स्वास्थ्य आपूर्ति प्रमुख अर्याललाई जिम्मेवारीबाट हटाउने निर्णय
सुदूरपश्चिम सरकारले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. निरज अर्याललाई जिम्मेवारीबाट हटाउने निर्णय गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बिहीबार अर्याललाई जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको सचिव शिवराम पोखरेलले जानकारी दिनुभयो ।
निःशुल्क डायलासिस सेवा सुरु
धनगढीमा रहेको निजी अस्पताल नवजीवन अस्पताल प्रालिले विपन्नका लागि निःशुल्क डायलासिस सेवा सुरु गरेको छ । अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसर पारेर विपन्नका लागि निःशुल्क डायलासिस सेवा सुरु गरेकरो हो ।
घोडाघोडीको पर्यटन विकासमा जोड
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले जैविक विविधताको संरक्षणसँगै घोडाघोडी क्षेत्रको पर्यटन प्रवर्धनमा प्रदेश सरकारले सहयोग गरेको बताउनुभएको छ । नेपालको पहिलो चरा अभयआरण्य क्षेत्र घोडाघोडी ताल क्षेत्रको अवलोकनका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
पुरैना तालको अतिक्रमित जग्गा खोजी
स्थानीयको अतिक्रमणबाट अस्तित्व नै गुमाइसकेको पुरैना ताल र जग्गा खोजी कार्य सुरु भएको छ । कैलालीको भजनी नगरपालिका–७, चर्रास्थित सिमसार क्षेत्रमा एक दशकअघि पुरैना ताल रहेको थियो । उक्त ताललाई पुनर्जीवन दिन तालको क्षेत्र र जग्गा खोजी सुरु भएको हो । २०६४ र २०६५ सालमा आएको बाढीले ताल पुरिएको स्थानीयवासी बताउँछन् । त्यसपछि पनि पुरिँदै गएपछि स्थानीय किसानले अतिक्रमण गरी खेतीयोग्य जमिनमा परिणत गरेका हुन् ।
हुलाकी सडक : थपिएको समय सकियो, निर्माण सकिएन
कैलालीमा निर्माणाधीन हुलाकी राजमार्ग स्तरोन्नति गर्ने कार्य थपिएको समय पनि पूरा हुन सकेको छैन । समयमै सडक निर्माण नसकिएपछि स्थानीय चिन्तित भएका छन् ।
शैलेश्वरमा ट्रस्ट पुल निर्माण
अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकाको सिमानामा पर्ने शैलेश्वर खोलामा ३७ लाख आठ हजार रुपियाँ लागतमा ट्रस्ट पुल निर्माण गरिएको छ । पुल निर्माणले स्थानीयलाई आउजाउ गर्न सहज भएको छ । उक्त पुलको जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारी र अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीले उद्घाटन गर्नुभएको छ । स्थानीय सल्लागाउँवासीको माग अनुसार पुल निर्माण गरिएको हो । उक्त पुलको पारितर्फ नवदुर्गा गाउँपालिका–१ भए पनि खोला किनारमा अमरगढी नगरपालिका–७, सल्लागाउँवासीका खेत र जग्गाजमिन छ । खेतीपातीसँगै वनजङ्गल जानका लागि पुल निर्माण गरिएको समन्वय समिति प्रमुख भण्डारीले बताउनुभयो ।
डोटीमा उत्पादित उन्नत मकैको बीउ झापामा बिक्री
डोटीको जोरायल गाउँपालिका–४ स्थित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६९ टन उन्नत जातको मकैको बीउ बिक्री गर्ने भएको छ । सहकारीले किसानबाट सङ्कलन गरी ६९ हजार छ सय ८८ किलो मकैको बीउ बिक्री गर्ने भएको छ ।
कैलारीमा पन्ध्र शय्या अस्पताल निर्माण अन्तिम चरणमा
कैलारी गाउँपालिकामा १५ शय्या अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । कैलारीको वडा नं ५स्थित बैजपुरमा निर्माणाधीन सो अस्पतालको काम ९० प्रतिशत सम्पन्न भएको जनाइएको छ ।
