हुरीबतासले खानेपानीमा क्षति
हुरीबतासले लिफ्ट खानेपानीको सो लार पाता उडाएपछि ११९ परिवार खानेपानीबाट वञ्चित भएका छन् । हुरीबतासले सोलारमा क्षति गर्दा विद्यालय, अस्थायी प्रहरी पोस्ट र बर्थिङ सेन्टरमा समेत खानेपानी अवरुद्ध भएको छ । शनिबार अपराह्न चलेको हावाहुरीले पाटन नगरपालिका–१, गेरुवापानीस्थित मुहानमा राखिएका ७५ वटा सोलार पातामध्ये ३० वटा पाता उडाएर काम नलाग्ने गरेर क्षति पु¥याएको छ । सोलार पातामा क्षति पुगेपछि बस्तीमा खानेपानीको हाहाकार भएको छ ।
स्तनपान गराउन कामकाजी महिलालाई समस्या
कैलालीको घोडाघोडी नगरपालिका पहलमानपुरकी पवित्रा विष्टले छोरा र छोरीतर्फका १६ नातिनातिना हुर्काउनुभयो ।
सडक दुर्घटनामा एक जनाको मृत्यु
कैलालीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका –४ भालुफाँटास्थित पूर्व–पश्चिम राजमार्गमा म प्र ०३–००२ ख ००११ नम्बरको ट्रक र सुदूरपश्चिम प्रदेश ०१–०११ प ४४४३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा एकको ज्यान गएको हो ।
दार्चुलामा जिप दुर्घटना: १ जनाको मृत्यु, ८ जना घाइते
दार्चुलाको लेकम गाउँपालिकाबाट धनगढीका लागि छुटेको जिप बुडर नजिक दुर्घटना हुँदा १ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
उत्साहित पार्न आकर्षक कार्यक्रम
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले अपाङ्गतालगायत विपन्न वर्ग तथा समुदायको अधिकारका लागि सरकार सदैव लागिपर्ने बताउनुभएको छ । आदिवासी जनजाति अपाङ्गता महिला सङ्घ नेपाल (निडवान) ले आयोजना गरेको चारदिने अन्तरप्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
बाजुरागडावस्तीको समस्या समाधान गर्छौँ : मुख्यमन्त्री सोडारी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले कैलालीको चुरे गाउँपालिका–४ बाजुरागडाका बासिन्दाको आधारभूत आवश्यकता पूरा गर्नका लागि कटिबद्ध रहेको बताउनुभएको छ ।
फाप्ला रङ्गशाला निर्माणको लागि डिपीआर बन्दै
दशक अगाडि मैदान पहिचान भएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माण गर्न लागिएको छ।
‘अपाङ्गता लगायत लक्षित वर्गलाई उत्साहित गर्ने कार्यक्रम ल्याउँछौँ’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले अपाङ्गता भएका लगायत विपन्न वर्गका जनसमुदायको पक्षमा प्रदेश सरकार सदैव लागिपर्ने बताउनुभएको छ।
मेसिनद्वारा धान रोपाइँ गर्न ‘ट्रेमा’ बीउ उमार्दै झलारीका किसान
आधुनिक तरिकाले धान रोप्नका लागि शुक्लाफाँटा नगरपालिका–१० झलारीका किसान प्लाष्टिको ट्रेमा बीउ उमार्ने कार्यमा लागेका छन् । मेसिनद्वारा धान रोपाइँ गर्न ट्रेमा बीउ उमार्ने काम भइरहेको हो ।
रुख ढलेर घर च्यापिँदा वृद्धको मृत्यु
टीकापुर नगरपालिका–१ बिशालनगर गल्ली नं ६ मा रुख ढलेर ७० वर्षका दलु पुरीको ज्यान गएको छ ।
अमरगढी किल्लामा राष्ट्रिय विभूति थापाको पूर्णकदको सालिक अनावरण
डडेल्धुरा सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा राष्ट्रिय विभूति अमरसिंह थापाको पूर्णकदको सालिक अनावरण गरिएको छ । बडाकाजी थापाको पुरानो शालिकलाई हटाएर नयाँ शालिक राखिएको हो ।
‘माल’ थर परिवर्तनका लागि निवेदन
‘माल’ थर परिवर्तनका लागि दुई सय जनाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । माल थरकै कारण महिला/पुरुषलाई अप्ठ्यारो महसुस भएपछि परिवर्तन गर्नु परेको उहाँहरूको भनाइ छ । डिलासैनी गाउँपालिका–६, गोकुलेश्वरका क्षेत्री समुदायका करिब दुई सय जना थर परिवर्तनका लागि प्रशासन कार्यालय पुगेको निवेदक रमेशसिंह मालले बताउनुभयो । विद्यालय/क्याम्पस पढ्ने युवतीलाई थरका कारण समस्या हुन थालेको छ ।
बजेट बिचौलिया केन्द्रित नहोस् : नेता रावल
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेश सरकारले आइतबार ल्याएको नीति तथा कार्यक्रम आफूहरूले भनेजस्तै आए पनि आगामी आर्थिक वर्षको बजेट जनमुखी हुनुपर्ने बताएको छ ।
‘प्रदेश सरकारको नीति तथा कार्यक्रम सकारात्मक छ’
नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम सकारात्मक रहेको धारणा सार्वजनिक गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकार विस्तार अन्योलमा
नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलले सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनको वातावरण अझै नबनेको बताएको छ ।
मिलेमतो गर्नेलाई कारबाहीको माग
टीकापुर विकास समितिका नाममा नक्कली कागजात बनाई घडेरी बिक्रीवितरण गर्ने व्यक्तिबाट आफूहरू ठगिएको भन्दै स्थानीयले कारबाहीको माग गरेका छन् । नगर विकास समितिको ११७ घडेरी नक्कली कागजपत्र तयार पारी अर्कै व्यक्तिको नाममा नामसारी गरी बिक्रीवितरण गरिएको पाइएको छ ।
प्रदेश प्रमुख मियाँद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ।
शुक्लाफाँटाका महिलालाई आत्मनिर्भर बनाउन १५ दिने होजियारी तालिम
महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आजदेखि १५ दिने हाते होजियारी तालिम सञ्चालन गरिएको छ ।
क्षमता बढाउन अनुभव आदान प्रदान कार्यक्रम उपयुक्त
सुदूरपश्चिम प्रदेश सभाका सदस्यले अघिल्लो प्रदेश सभा सदस्यको अनुभवबाट आफूहरूलाई काम गर्न सहज हुने बताएका छन्।
आगामी वर्षका लागि ठुला आयोजनामा बढ्यो बजेट
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कामलाई तीव्रता दिन सरकारले आगामी आर्थिक वर्षका लागि बजेट वृद्धि गरी विनियोजन गरेको छ ।
बजेट नछुट्याएकोप्रति स्थानीयको गुनासो
समैजी विमानस्थल निर्माणका लागि यस पटक पनि बजेट नछुट्याएकोप्रति स्थानीयले गुनासो पोखेका छन् । यसअघि तीन पटक प्रारम्भिक अध्ययन गरेर पनि बजेट नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन् । उक्त विमानस्थल निर्माण गर्न चार अर्ब रकम आवश्यक पर्ने अनुमान गरिएको छ । अजयमेरु गाउँपालिका–१, पुइलेकमा विमानस्थल निर्माणका लागि प्रारम्भिक चरणको अध्ययनपछि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) थालिएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा विमानस्थल छैन भन्ने आवाज उठेपछि २०७९ सालको चुनावी सभामा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले विमानस्थल निर्माण गर्ने बताउनुभएको थियो । जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष २०८१/८२ को बजेटमा समैजी विमानस्थल निर्माणको विषय नै उल्लेख गरिएको छैन । प्रारम्भिक अध्ययनले विमानस्थल निर्माण हुने अपेक्षा राखेको बजेटमा रकम नपर्दा यहाँका स्थानीय आक्रोशित बनेका छन् ।
बल्दे–अम्कोट सडक अनुगमन
बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत बल्दे–अम्कोट सडक अनुगमन गरिएको छ । सरोकारवाला निकायले शनिबार सो सडक अनुगमन गरेको हो । बल्दे–अम्कोट सडक बर्खाका बेला सधैँ अवरुद्ध हुने गरेकाले यो वर्ष यातायात सेवा नियमित गर्ने उद्देश्यले अनुगमन गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बर्खाका समय पानी पर्नेबित्तिकै सडक भत्किने गरेकाले त्यसको समाधान गर्न र यातायात सेवा नियमित गर्न सडक अनुगमन गरिएको हो । सो सडकलाई सञ्चालन गर्न सकिन्छ वा विकल्पका रूपमा सडक सञ्चालन गर्ने विषयमा छलफल गरिएको छ । बर्खा लागेसँगै मनसुन सुरु हुनुअगावै सडक अवरुद्ध हुने गरेकाले त्यसको विकल्प खोज्न अनुगमन गरिएको बुढीगङ्गा नगरपालिका–२ का यातायात व्यवसायी वीरबहादुर थापाले बताउनुभयो ।
घोडाघोडीमा लालचुच्चे ठेउवा
घोडाघोडी चरा अभय आरण्य क्षेत्र (बर्ड सेन्चुरी) मा नयाँ प्रजातिको चरा थपिएको छ । लालचुच्चे ठेउवा (डलर बर्ड) थपिएको जनाइएको छ । गर्मी मौसममा पाइने चराहरूको अनुगमन तथा अनुसन्धानका क्रममा पहिलो पटक सो प्रजातिको चरा अभिलेख गरिएको बताइएको छ । घोडाघोडीको बेतहनी क्षेत्रमा भालेपोथी गरी दुई वटा लालचुच्चे ठेउवा अभिलेख गरिएको चराविद् हिरूलाल डङ्गौराले जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनपुरमा यो प्रजातिको चरा अभिलेख भए पनि कैलालीमा यसअघि देखिएको थिएन ।
लागूऔषधसहित ६ जना पक्राउ
अत्तरियाको एक होटलबाट लागूऔषध (खैरो हिरोइन) सहित पाँच जना युवक पक्राउ परेका छन् । गोदावरी नगरपालिका –२ बसपार्क रोडस्थित डोटी–बैतडी होटलको कोठामा लागूऔषध सेवन गरिरहेको अवस्थामा ती युवाहरु पक्राउ परेका हुन् ।