सिँचाइका लागि जनश्रमदानमा जुटे किसान
गहुँ बाली भित्र्याएसँगै किसान बर्खे बाली अर्थात् धान बालीको तयारीमा जुटेका छन् । धानको ब्याड राख्ने समय भएपछि सिँचाइको कुलो मर्मतसम्भारमा किसान जुटेका हुन् ।
पोखरीमा पानी सङ्कलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान
कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट ल्याएको पानी पोखरीमा सङ्कलन गरेर खतीपातीमा जुटेका छन् । हिउँदेबालीका लागि उनीहरूले निजी तथा सामुदायिक पोखरीबाट खेतबारी सिँचाइ गर्दै आएका छन् ।
वैदेशिक रोजगारीमा सिप अपरिहार्य
सिप अनुसारको काम र सम्मान पाउनका लागि सिप सिकेर मात्रै वैदेशिक रोजगारीमा जानुपर्ने सुझाव यहाँ आयोजित एक कार्यक्रमका सहभागीले दिएका छन् । धनगढी उपमहानगरपालिकाको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमद्वारा आयोजित कार्यक्रममा विदेश जानै परेमा सिप सिकेर मात्रै जान सहभागीले जोड दिएका हुन् । नेपालबाट वैदेशिक रोजगारमा जानेमध्ये धेरै जसो अदक्ष कामदार हुने भएकाले श्रम शोषण र दुःख पाउने गरेको बताइएको छ।
एउटा धितोबाट दुई पटक ऋण, सहकारी सञ्चालक फरार
जोशीपुर गाउँपालिका–१ स्थित जीवनसाथी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ्स लिमिटेडका पदाधिकारीहरू सेयर सदस्य, बचतकर्ताको लाखौँ रकम डुबाएर भागेका छन् । जीवनसाथी सहकारी २०६७ साल भदौमा १७ जना संस्थापक सदस्यबाट एक लाखका दरले सेयर उठाएर सुरु भएको थियो । जोशीपुर गाउँपालिका–१, लकरमन्डीका अशोककुमार महतो सहकारी अध्यक्ष डम्बरबहादुर परियारले युवा स्वरोजगार कोषबाट ल्याएको ४० लाख रुपियाँ ऋण पनि हिनामिना गरेको बताउनुहुन्छ ।
बालक आर्यनको प्रतिभा, हवाईजहाज नदेखी उडाए नमुना जहाज
इन्टरनेट र मोबाइलको प्रयोगले बालबालिकालाई नराम्रो लत मात्र लगाएको छैन, ती स्रोतसाधनलाई सही उपयोग गर्ने हो भने सानै उमेरमा धेरै कुरा सिक्ने र गर्ने माध्यम पनि बनेको छ । यस्तै उदाहरण हुनुहुन्छ कैलालीका आर्यन विश्वकर्मा । आर्यनले हालसम्म वास्तविक हवाईजहाज नजिकबाट देख्नुभएको छैन तर उहाँले इन्टरनेटको खोजीबाटै बनाएको जहाजले आकाशमा कावा खाएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९, प्रतापपुरका आर्यनले १४ वर्षकै उमेरमा हवाईजहाज बनाई आकाशमा उडाएर सबैलार्ई दङ्ग पार्नुभएको मात्र छैन प्रशंसाको पात्रसमेत बन्नुभएको छ ।
थारु महिलालाई सखिया नाचको तालिम
कैलालीको नुक्लिपुरका थारु महिलालाई सखिया नाचको तालिम प्रदान गरिएको छ।
मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी जेठ ३ गते विश्वासको मत लिनु हुने भएको छ ।
एचआइभी सङ्क्रमितलाई मासिक भत्ता
कैलालीको चुरे गाउँपालिकाले पालिकाभित्रका एचआइभी सङ्क्रमितलाई मासिक भत्ता वितरण गरेको छ । पालिकाले सङ्क्रमितलाई पोषणमा कमी हुन नदिन सामाजिक सुरक्षा भत्ताकारूपमा मासिक एक हजार रुपियाँका दरले भत्ता वितरण गरेको हो ।
काफल टिप्दै गरेका महिला
चुरे क्षेत्रको धार्मिक पर्यटकीय गाउँ नायलका महिलाहरु रुखमा चढेर पाकेको काफल टिप्दै । काफल टिप्नका लागि नाईल गाउँमा कैलाली कञ्चनपुर क्षेत्रका बासिन्दा पुग्ने गरेका छन् ।
नदीमा डुबेर दुई बालबालिकाको मृत्यु
कैलालीमा नुहाउने क्रममा नदीमा डुबेर आज दुई जना बालबालिकाको मृत्यु भएको छ । कैलारी गाउँपालिका–८ लोहरपुरस्थित कटैनी नदीको टेढी बाँध क्षेत्रमा नुहाउने क्रममा सोही ठाउँका १३ वर्षीय दुर्गा साउँद र सात वर्षीय अमिल खड्काको डुबेर ज्यान गएको हो ।
चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । नौ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरेबापतको रकम भुक्तानी नपाएकाले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् ।
‘अभिशाप बन्यो खडीखानीको सपना’
कुनैबेला बझाङका युवाका लागि भारतको उत्तराखण्डका खडीखानी (लेख्ने चकजस्तै ढुङ्गाको खानी) जानु ठुलो ‘सोख’ र ‘सान’को विषय थियो ।