संशोधन विधेयक अपुरो रहेको दाबी
सुदूरपश्चिम प्रदेश सभा सदस्यले सभामा टेबुल भएको निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक अपुरो रहेको जिकिर गर्नुभएको छ ।
एनआरएनएको सहयोगमा पुस्तकालय स्थापना
अजयमेरु गाउँपालिकाका छ सरकारी विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । विद्यालयको शिक्षाको गुणस्तरमा सुधार ल्याउन र विद्यार्थीको पढाइमा पहुँच बढाउनका लागि विद्यालयमा पुस्तकालय स्थापना गरिएको जनाइएको छ ।
नगर प्रहरी मृत्यु प्रकरणमा एक पक्राउ
दार्चुलाको महाकाली नगरपालिकामा कार्यरत महिला नगर प्रहरी मृत्यु प्रकरण अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको छ ।
कुटानी मिलमा दक्ष कामदारको अभाव
कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम गर्ने मिल सञ्चालनमा छन् । ती विद्युतीय मिलमा कामदार भने दक्षअर्थात् तालिमप्राप्त छैनन् । यहाँका मिल व्यवसायीलाई कामदार पाउनसमेत समस्या हुने गरेको उनीहरुको गुनासो छ ।
टीकापुरमा सरुवा रोग अनुसन्धान केन्द्र निर्माण
भजनी (कैलाली), फागुन १७ गते । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थापना गर्ने भएको छ । यसका लागि प्रदेशले पहिलो चरणको संरचना निर्माणको काम यसै वर्ष सम्पन्न गर्ने गरी तयारी थालिएको छ । सङ्घीय सरकारले प्रदेशको डोटीमा सरुवा रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउने गरी काम गरिरहेका बेला प्रदेश सरकारले प्रदेशस्तरीय सरुवा रोग अनुसन्धान केन्द्र कैलालीको टीकापुरमा बनाउने निर्णय गरेको थियो । प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत २०७८ सालमा भवन निर्माणको काम थालिएको थियो । तत्कालीन समयमा अन्तिममा भवन निर्माणको काम सुरु भएपछि काम समयमा सम्पन्न हुन नसक्दा भवन निर्माणको काम एक वर्ष पछाडि धकेलिएको थियो । रु दुई करोडको लगानीमा पहिलो दुई तलासम्मको काम भएको भवनको यस वर्ष बाँकी काम सम्पन्न गरेर सञ्चालनको प्रक्रियामा लैजाने तयारी प्रदेशको रहेको छ । यस वर्ष प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले भवनको बाँकी कामको लागि रु दुई करोड बजेट विनियोजन गरेको छ ।विनियोजन भएको बजेट बोलपत्र प्रक्रियामा गएर सम्झौताको लागि निर्माणका लागि छनोट भएको निर्माण कम्पनीलाई पत्र पठाइसकेको मन्त्रालयका इन्जिनियर होमराज तिमिल्सिनाले जानकारी दिनुभएको छ । “मन्त्रालयले दुई करोडको टेन्डर आह्वान गरेकोमा १२ कम्पनीले सिलबन्दी बोलपत्र पेस गर्नुभएको थियो । त्यसबाट बिबि खप्तड जेभीले भवनको काम पाएको छ ।” उहाँले भन्नुभयो, “चालु आवभित्र संरचनाको काम सम्पन्न हुने गरी मन्त्रालयले निर्माण कम्पनीले सम्झौता गर्नेछ ।” उहाँका अनुसार ठेक्का पाएको निर्माण कम्पनीले करिब ३२ प्रतिशत कम रकममा बोलपत्र पेस गरेको छ ।संरचनाको काम सम्पन्न भएपछि सरुवा रोग अनुसन्धान केन्द्र सञ्चालनको आवश्यक प्रक्रिया अगाडि बढाइने सामाजिक मन्त्रालयका सचिव गणेश सिंहले बताउनुभयो । उहाँले अहिले भवन निर्माणकै चरणमै रहेको जनाउँदै त्यसपछि जनशक्ति व्यवस्थापनका लागि मन्त्रालयले काम अगाडि बढाउने बताउनुभएको छ । “प्रदेशका लागि सरुवा रोग अनुसन्धान केन्द्र एउटा महत्वपूर्ण संरचना हो । त्यसलाई महत्वका साथ हेरिएको छ”, उहाँले भन्नुभयो, “चालु आवमा भवन निर्माणको काम सकिएपछि नयाँ आवमा त्यसको नयाँ योजना तयार हुनेछ ।” उहाँले सरुवा रोग अनुसन्धान केन्द्रले प्रदेशको स्वास्थ्य क्षेत्रलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।टीकापुर अस्पताल परिसरभित्र निर्माण हुन लागेको सरुवा रोग अनुसन्धान केन्द्रले टीकापुर अस्पतालको स्तरोन्नतिमा समेत मद्दत पुग्ने विश्वास गरिएको छ । अनुसन्धान केन्द्र टीकापुरमा स्थापना हुनु सुखद् पक्ष भएको जनाउँदै टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभएको छ । “सरुवा रोग अनुसन्धान केन्द्र सञ्चालनमा आउन आक्यो भने त्यसले टीकापुर अस्पताललाई पनि फाइदा पुग्नेछ ।” अस्पताल व्यवस्थापन समितिका उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रको विकासमा पनि सरुवा रोग अनुसन्धान केन्द्रले टेवा पुग्नेछ ।” प्रदेश सरकारलाई स्वास्थ्य क्षेत्रमा मजबुत बनाउने काममा सरुवा रोग अनुसन्धान केन्द्रले सहयोग पुग्ने विश्वास अध्यक्ष सोडारीले गर्नुभएको छ । उहाँले टीकापुर अस्पताल कैलालीको पुर्वी क्षेत्रलगायत कर्णाली र लुम्बिनी प्रदेशका सेवाग्राहीका लागि पनि महत्वपूर्ण रहेको बताउनुभयो । “प्रदेशको मातहतमा रहेको टीकापुर अस्पतालले यतिबेला छ किसिमका विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । सेवा विस्तारको क्रममा अस्पतालले स्थानीय तहसँग पनि समन्वय गर्दै आएको छ ।” अध्यक्ष सोडारीले भन्नुभयो, “अस्पतालमा भवनको अभाव र उपचारका लागि उपकरणको अभाव छ । त्यसको समाधानका लागि पनि भोलिका दिनमा सरुवा रोग अनुसन्धान केन्द्र बन्यो भने प्रदेशको ध्यान त्यसमा जाने म बेला अस्पतालमा समेत पुग्ने विश्वास छ ।” रासस
जनपुस्तकालयलाई ‘स्मार्ट’ बनाइँदै
धनगढीस्थित कैलाली जनपुस्तकालयलाई स्मार्ट (डिजिटल) पुस्तकालय बनाउने तयारी भइरहेको छ । सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै सो पुस्तकालयलाई युग सुहाउँदो बनाउन डिजिटल पुस्तकालय बनाउने तयारी भइरहेको हो । त्यसका लागि डेढ करोड रुपियाँको लागतमा संरचना बनाउने कार्य भइरहेको छ । प्रदेशको सबैभन्दा ठुलो कैलाली जनपुस्तकालयमा ५० हजार पुस्तक राखिएका छन् । यहाँ दैनिक ३० देखि ४० जना पाठक आउने गरेका पुस्तकालयका अध्यक्ष डा. टिएन जोशीले बताउनुभयो ।
फेरीले बदलियो कर्णालीपारिको जनजीवन
यस जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने कर्णाली नदीमा निर्माण गरिएको फेरीले यहाँका स्थानीयवासीको जनजीवन बदलिदिएको छ । फेरीले कर्णालीपारिको स्वामिकार्तिक खापर गाउँपालिकाका स्थानीयलाई आवतजावतमा सहज बनाइदिएको छ । गाउँपालिकाका बासिन्दा कर्णाली नदी तरेर अछामको साँफेबगर र बाजुराको बार्जुगाड, तिपाडा, मार्तडी, दानसाँगु, कोल्टी र पीलिचौरसम्म पिठ्युँमा डोको र नाम्लो बोकेर दैनिक उपभोग्य सामग्री ल्याउन बाध्य थिए ।
नियमावली मस्यौदामाथि प्रदेशसभा सदस्यको सुझाव
सुदूरपश्चिम प्रदेश सभामा प्रदेश सभा नियमावली २०८० को मस्यौदामाथि छलफल सुरु गरिएको छ । आज बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभा नियमावली २०८० को मस्यौदामाथि छलफल सुरु गरिएको हो ।
लोप हुँदै परम्परागत पानी घट्ट
