सामाजिक एकता लोकतान्त्रिक गणतन्त्रको लक्ष्य : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको एकता नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य हो । अछामको वैद्यनाथमा १४४ वर्षीय कोटिहोमको उद्घाटनका क्रममा सो कुरा बताउनुभएको हो ।
भासु भीर खण्डमा विस्फोट हुँदा चार जना घाइते
भीमदत्त राजमार्गस्थित भासु भीर खण्डमा बुधबार साँझतिर विस्फोटनमा परी चार जना घाइते भएका छन् ।
भुस्याहा कुकुरबाट मारिए चार लाखभन्दा बढी मूल्यका कुखुरा
आज बिहान कुखुरा फार्मको तारजाली तोडेर भित्र पसेको भुस्याहा कुकुरको हुलले अण्डा दिने लेयर्स जातका छ सय कुखुरा मारिदिएको हो । सय बढी कुखुरा घाइते छन् । “बैंकबाट रु १२ लाख बढी कर्जा निकालेर एक हजार दुई सय अण्डा दिने कुखुरा पालेका थियौँ”, फार्म सञ्चालक आशाले भन्नुभयो, “दैनिक कुखुराले चार पेटी जति अण्डा दिँदै आएका थिए
बजेट अभाव हुँदा अस्पताल निर्माणमा ढिलाइ
कैलालीको दुर्गम मोहन्याल गाउँपालिकामा १० शय्याको पालिकास्तरीय अस्पताल निर्माणमा ढिलाइ भएको छ । बजेट अभावले निर्माणमा ढिलाइ भएको गाउँपालिकाले जनाएको छ । सङ्घीय सरकारले बजेट नपठाउँदा निर्माण अगाडि बढाउन समस्या भइरहेको पालिकाका इन्जिनियर योगेन्द्र भण्डारीले बताउनुभयो । “ हाल भइरहेको कामको पनि भुक्तानी दिन सकिएको छैन,” इन्जिनियर भण्डारीले भन्नुभयो, “निर्माण कम्पनीलाई पालिकाले एक करोड रुपियाँ पेस्की दिएको थियो । त्यसपछिको कामको भुक्तानी हुन सकेको छैन ।”
राष्ट्रपति पौडेल आज अछाम आउनुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल आज अछाम आउनुहुने भएको छ । नेपालको चार धाम मध्यको एक वैद्यनाथ धाममा बिहीबार देखी सुरु हुने कोटि होम महायज्ञको उद्घाटनका लागी अछाम आउन लाग्नुभएको हो ।
गौशालामा राष्ट्रिय जनावरको बिजोग
स्थानीय सरकारले व्यवस्थापन गरेको कैलालीको एक गौशालामा राष्ट्रिय जनावर गाईको बिजोग देखिएको छ । गोदावरी नगरपालिका–९ भल्कामा रहेको गौशालामा चौपायाको बिजोग भएको हो ।
सङ्घीयता बलियो बनाउन सबै लाग्नुपर्छ : सभामुख भण्डारी
सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले लोकतान्त्रिक सङ्घीय गणतन्त्र बलियो पार्न सबैले आ–आफ्नो तप्काबाट कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभएको छ ।
सडकमा झरेको तार पन्छाउन खोज्दा करेन्ट लागेर एकको मृत्यु
टीकापुरमा सडकमा झरेको तार पन्छाउन खोज्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
अछाममा जिप दुर्घटना : एक बालकको मृत्यु, १४ घाइते
लुग्राबाट साँफेबगर आउने क्रममा जिप चौरपाटी गाउँपालिका–५ लुग्रामा दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भने १४ जना घाइते भएका भएका छन् । घाइतेमध्येमा अधिकांश विद्यालय आउने बालबालिका रहेको बताइएको छ ।
मोहना र खुटिया नदीमा तटबन्ध
कैलाली जिल्लाको मध्यभाग भएर बग्ने मोहना र खुटिया नदीको कटान तथा डुबान नियन्त्रण गर्न करिब ५२ करोड रुपियाँको लागतमा तटबन्ध निर्माण भइरहेको छ । बर्खामा नदीले खेतीयोग्य जमिन तथा बस्ती कटान गर्ने भएकाले त्यसको नियन्त्रणका लागि एसियाली विकास बैङ्क (एडिबी) को लगानीमा तटबन्ध निर्माण भइरहेको छ ।
शिक्षा, स्वास्थ्य र खानेपानी प्राथमिकतामा
बाजुराको स्वामिकार्तिक गाउँपालिका यहाँका दुर्गम तथा पछाडि परेका गाउँहरू वाई, साप्पाटा र जुकोट गाविस मिलेर बनेको हो । कर्णाली नदीपारिको यो गाउँपालिकामा नेपाली कांग्रेस पार्टीबाट ४३ वर्षीय भरतबहादुर रोकाया पालिका अध्यक्ष हुनुहुन्छ । गाउँपालिकामा केही राम्रो काम गरेर इतिहास बनाउने योजनामा रहनुभएका अध्यक्ष रोकायासँग सडक, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा भएको परिवर्तन र समाज सुधारका लागि गरिएका उपलब्धिमूलक कामकारबाही, योजना, कार्यान्वयन
