याक र चौँरीमै देखियो लम्पी स्किन
हिमाली जिल्ला मनाङका पशुमा लम्पी स्किनको सङ्क्रमण फैलिँदै गएको छ । जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएको थियो । जिल्लाका पशुमा हालसम्म लम्पी स्किनबाट दुई सय ३६ गाई, गोरु र याक सङ्क्रमित भएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुमले जानकारी दिनुभयो ।
'बेलिब्रिज' सञ्चालनमा आएपछि आवतजावतमा सहज
बेलिब्रिजको सम्पूर्ण निर्माण सकेर सवारी आउजाउका लागि सञ्चालनमा ल्याइएको छ भने बर्खाको समयमा यात्रुलाई सहज भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताउनुभयो ।
रैथाने बाली संरक्षणमा जुट्दै पालिका
पालिकामा रैथाने बालीको पकेट क्षेत्र स्थापना गरी खाद्य सुरक्षामा थप टेवा पुर्याउने उद्देश्य रहेको नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो ।
कृषि र पर्यटनलाई प्राथमिकता दिएका छौँ
तनहुँका छवटा गाउँपालिकामध्ये ऋषिङ गाउँपालिका भौगोलिक रूपमा सबैभन्दा ठूलो स्थानीय तह हो। स्थानीय तहको निर्वाचन–२०७९ मा नेपाली कांग्रेसका तर्फबाट गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको हो। उहाँको यो दोस्रो कार्यकाल हो। ‘ऋषिङ समृद्धिको आधार, कृषि, संस्कृति, पर्यटन र पूर्वाधार’ भन्ने नाराका साथ गाउँपालिका विकास निर्माणमा अघि बढिरहेको छ। अध्यक्ष श्रेष्ठसँग गोरखापत्रकर्मी अमरराज नहर्कीले गर्नुभएको कुराकानी :
आकाश गर्जंदा पनि झस्किछन् मनाङी
लामो समय बाढीको जोखिम, यातायातबाट विच्छेद भएका र अन्य समस्या झेलेका मनाङीहरू आकाश गर्जंदा अहिले पनि झस्किने गरेका छन्। पानी पर्न थालेपछि उनीहरू झस्किनुपर्ने अवस्था आएको हो। दुई वर्षअघि ठूलो वर्षासँगै आएको बाढीपहिरोका कारण दुई महिना सडक सञ्जालबाट विच्छेद रहनुपरेको थियो। सडक सञ्जाल विच्छेद हुँदा यहाँका बासिन्दाले खाद्यान्न, खानेपानी, विद्युत्को अभाव भोगेका थिए। नासो गाउँपालिका–५, धारापानीका स्थानीय कृष्ण गुरुङ जसले गर्दा अहिले पनि ठूलो वर्षा हुनासाथ सिरिङ्ग हुने गरेको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “अलि ठुलो पानी परेपछि मन झसङ्ग हुन्छ, फेरि पनि ठुलो पानी प-यो भने अभाव र घरबासविहीन हुनुपर्छ कि भनेर पिर लाग्छ।”
छोरी जन्मने बित्तिकै पाँच हजार खातामा
रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा रु पाँच हजार जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ ।
बारपाक–भूकम्प स्मृति उद्यान
गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१, स्थित गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा निर्माण गरिएको भूकम्प स्मृति उद्यान । भुकम्प ज्यान गुमाएकाहरुको नामावाली प्राप्त हुन नसक्दा स्मृति उद्यान निर्माण सम्पन्न हुन सकेको छैन ।
करेसाबारीबारे ‘करेसा कन्सर्ट’ तयार
पोखरा थिएटरका विद्यार्थीले करेसाबारीबारे जानकारी दिन ‘करेसा कन्सर्ट’ नाटक तयार पारेका छन् । करेसाबारीमा फल्ने फर्सी, प्याज, गोलभेँडा, लसुन, साग, करेला, अदुवा, लौका, धनियाँ, काँक्र्रो, मुला, खुर्सानी, बेसारलगायतको विशेषताबारे उक्त नाटकका माध्यमबाट बुझाउन खोजिएको छ ।
झाडीमा बदलियो बीच भलिबल कोर्ट
१३औँ दक्षिण एसियाली खेलकुदमा नयाँ खेल थपियो । थपिएको नयाँ खेल थियो, बिच भलिबल । समुद्री किनारमा खेलिने बिच भलिबल भूपरिवेष्टित नेपालमा कहाँ खेलाउने भन्ने केही समय दुबिधै रह्यो ।
