• १२ साउन २०८१, शनिबार

कैलालीमा चट्याङ लागेर बालिकाको मृत्यु

blog

चाँदनी आचार्य

कैलाली, जेठ ८ गते । कैलालीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।  घोडाघोडी नगरपालिका ९ उत्तर पूर्वा  बस्ने लाल सिंह बि।क।को १५ वर्षीया छोरी ममता बि।क।को  सोमबार साँझ चट्याङ लागर मृत्यु भएको हो।  

उनको पसलबाट घर फर्कने क्रममा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष हरिसचन्द्र शाह ले जानकारी दिनुभयो ।  मृतक बालिका कालिका माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेको जनाइएको छ ।मङ्गलबार बिहान प्रहरी घटना स्थल पुगी मुचुल्का बनाउँदै गरेको वडाध्यक्ष शाहले जनाउनु भयो ।