भूकम्प पीडितलाई बर्दिबास नगरपालिकाको सहयोग
नगरपालिकाले भूकम्पबाट अति प्रभावित ४ स्थानीय तहलाई १२ लाख रुपियाँ सहयोग गरेको हो ।
पहिरोकाे जोखिम बस्तीमा साइरन जडान
बाजुराको बुढीगङ्गा नगरपालिका वडा नं –२ को पहिरो जोखिम बजेडी बस्तीमा पहिरो पूर्व सूचना दिने मेसिन (साइरन) जडान गरिएको छ । यो बस्तीमा बर्खाको समय निरन्तर पहिरो बग्दै गरेकोले यहाँका स्थानीयलाई पहिरो आएको पूर्व जानकारी गर्ने गरी पहिरो पूर्व सूचना दिने मेसिन (साइरन) जडान गरेको हो ।
स्वास्थ्य केन्द्रमा सिटामोल अभाव
स्वास्थ्य कार्यालय बैतडीले अनुगमन गर्दा सिगास गाउँपालिका–१ स्थित स्वास्थ्य संस्थामा सिटामोल होइन बाख्राको बड्कौला भेटिएको छ । जिल्लाकै दुर्गम सिगास गाउँपालिका–१, जुकेपानीस्थित आधारभूत स्वास्थ्य केन्द्र महिनौँदेखि स्वास्थ्यकर्मीविहीन अवस्थामा छ । सिगास–१ कै बेसरा गाउँमा रहेको गाउँघर क्लिनिक एक वर्षदेखि बन्द हुँदा त्यहाँ पनि बाख्राका बड्कौला भेटिएको स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।
प्रभावकारी बन्दै दिवा खाजा
बाजुराका विद्यालयमा सञ्चालन गरिएको दिवा खाजा कार्यक्रम निकै प्रभावकारी बन्दै गएको छ । खाजा कार्यक्रमपछि उपस्थित नहुने बालबालिका नियमित रूपमा विद्यालय आउन थालेका छन् । बुढीनन्दा नगरपालिका–९, सिद्धेश्वरी आधारभूत विद्यालयका छात्र किरन रोकायालाई विद्यालयनजिकै घर भएकाले खाजा खान घरमै जानु पर्ने बाध्यता थियो । अहिले विद्यालयमै खाजा पाउन थालेपछि त्यो समस्या हटेको विद्यार्थी रोकायाले बताउनुभयो ।
दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना
दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड –२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड –३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको हो ।
परम्परागत माटोको भकारी बनाउँदै थारु महिला
कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटामा माटोको भकारी (डेहरी) बनाउँदै स्थानीय महिला । अन्न राख्नका लागि थारु समुदायले माटोको भकारी बनाउदैआएका छन् ।
विद्यालयमा प्रभावकारी बन्दै दिवा खाजा
बाजुराका विद्यालयमा सञ्चालन गरिएको दिवा खाजा कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दैगएको छ । विद्यालयमा उपस्थित नहुने बालबालिकालाई नियमित सहभागी गराउँदै आएपछि पछिल्लो समय बाजुरामा दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दैगएको हो ।
श्रीमतीको हत्या आरोपमा शेरबहादुर पक्राउ
आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले बुधवार मङ्गलसेन नगरपालिका ३ लाक्षीमना निवासी शेरबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा दुईजनाको मृत्युु, चार घाइते
अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र०१००१ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो ।