै अध्यक्ष उमेशप्रसाद भट्ट विकास, उपाध्यक्ष वसन्ती पाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल सेठीको कार्यकक्षमा तालाबन्दी गरिएको हो । गाउँपालिकामा बढेको विवादका कारण कर्मचारीले असारपछि तलब नै नपाएको र सामाजिक सुरक्षा भत्तासमेत निकासा नहुँदा गाउँपालिकावासीलाई समस्या भएकाले तालाबन्दी गरिएको सुनील ठकुराठीले जानकारी दिनुभयो ।