• १२ साउन २०८१, शनिबार

सुदूरपश्चिमका मन्त्रालय फुटाउने कुरामा कांग्रेसको आपत्ति

blog

पत्रकार सम्मेलनमा धारणा राख्नुहुँदै नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका नेता कमलबहादुर शाह।

प्रकाशविक्रम शाह

धनगढी, जेठ २९ गते । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलले प्रदेश सरकारले मन्त्रालय फुटाउन गरेको तयारीको विरोध गरेको छ । 

मंगलबार संसदीय दलका नेता कमलबहादुर शाहले पत्रकार सम्मेलन गर्दे सरकार बनेको ५४ दिन हुँदा सरकारले पूर्णता पाएको मन्त्रालयभन्दा मन्त्री धेरै भएको बताउनुभयो । उहाँले मन्त्रालय फुटाएर व्ययभार बढाउनु नहुने बताउनुभयो । 

सरकारले सरकार जोगाउन यो प्रदेशलाई आर्थिक भार थप्ने कुराको कांग्रेसले विरोध गर्ने बताउनुभयो । मन्त्रालय टुटाएर फुटाएर राज गर्न कुराको विपक्षमा काँग्रेस रहेको उहाँको भनाइ छ । सुदूरपश्चिममा सात मन्त्रालय छन् त्यसमा तीन राज्यमन्त्री थप्न मिल्छ तर सरकारले मन्त्रालय फुटाउने गरेर सोमबार १० मन्त्री बनाएको छ ।