निजी अस्पतालमा विपन्नलाई डायलासिस
कैलालीमा रहेको एक निजी अस्पतालमा विपन्नलाई निःशुल्क डायलासिस सेवा सुरु भएको छ । धनगढीमा रहेको नवजीवन अस्पताल प्रालिले विपन्नलाई निःशुल्क डायलासिस सेवा दिन थालेको हो तर सेवा प्राप्तिका लागि स्थानीय सरकारको सिफारिसपत्र आवश्यक पर्ने गरेको जनाइएको छ ।
साढे पाँच सय हेक्टर वन अतिक्रमण
डिभिजन वन कार्यालयसहित मातहतका पाँच वटा सबडिभिजन वन कार्यालयमा कर्मचारी नहुँदा बैतडीमा ५७७ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ । ४४ जना कर्मचारीको दरबन्दी रहेको डिभिजन वन कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी छैनन् । सात जना वन अधिकृतको दरबन्दी वर्षौंदेखि रिक्त छ । डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार जथाभाबी डोजरले सडक खन्दा ४६६ हेक्टर वन सखाप भएको छ भने सोही सडक किनारमा जथाभाबी घरटहरालगायतका संरचना निर्माण गर्दा ११० हेक्टर गरेर कुल ५७७ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ ।
नागरिकता बनाउन जाजरकोटबाट बझाङ
बुवाको ठेगाना खोजी गर्दै नागरिकता बनाउनका लागि हिमांशु र उहाँका भाइ रमेश जाजरकोटबाट बझाङ जिल्लाको सदरमुकाम चैनपुर आइपुग्नुभएको छ । जाजरकोटको भेरी नगरपालिकास्थित मावली गाउँ गिमबाट आएका दुई भाइले नागरिकता बनाउनका लागि प्रशासनसँग हारगुहार गर्नुभएको छ ।
स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाएनन्
कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन् । उनीहरुले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए ।
सफलताका लागि छेकेन जन्मजात अपाङ्गताले
छोरा जन्मे फजुल खर्च गरेर भए पनि खुसियाली मनाउने परिपाटी छ तर २०४५ सालमा बैतडीको सुनर्या–३, गोयलीमा नन्दराज भट्टको जन्म हुँदा भने परिवारका कसैलाई पनि शुभसमेत लागेन । जेठो सन्तान अशक्त जन्मेको देखेर छरछिमेक र समाजले नानाथरी कुरा काटे । कुल बिग्रेर वा देवीदेवता रिसाएर यस्तो भएको भन्दै उनीहरूले बच्चा नराख्न सुझाए । नन्दराजको परिवारभित्रै पनि बच्चा राख्न नहुने कुरा चल्यो ।
केन्द्रको गठबन्धनले प्रदेशमा उथलपुथल
पुरानो गठबन्धन भत्केर केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिम प्रदेशमा उथलपुथल भएको छ ।
भूतले तर्सायो भन्दै भाडाको घरमा कार्यालय
सेतो चुनाले रङ्गिएको चार कोठे भवन सुनसान छ । भवनबाहिर खानेपानीको टङ्की देखिन्छ तर भूतको डरले यहाँ कर्मचारी बस्दैनन् । यो रित्तो भवन बैतडीका तीन वटा स्थानीय तह कार्य क्षेत्र भएको सबडिभिजन वन कार्यालय मेलौलीको हो । मेलौली नगरपालिका–६ को जेवलासैनीस्थित सबडिभिजन वन कार्यालयको भवनमा भूतले तर्साउने गरेको भन्दै यहाँका कर्मचारी मेलौली नगरपालिका–१, हरिपुर बजारमा घरभाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएका छन् । निजी घरको मासिक आठ हजार रुपियाँ भाडा तिर्ने गरिएको छ ।
आगो सल्केर अछामका एक शिशु गम्भीर घाइते
घरभित्र सुताइ राखेको ओछ्यानमा आगो सल्किएर एक शिशु गम्भीर घाइते भएका छन् । पञ्चदेवल विनायक नगरपालिका-८ बारलाका विन्द्रा विकका ४५ दिनका शिशु गणेश विक गम्भीर घाइते भएका हुन् ।
प्रिमनसुनी वर्षाले हिउँदे बाली सप्रिने
प्रिमनसुनमा भएको वर्षाले हिउँदे बालीलाई फाइदा गरेको किसानले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण शनिबारदेखि कैलालीसहित विभिन्न जिल्लामा पानी परिरहेको छ । यसबेला भएको वर्षाले बाली राम्रो हुने कैलारी गाउँपालिका–७ का कृषक राजकुमार चौधरीले बताउनुभयो । वैज्ञानिक रूपमा पाँच/छ पटक गहुँ सिँचाइ गर्नुपर्ने भए पनि किसानले प्रायः एकचोटि मात्रै गहुँमा पानी हाल्ने गरेका छन् । बलौटे र अग्ला ठाउँमा गहुँ बालीले पानी खोजिरहेका बेला भएको वर्षाले उत्पादन वृद्धिमा सहयोग पुग्ने चौधरीको भनाइ छ ।
धनगढीमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आजबाट प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ।
नगर उद्यान निर्माण अन्योल
वनले अनुमति नदिँदा कैलालीको लम्कीचुहा नगरपालिकामा मोहनलाल नगर उद्यान निर्माण कार्य अन्योल बनेको छ ।
संरक्षणको प्रतीक्षामा पर्यापर्यटनको अनुपम स्थल पुरैनी ताल
बेलौरी नगरपालिका–६ भुराकोटस्थित पुरैनी ताललाई यहाँ स्थानीयले चराको स्वर्ग भन्ने गरेका छन् । ताल क्षेत्रमा सूर्योदय र सूर्यास्तका बेला चरा आकाशमा विभिन्न आकार बनाउँदै उड्दै गरेको दृश्य निकै मनमोहक हुन्छ ।
कर्णालीको पानी धारामा पुर्याउन सुरु
कैलालीको लम्कीमा कर्णाली नदीको पानीलाई लिफ्टको माध्यमबाट तानेर शुद्ध खानेपानी घर घरमा पु्र्याउने उद्देश्यसाथ खानेपानी आयोजनाको काम सुरु भएको छ । आयोजनाले पूर्णता पाएपछि लम्कीचुहा नगरपालिकाका करिब १३ हजार घरधुरीका उपभोक्ताले शुद्ध खानेपानी उपभोग गर्न पाउने छन् । लम्कीचुहाको लगानीमा खानेपानी तथा सरसफाइ आयोजनाको शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले शिलान्यास गर्नुभयो ।
सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित
सुदूरपश्चिम प्रदेश सभाको आज बोलाइएको बैठक स्थगित भएको छ । कार्य व्यवस्था परामर्श समितिको निर्देशनमा प्रदेश सभाको बैठक स्थगित गरिएको हो ।
खुला सीमामा मानव बेचबिखन रोकथामको चुनौती
मानव बेचबिखनमा परेका २५ महिला तथा बालबालिकाको भारतबाट उद्धार गरिएको छ । माइती नेपाल कञ्चनपुरले एक वर्षको अवधिमा भारतका विभिन्न ठाउँबाट बेचबिखनमा परेका २५ जनाको उद्धार गरेको हो ।
‘मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि पारित’
जिल्लाको खप्तड छेडेदह गाउँपालिकाले ‘मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि, २०८०’ पारित गरेको छ ।
धनगढीमा ‘प्रादेशिक ललितकला प्रदर्शनी’
कैलालीको धनगढीमा सुदूरपश्चिम ‘प्रादेशिक ललितकला प्रदर्शनी’ हुने भएको छ । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा यही फागुन २० गतेदेखि २४ गतेसम्म ‘प्रादेशिक ललितकला प्रदर्शनी’ हुन लागेको हो ।
कोटिहोमको हवनकुण्डमा आगलागी
साँफेबगर नगरपालिका –१ स्थित वैद्यनाथधाममा सञ्चालन भइरहेको कोटिहोमको मुख्य हवनकुण्डमा आगलागी भएको छ । वैद्यनाथ मन्दिर अगाडि मैदानमा रहेको मुख्य हवनकुण्डमा आगलागी हुँदा हवनकुण्ड जलेर नष्ट भएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
चुरेका ग्रामीण सडकको स्तरोन्नति
कैलालीको चुरे गाउँपालिका क्षेत्रभित्रका ‘ट्र्याक’ खोलिएका ग्रामीण सडकको स्तरोन्नति गर्ने काम सुरु भएको छ ।
नाकाबाट भित्रिँदै छ कोरोना
सुदूरपश्चिमको नाकामा कोरोना देखा पर्न थालेको छ । भारतबाट फर्किनेहरूमा नाकामा कोरोना सङ्क्रमण देखा पर्न थालेको हो ।
चार वर्षमा दुई हजार महिलाको पाठेघरको शल्यक्रिया
कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन् । उक्त सङ्ख्या सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र हो ।
सभापति र उपसभापतिबिच बैठकपुस्तिका खोसाखोस
नेपाली काँग्रेस कैलाली जिल्ला कार्यसमितिको बैठकमा सभापति र उपसभापति बिच बैठकपुस्तिका खोसाखोस भएको छ ।
सशस्त्रको बीओपी भवन शिलान्यास
दार्चुलाको व्यास गाउँपालिका–४ सुन्सेराको डोकटमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) भवन शिलान्यास गरिएको छ ।
कर्णाली नदीको पानी घरघरमा पुर्याउने
कैलालीको लम्कीमा कर्णाली नदीको पानीलाई लिफ्टको माध्यमबाट शुद्ध खानेपानी घरघरमा पुर्याउने उद्देश्यका साथ खानेपानी आयोजनाको काम शुरु गरेको छ ।