बाजुरामा परम्परादेखि सञ्चालन हुँदैआएका घट्ट पछिल्लो समय लोप हुँदैगएको छ । गाउँबस्तीमा बिजुली बत्ती पुगेसँगै घट्ट लोप हुँदै गएको हो ।
त्रिपन्न जनाको निःशुल्क स्थायी बन्ध्याकरण
सन्तानको रहर पूरा भएका ५३ जनाले निःशुल्क स्थायी बन्ध्याकरण सेवा लिएका छन् । स्थायी बन्ध्याकरण शिविरबाट ३६ जना महिलाले मिनिल्याप र र १७ पुरुषले भ्यासेक्टोमी सेवा लिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।
चरा संरक्षणसँगै घोडाघोडीको पर्यटन विकासमा प्रदेश सरकारको जोड
जैविक विविधता संरक्षणसँग घोडाघोडीको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेगरी प्रदेश सरकारले काम गर्ने सुदूरपश्मि प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बताउनुभएको छ ।
सोनाहा जातिको पीडा : ‘बालुवा छान्दा पनि छाक टार्न धौ–धौ’
सोनाहा जातिको मुख्य पेसा नदीका बगरमा बालुवा छानेर सुन सङ्कलन गर्नु हो तर कञ्चनपुरमा बसोबास गर्दै आएका उक्त जाति दशकौँदेखि महाकाली नदीमा बालुवा, गिट्टी छानेर जीविका चलाउँदै आएका छन् ।
कोभिडले बनायो कृषक
भजनी नगरपालिका–५, लालबोझीकी रूपा चौधरीको हुलाकी राजमार्गसँगै १० कट्ठा जमिनमा तरकारी बारी छ । सोही बारीको एकापट्टि लटरम्म टमाटर फलेका छन् भने अर्कातिर फुल्न थालेका बिरुवा छन् । काउली, गाँजर र प्याजका बेर्ना बेचिसकिएका छन्, ब्रोकाउली तयार हुँदै छ । बन्दा, खुर्सानी, भान्टा, काँक्रा, फर्सी फल्दै छन् । रूपाका श्रीमान् श्रीमती, सासूससुरा हरेक दिन बारीमै भेटिन्छन् ।
‘कृषि र पर्यटन विकासका आधार’
महाकाली अञ्चलको पुरानो सदरमुकाम बैतडीको पाटन नगरपालिकाका १० वटा स्थानीय तहमध्ये सबैभन्दा जिल्लाकै सुगम मानिन्छ । यहाँ विमानस्थल, भीमदत्त प्राविधिक शिक्षालय र पाटन बहुमुखी क्याम्पसलगायतका संस्था रहेका छन् । मध्यपहाडी लोकमार्गसमेत पाटन नगरपालिका भएरै अघि बढेको छ । यो नगरपालिकामा १० वटा वडा रहेका छन् । पाटन नेपाल सरकारको नमुना सहरका रूपमा विकास गर्ने योजनामा समावेश छ । नयाँ सहरमा एक लाख मानिसको बसोबास गर्ने लक्ष्य राखिएको छ । २०७१ सालमा स्थापना भएको नगरपालिकामा छ हजार ४४२ परिवार रहेका छन् । यहाँको साक्षरता दर ८०.५३ रहेको छ । कृषितर्फ धान, गहुँ, मकै, कोदो, भटमासलगायतका दलहन बाली उत्पादन हुने गरेका छन् । प्रस्तुत छ : स्थानीय तहको निर्वाचन २०७९ मा नेपाली कांग्रेसबाट पालिका प्रमुखमा निर्वाचित नगर प्रुमख गौरीसिंह रावलसँग गोरखापत्र बैतडी समाचारदाता गोकर्ण दयालले गर्नुभएको कुराकानी :
अतिक्रमित पुरैना तालको जग्गा रेखाङ्कन कार्य सुरु
कैलालीको भजनी नगरपालिका–७ चर्रास्थित अतिक्रमित पुरैना तालको जग्गा रेखाङ्कनको कार्य सुरु भएको छ । डिभिजन वन कार्यालय पहलमानपुरको आग्रहमा नापी कार्यालयले अतिक्रमित जग्गा रेखाङ्कन गर्न थालेको हो । सो कार्यका लागि नापी कार्यालयले दुई जना अमिनलाई फिल्डमा खटाएको छ ।
महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा
सुदूरपश्मिमा पहिलोपटक बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा सुरुआत भएको छ । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ डा इच्छा ढकालले सेवा प्रदान गर्न थालेसँगै सुदूरपश्चिममै पहिलोपटक बाल क्यान्सर रोग विशेषज्ञ सेवा सुरु भएको हो ।