• ४ असार २०८१, मङ्गलबार

गोरखापत्र संस्थानले धनगढीमा फोटो प्रदर्शनी गर्ने

blog

भावना जोशी 

अत्तरिया, जेठ १४ गते । गोरखापत्र संस्थानले १७ औँ गणतन्त्र दिवसको अवसर पारेर फोटो प्रदर्शनी गर्ने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशसँगको सहकार्यमा फोटो प्रदर्शनी गर्न लागेको हो । 

संस्थानले डिजिटल माध्यमबाट आन्तरिक मन्त्रालयको हलमा संस्थानको ऐतिहासिक   फोटो प्रदर्शन गर्न लागेको गोरखापत्र संस्थान कार्यालय कैलालीले जानकारी दिएको छ । 

फोटो प्रदर्शनी जेठ १५ देखि १७ सम्म तीन दिनसम्म सञ्चालन हुनेछ । प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश प्रमुख, मन्त्रीलगायत विशिष्ट व्यक्तित्व तथा सर्वसाधारणले फोटो प्रदर्शनीको अवलोकन गर्ने विश्वास गरिएको छ ।