सदस्यता अनलाइन अभिलेखीकरण विषयक अन्तरक्रियात्मक अभिमुखीकरण
नेकपा एमालेका स्थायी समिति सदस्य तथा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले आगामी निर्वाचनमा एकल बहुमतको सरकार बनाउने गरी अगाडी बढ्न पार्टीका नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ ।
सुदूरपश्चिमको विकासका लागि आस्था भन्दामाथि उठौं : मन्त्री जोशी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सुदूरपश्चिमको विकासका लागि आस्था भन्दामाथि उठेर काम गर्नुपर्ने बताउनुभएको छ।
आयुर्वेद चिकित्सालयमा ४९ हजारले सेवा लिए
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको प्रादेशिक चिकित्सालयबाट ४९ हजार बढीले सेवा लिएका छन् ।
गर्मी बढेसँगै कैलालीका थप विद्यालय बन्द गरिँदै
अत्यधिक गर्मीका कारण पठनपाठनमै समस्या भएपछि कैलालीका स्थानीय तहले धमाधम विद्यालयमा बिदा दिन थालेका छन् ।
यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ ।
गर्मीयाममा विद्युतकै सास्ती
शुक्लाफाँटा नगरपालिका-५ सार्की टोलका बासिन्दालाई गर्मी याममा विद्युतको सास्ती हुने गरेको छ । एघार परिवार बस्ने उक्त टोलमा अझै पनि विद्युत लाइन विस्तार हुन सकेको छैन ।
हावाहुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित
बाजुरामा शुक्रबार चलेको हावाहुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ ।
मर्यादित महिनावारी मूल मुद्दा बन्नुपर्नेमा एकमत
महिनावारी (छाउपडी) सँग जोडिएका सबै विभेद हटाएर मर्यादित बनाउन सबै क्षेत्रले साझा रूपमा पहल गर्नुपर्ने विषयमा सरोकारवाला एकमत देखिएका छन् । महिनावारी स्वास्थ्य नीतिका विषयमा छलफल गर्न धनगढीमा आयोजना गरिएको एक कार्यक्रममा प्रदेश सभाका सदस्यले छाउपडी हटाउन हस्तक्षेपकारी पहल आवश्यक रहेको बताएका छन् ।
अत्यधिक गर्मीले पठनपाठनमा समस्या
अत्यधिक गर्मीका कारण कैलालीसहित तराईका विद्यालयमा पठनपाठनमा समस्या भएको छ । गर्मीले गर्दा विद्यार्थीलाई विद्यालय आउजाउ गर्न र कक्षाकोठामा बस्न गाह्रो भएपछि पठनपाठन प्रभावित हुन थालेको हो । गर्मीले गर्दा कतिपय विद्यार्थी बिरामीसमेत पर्न थालेका छन् । विद्यार्थीमा बान्ता हुनेलगायतका समस्या आउन थालेका छन् । बुधबारदेखि पश्चिम तराईमा तातो हावा र तातो लहरसमेत चल्न थालेपछि यस्तो समस्या झन् जटिल बन्दै गएको अभिभावक हर्कबहादुर ओलीले बताउनुभयो । उहाँले गर्मीका कारण आफ्नो छोरा विद्यालयमै बिरामी परेको जानकारी दिनुभयो । “बान्ता गर्ने समस्या देखिएपछि आधा दिनमै विद्यालयबाट घर ल्याएँ,” उहाँले भन्नुभयो ।
धनगढीमा राष्ट्रिय बालचित्र महोत्सव आयोजना हुने
कैलालीको धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना हुने भएको छ । चलचित्र विकास बोर्डले आगामी असार ७ देखि ९ गतेसम्म सो महोत्सव यहाँ आयोजना गर्न लागेको हो ।
गिल्ला सिँचाइ योजनामा खिचातानी
नवदुर्गा गाउँपालिका–४, गिल्ला बस्ती सिँचाइ योजना निर्माण कार्य अलपत्र परेको छ । लिफ्ट गरेर सिँचाइ योजना पाँच वर्षअघिबाट सुरु भएको हो । सो आयोजना मर्मतका लागि गत वर्ष ५० लाख रुपियाँ विनियोजित भएको थियो । राजनीतिक खिचातानीले पूरा हुन सकेको छैन । नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) पार्टीका जिल्ला एवं पालिकास्तरका नेता कार्यकर्ताको आन्तरिक लडाइँले योजना मर्मतका लागि आउने बजेट दुई वर्षयता कार्यान्वयन हुन नसकेको हो ।
पाँच वटा सिँचाइ योजना अलपत्र
यस जिल्लाको पाँच वटा सिँचाइ योजनामा करोडौँ रुपियाँ खर्च भए पनि नहर तथा कुलोमा भने पानी बग्न सकेको छैन । सिँचाइ डिभिजन कार्यालयले योजना निर्माण कार्य पूरा नगर्दा मुख्यमन्त्री नमुना कृषि गाउँको जमिन बाँझो रहेको छ । मेलौली नगरपालिका–८, भम्त खोरडामा मुख्यमन्त्री नमुना कृषि गाउँमा लिफ्ट गरी सिँचाइका लागि २०७७ देखि २०८० सालसम्म एक करोड २० लाख रुपियाँ बजेट आए पनि योजना पूरा नहुँदा खेत बाँझो रहेको छ ।
