• १२ साउन २०८१, शनिबार

‘श्रमाधान रोजगार मेला’ मा २६ सय बढीले दिए आवेदन

blog

फाइल तस्बिर

कैलाली, जेठ २९ गते । यही जेठ २७ र २८ गते धनगढीमा सञ्चालित ‘श्रमाधान रोजगार मेला”मा छब्बीस सयभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन् । सङ्घीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको मेलामा रोजगारीका लागि दुई हजार छ सय ६९ जनाले आवेदन दिएको श्रम तथा रोजगार कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख जनकसिंह उखेडाले जानकारी दिनुभयो । 

मेलामा उपस्थित भएर एक हजार चार सय ६९ जना र अनलाइनमार्फत एक हजार दुई सय जनाले आवेदन दिएको उखेडाले बताउनुभयो । उहाँका अनुसार प्रदेशका नौवटा जिल्लामध्ये सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुर तथा अन्य पहाडी जिल्लाका युवाले आवेदन दिएका छन् । विभिन्न रोजगारदाताले दुई हजार छ सय ५४ जना माग गरेका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव वसन्तबहादुर बोहोराले रोजगारीको खोजीमा रहेका व्यक्ति र रोजगारदाताबिच समन्वय गर्न श्रमादान मेलाले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । रासस