माटोमा शिल्प भरेर चलेको वीरपालको जीविका
माटोका भाँडाकुँडा बनाएर शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका वीरपाल कुमालका तीन पुस्ता बितेका छन् । भारतबाट बसाइँ सरेर वीरपालका बाजे भीमपाल माटोका भाँडाकुँडा बनाउन सात दशकअघि यता आउनुभएको हो ।
युवामा देखिएका अस्वाभाविक परिवर्तनप्रति अभिभावक चिन्तित
बालबालिकामा देखिएका अस्वाभाविक परिवर्तनले अभिभावकलाई चिन्तित बनाउन थालेको छ । अहिलेका बालबालिकाको आनीबानी र व्यवहारले विकृति भित्रिन थालेकाले चिन्तित बनाएको सम्बद्ध अभिभावकको गुनासो छ । समय बदलिँदो छ ।
छुवाछुत उन्मूलनका लागि परामर्श कार्यक्रम
बाजुराको त्रिवेणी नगरपालिकामा रहेको त्रिशक्री दलित नेटवर्कले जातीय विभेद तथा छुवाछुत उन्मूलनका लागि सरोकारवाला निकायसँग परामर्श कार्यक्रम सुरु गरेको छ ।
ढिकीमा धान कुट्ने चलन हराउँदै
धान कुट्ने आधुनिक प्रविधि भित्रिएसँगै कञ्चनपुरका महिलाहरुले धान ढिकीमा कुट्न छाडेका छन् । गाउँघरमा धानमिल सञ्चालनमा आएपछि ढिकीमा धान कुट्न महिलाले छाडेका हुन् । पहिला घरघरमै धान कुट्नका लागि काठका ढिकी बनाइएका हुन्थे ।
बाजुरामा वर्षासँगै पुनः हिमपात
वर्षासँगै बाजुराको माथिल्लो भेगमा हिमपात भएको छ । छ महिनापछि वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । पूर्वी-उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका उच्च लेकाली भेगमा हिमपात भएको छ ।
कञ्चपुरको दक्षिणी क्षेत्रमा वन्यजन्तुको त्रास
दुधुवा नेशनल पार्क र लालझाडी कोरीडोरबिचमा रहेको कञ्चनपुरका पालिकाहरुमा वन्यजन्तुको त्रास बढेको छ । पुनर्वास, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिकातिर ठुला तथा हिंस्रक वन्यजन्तुको त्रास बढेको हो ।
जनतालाई अनुभूति हुनेगरी काम गर्छौ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रजातन्त्र नेपाली नागरिकको जीवनशैली, जीवन पद्धतिका रूपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ ।
सुदूरपश्चिम सरकारले बनाएका यस्ता छन् कानुन
एक वर्षको अवधिमा सुदूरपश्चिम प्रदेश सरकारले १८ वटा कानुन बनाएको छ । प्रदेश सरकारले दुई वटा ऐन, तीन वटा नियमावली, दुई निर्देशिका, आठ कार्यविधि र तीन वटा मापदण्ड गरेर १८ कानुन बनाएको हो ।
पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन स्क्रिनिङ
कैलालीको फूलबारीमा महिलाको पाठेघरको क्यान्सर पत्ता लगाउन स्क्रिनिङ गरिएको छ । फूलबारी स्वास्थ्य चौकीमा हेल्थ क्याम्प आयोजना गरेर क्यान्सर स्क्रिनिङ गरिएको हो ।
मिसन ८४ सफल पार्ने नेतृत्व छान्नुस् : अध्यक्ष ओली
नेपाल कम्यूनिष्ट पार्टी (एमाले) कैलाली जिल्ला अधिवेशन आइतबारदेखि सुरु भएको छ । अधिवेशनको पूर्व प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा वलीले उद्घाटन गर्नुभयो ।
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
कैलालीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार टीकापुर नगरपालिका –१ शान्तिनगरका सिर्जना चौधरीको एक वर्षीया छोरी आरोही चौधरीको पानीमा डुबेर मृत्यु भएको छ ।
अध्यक्ष ओलीद्वारा प्रशासनिक भवन उद्घाटन
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ ।
सुदूरपश्चिमबाटै शेयर निस्काशन गरौंः मन्त्री शाही
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले यहीका व्यवसायीले शेयर निस्कासन गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनु भएको छ ।