पार्टी कार्यकर्ता एकापसमा सहयोगी बन्नुपर्छ : नेता भट्ट
नेकपा (एमाले) का केन्द्रीय सचिव तथा पूर्वमन्त्री लेखराज भट्टले २०८१ मा पार्टीलाई शुद्धीकरण र सुदृढीकरण गरी मिसन ८४ सफल गर्न पार्टी कार्यकर्ताहरू एकापसमा सहयोगी बन्नुपर्ने बताउनुभएको छ ।
धनगढीमा २९ वर्ष यताकै धेरै गर्मी : तापक्रम ४४ डिग्री नाघ्यो
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ।
खेलकुद क्षेत्रका लागि आवश्यक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री सोडारी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा खेलकुद क्षेत्रका लागि आवश्यक बजेट विनियोजन गर्ने बताउनुभएको छ ।
धनगढीका विद्यालय जेठ २४ गतेसम्म बिदा
कैलाली लगायत तराईका जिल्लामा अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
धनगढीका विद्यालयलाई एक हप्ता बिदा
धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभरिका विद्यालयमा एक हप्ता बिदा दिएको छ । गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै पठनपाठनमा समस्या भएपछि उपमहानगरपालिकाले जेठ १८ देखि २४ गतेसम्म नगर क्षेत्रका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा बिदा दिएको हो ।
चालु आर्थिक वर्षका आयोजनालाई निरन्तरता दिइने : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बजेटले चालु आर्थिक वर्षका आयोजनालाई निरन्तरता दिइने बताउनुभएको छ ।
डडेलधुरा अस्पताल पाँच सय शय्यामा स्तरोन्नति
सरकारले डडेलधुरा अस्पताल तथा मेडिकल कलेजलाई पाँच सय शय्यामा स्तरोन्नति गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणमा सो घोषणा गर्नुभएको हो । सङ्घीय अस्पतालका रूपमा रहेको डडेलधुरा अस्पताललाई पाँच सय शय्या बनाउने प्रस्ताव स्थानीयस्तरबाट पटक पटक उठेको हो । अस्पतालले ओ एन्ड एम सर्भे गर्दै पाँच सय शय्यामा स्तरोन्नति गर्न प्रस्ताव गरेको थियो । उक्त अस्पताल मेडिकल कलेज भएकाले पनि सो प्रस्ताव पारित भई ४० वटा विभाग र ४० एकाइ रहने व्यवस्था गरिएको छ । अस्पतालमा १२ औँ तहका निर्देशक तथा १९८ जना चिकित्सकसहित एक हजार ८७ दरबन्दीको प्रस्ताव गरिएको छ । हाल अस्पतालमा एक सय शय्या मात्रै सञ्चालनमा छ । दरबन्दी पनि उपक्षेत्रीय अस्पतालसरहको मात्रै स्वीकृत छ । विशिष्ट विशेषज्ञ अस्पताल घोषणा गरिए पनि यस अस्पतालमा विशेषज्ञ चिकित्सक
अत्यधिक गर्मीले कैलालीको जनजिवन कष्टकर
कैलाली लगायत तराईका जिल्लामा अत्यधिक गर्मी बढेपछि जनजिवन कष्टकर बनेको छ । बुधबार कैलालीको तापक्रम ४२ डिग्री सेल्सियस मापन गरिएको छ ।
मृतक र घाइतेको पहिचान खुल्यो
बैतडीको झुलाघाट सडक खण्डमा दुर्घटनामा परेको जिपका मृतक र घाइतेको पहिचान खुलेको छ । वुधबार दिउँसो २ बजे बैतडी सदरमुकाम गोठालापानीबाट झुलाघाटतर्फ जादै गरेको सुपप्र ०१–०० १ ज १५०० नम्बरको जिप दशरथचन्द नगरपालिका –१०, आदरपिण्ड र बाराकोटको बिचमा पर्ने भगोडेन्वालोमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
गर्मीले पठनपाठनमा समस्या भएपछि विद्यालय बिदा
अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि कैलालीको लम्कीचुहा नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा पाँच दिन सार्वजनिक बिदा गरिएको छ ।
कांग्रेसलाई सहमतिमा आउन मुख्यमन्त्री सोडारीको आग्रह
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीलाई प्रदेश सभाका छलफलमा भाग लिन आग्रह गर्नु भएको छ।
घोडाघोडीमा भेटियो लालचुच्चे ठेउवा
कैलालीमा रहेको घोडाघोडी चरा अभय आरण्य क्षेत्र (वर्ड सेन्चुरी) मा पहिलो पटक लालचुच्चे ठेउवा (डलर वर्ड) अभिलेख भएको छ ।