टीकापुरको जोखिम संवेदनशील भू–उपयोग योजना निर्माण गरिँदै
कैलालीको टीकापुर नगरपालिकाको जोखिम संवेदनशील भू–उपयोग योजना निर्माण हुँदैछ । योजना निर्माणको तयारीसम्बन्धी प्रकोप जोखिम निर्धारणको प्रस्तुतीकरण तथा योजनाको मस्यौदामा भएका विषयवस्तुमाथि छलफल भएको छ ।
गोदावरीमा फोहोर व्यवस्थापन केन्द्र निर्माण अन्तिम चरणमा
सुदूरपश्चिमकै केन्द्रबिन्दु मानिने कैलालीको अत्तरिया बजारमा पछिल्लो समय जनघनत्व बढ्दै गएको छ । यहाँका सात पहाडी जिल्ला र तराईका दुई जिल्ला प्रवेश गर्ने एक मात्रै चल्तीको सडकमार्ग भएकाले कैलालीको गोदावरी नगरपालिकामा फोहोर व्यवस्थापन गर्न निकै चुनौती रहेको थियो ।
स्पा सञ्चालकसहित छ जना पक्राउ
अनैतिक क्रियाकलाप गरेको आरोपमा कैलाली प्रहरीले स्पा सञ्चालकसहित छ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–४ चौराहास्थित सुदूरपश्चिम स्पा सेन्टरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
नगरपालिकाको दुई करोड भाडा उठेन
टीकापुर नगरपालिकाले भाडामा लगाएका भवन र सटरबाट उठाउन बाँकी बक्यौता रकम एक करोड ८५ लाख ९० हजार ५८३ रुपियाँ पुगेको छ । उक्त बक्यौता भाडामा लगाएका ९३ वटा सटर (कोठा) मध्ये ८१ वटा पसलमा बसेका व्यापार व्यवसायीले २०८० असार मसान्तसम्म तिर्न बाँकी रकम हो । यसमा १६ लाख ५६ हजार ४१७ रुपियाँ रकम जरिबानाबापतको हो । नगरपालिका राजस्व शाखाका प्रमुख नन्दबहादुर केसीका अनुसार मासिक सात लाखका दरले चालु आर्थिक वर्षको १० महिनाको ७० लाख थपिँदा भाडा बक्यौता रकम साढे दुई करोड रुपियाँ नाघेको छ ।
काठेपुलबाट उठेको पैसाले तटबन्ध
कैलालीको कैलारी गाउँपालिका–३, खोनपुरका स्थानीयले काठेपुलबाट उठेको रकमले मोहना नदीमा तटबन्ध निर्माण सुरु गरेका छन् । नदीमा काठेपुल र डुङ्गा सञ्चालन गर्दै आएकाले त्यसबापत उठेको रकमले नदीको कटान नियन्त्रणका लागि भौतिक तटबन्ध निर्माण सुरु गरेका हुन । करिब १० लाख रुपियाँ लागतको तटबन्ध निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको स्थानीय सुजित चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार नदीले बढी कटान गर्दै आएको क्षेत्रमा करिब ७० मिटर तटबन्ध गर्ने योजना रहेको छ ।
चुलोको धुवाँ सिधै फोक्सोमा
सुदूरपश्चिममा बोलिने चर्चित उक्तिका केही शब्द छन्, ‘गोठ पाँण, थिति–मति होइजाऔँ !’ गोठमा पशु राम्रो होस् र घरभित्र बस्ने परिवार सुखी होस् । यस्तै अर्को पनि उक्ति छ, ‘गोठको किलो र पाँणको सिलो हल्लिनु हुँदैन’ घरपरिवार निरोगी होऊन्, दैव नलागोस् । यद्यपि यहाँका ९५ प्रतिशत घरका भान्सामा सुधारिएको चुलो नहुँदा धुवाँ सिधै फोक्सोमा जाने गरेको अध्ययनले देखाएको छ ।
वर्षापछि किसानलाई राहत
लामो समयको खडेरीपछि वर्षा हुँदा यहाँका किसानलाई राहत मिलेको छ । वर्षा भएपछि उनीहरूलाई खेतीपाती गर्न सहज भएको छ ।
सन्कट्टीमा पुल निर्माण थालियो
बर्दियाको गेरुवा गाउँपालिका र कैलालीको टीकापुर नगरपालिकासँग सीमा जोडिएको कर्णालीको सनकट्टीमा पक्की पुल निर्माणको काम अघि बढेको छ ।
प्रादेशिक आयुर्वेद चिकित्सालयबाट १९ हजारले लिए उपचार सेवा
प्रादेशिक आयुर्वेद चिकित्सालय कैलालीले चालु आर्थिक बर्ष २०८०/८१ को नौ महिनामा १९ हजार छ सय २९ जना बिरामीलाई उपचार सेवा दिएको छ ।
मासिए धर्मशाला, हराए चौतारा
सडक यातायात सेवा तथा बजार विस्तार भएपछि नुनको कथासँग जोडिएका ऐतिहासिक धर्मशाला र चौतारीहरू मासिँदै जान थालेका छन् ।
जुस बेचेर महल ठड्याउने सपना
टन्टलापुर घाममा छहारीका लागि टाँगेको प्लास्टिकको त्रिपालमुनि प्रेमलाल रानालाई उखु ताछ्न भ्याइनभ्याइ छ । यो बेला उखुको जुसको सिजन भएकाले पनि हुन सक्छ, प्रेमलाल निधारको पसिनासमेत नपुछेर उखु ताछ्न व्यस्त छन् ।
नगरपालिकाको साढे दुई करोड भाडा उठ्न बाँकी
टीकापुर नगरपालिकाले भाडामा लगाएका भवन र सटर भाडावापत उठाउन बाँकी बक्यौता एक करोड ८५ लाख ९० हजार ५८३ पुगेको छ ।