• ११ मंसिर २०८१, मङ्गलबार

जीर्ण पुलबाट आवतजावतमा रोक

blog

शिवराज ढुंगाना 

अछाम, जेठ ३० गते । पुलको लठ्ठा चुँडिएर खच्चड अड्किएको कर्णाली नदी माथिको खिड्कीज्युला पुलमा मानिसलाई आवतजावतमा जिल्ला प्रशासन कार्यालय, अछामले रोक लाएको छ । 

पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–४  खिड्कीज्युला जोडने झोलुङ्गे पुल जोखिमयुक्त भएको भन्दै वारपारमा रोक लगाएको हो । 

अछाम र दैलेखका स्थानीयवासी विद्यार्थी लगायत अन्यले जीर्ण रहेको जोखिमपूर्ण पुलमा सम्भावित घटनालाई न्यूनीकरणका लागि पुल केही समयका लागि बन्द गरिएको छ । खच्चरलाई उद्धारको क्रममा पुलको जाली काटिएकाले पनि आवतजावत गर्न थालेपछि जोखिमयुक्त हुँदा तत्कालका लागि पुलको दुवै प्रवेश स्थानमा तारजाली लगाएर रोक लगाएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शिवप्रसाद लम्सालले जानकारी दिनुभयो । 

प्राविधिक नापजाँच, मूल्याङ्कन तथा परीक्षण र मर्मतपछि मात्र उक्त पुल सञ्चालनमा ल्याइने प्रजिअ लम्सालको भनाइ छ । मानिसको आवतजावतका लागि बन्द गरिएको पुलभन्दा दुईसय मिटरनजिक निर्माण सम्पन्नको चरणमा रहेको पुलमा आवतजावत गराइने बताइएको छ । 

कालेकाँडाको ओदल्तडा र दैलेखको नैनेलमाडु जोड्ने गरी कर्णाली नदीमाथि निर्माणाधीन पुललाई दुई हप्ताभित्र सम्पन्न गर्न आवश्यक पहल भइरहेको प्रजिअ लम्सालको भनाइ छ । पुलको अभावमा बालबालिकालाई विद्यालय, खाद्यान्न ल्याउन र अन्य कामका लागि आवतजावतमा समस्या भएको छ । 

आवश्यक कामका लागि स्थानीयले कर्णाली नदीमा सञ्चालनमा रहेका काठमा ढुङ्गाको प्रयोग गरिरहेको स्थानीय भरत साउँद (सृजन) ले जानकारी दिनुभयो ।