• ७ कात्तिक २०८१, बुधबार

डडेलधुरामा विश्व रक्तदाता दिवस मनाइयो

blog

रक्तदानमा सहभागी सुरक्षाकर्मी र सर्वसाधारण ।

डडेलधुरा, जेठ ३२ गते। विश्वभर मनाइने विश्व रक्तदाता दिवस डडेलधुरामा रक्तदान गरेर मनाइएको छ। 

डडेलधुरा जेसिजको आयोजनामा विश्व रक्तदाता दिवस मनाइएको हो। डडेलधुरा जेसिज वर्ष २०२४ का अध्यक्ष लक्ष्मीकुमारी ऐरको अध्यक्षता तथा नेपाल रेडक्रस सोसायटी डडेलधुराका सभापति मदनराज चटौतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा डडेलधुरा जेसिज वर्ष १४ का अध्यक्ष मिना फुलारा तथा वर्ष २०२२ का अध्यक्ष हिक्मतबहादुर सिंहलगायत जेसिज पदाधिकारी तथा संञ्चारकर्मीको उपस्थिति थियो।

कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति मदनराज चटौतले डडेलधुरा जेसीजले विभिन्न समयमा रक्तदान कार्यक्रम संञ्चालन गर्दै ब्लड बैंकलाई सहयोग गरिरहेकोमा धन्यवाद व्यक्त गर्नुभयो।  

कार्यक्रममा डडेलधुरा जेसिजका अध्यक्ष ऐरले कार्यक्रममा सहभागीलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सामाजिक सेवालाई डडेलधुरा जेसिजले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा केही रक्तदाताले रक्तदान गरेका छन् भने केहीले आवश्यकता अनुसार रक्तदान गर्ने प्रतिबद्धता जनाएका छन्।