नागरिकता बनाउनेभन्दा राहदानी बनाउने धेरै
पूर्वी नवलपरासीबाट वैदेशिक रोजगारमा जानेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरका अनुसार यहाँ नागरिकताभन्दा राहदानी बनाउनेको भिड छ । गत आवमा नागरिकताको तुलनामा राहदानी लिनेको सङ्ख्या झन्डै दोब्बर छ ।
जलविद्युत आयोजना समयमै निर्माण हुन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण हुनेमा विश्वस्त हुन आग्रह गर्नुभएको छ । धादिङ र गोरखाको सीमामा रहेको गण्डकी गाउँपालिका –८ को सिउरेनीटारमा बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटनको क्रममा सो आग्रह गर्नुभएको हो ।
रत्न मन्दिरको सबै कक्ष हेर्न पाउनुपर्ने माग
गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा रत्न मन्दिर दरबार सर्वसाधारणका लागि खुला गरियो । दरबार परिसर र केही स्थान खुला गरिए पनि दरबारको भित्री भाग भने अझै बन्द छ । आन्तरिक पर्यटकले सबै कक्षको अवलोकन गर्न पाउनुपर्ने माग गरेका छन् ।
प्राविधिक शिक्षाप्रति आकर्षण बढ्दो
पूर्वी नवलपरासीको हुप्सेकोट प्राविधिक शिक्षालयमा बाली विज्ञान (डिप्लोमा इन एग्रिकल्चर) र पशु विज्ञान(डिप्लोमा इन एनिमल साइन्स)का तीन वर्षे कक्षाहरु सञ्चालनमा आएको छ ।
बेनीको कालीपुल बसपार्क सञ्चालनमा
संघीय, प्रदेश र बेनी नगरपालिकाको संयुक्त लगानीमा बसपार्कमा भौतिक पूर्वाधार निर्माण भएसँगै मुस्ताङको प्रवेश द्वारका रुपमा रहेको बसपार्क व्यवस्थित रुपमा सञ्चालनमा ल्याइएको हो ।
कास्कीको मिर्सा केन्द्रबिन्दु भएर भूकम्प
कास्की जिल्लाको मिर्सा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्की जिल्लाको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो ।
कागती खेतीमा स्थानीय
बागलुङ जिल्लाको दक्षिण भेगमा पर्ने बा.न.पा १२ मा एउटा सहेला गाउँका स्थानीय व्यावसायिक कागती खेतीमा जुटेका छन्। गाउँका ५५ जना सर्वसाधारण मिलेर करिब साढे दुई सय रोपनी भिरालो जग्गामा खेती सुरु गरेका हुन्। यहाँ चार हजार दुई सय कागतीका बेर्ना रोपिएका छन्। कागती खेतीबाट वार्षिक एक करोडसम्म कमाउने लक्ष्य राखिएको छ । रोपिएका बेर्नामध्ये एक हजार कलमी बिरुवा छन् भने बाँकी बिजु बिरुवा हुन्। रोपेको तीन वर्षमा कागतीका बोटमा यतिखेर फूल लाग्दै गरेको देखिन्छ। कागती खेती गर्नु पहिले उक्त क्षेत्रको अधिकांश जग्गामा धान खेती गर्ने गरिएको थियो। युवाको विदेश पलायनले जग्गा बाँझो रहन थालेको थियो।
विद्यार्थीलाई राष्ट्रप्रेम भाव जागृत गराउन एनसीसी तालिम
म्याग्दीको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि जुनियर डिभिजन तालिम सुरु गरिएको छ ।
प्रधानमन्त्रीले आज बुढीगण्डकी फिल्ड कार्यालयको उद्घाटन गर्नुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बूढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्नुहुँदै छ ।
२२ वर्षदेखि फरार दुई प्रतिवादी पक्राउ
ज्यान मुद्दामा कैद सजाय तोकिएर फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
गण्डकी प्रदेशका तीन जिल्लामा ट्राफिक जरिवाना बैंकबाट भुक्तानी
गण्डकी प्रदेशका तीन जिल्लामा ट्राफिक नियम उङ्लघन गरेबापत तिर्नुपर्ने जरिवाना बैंकिङ प्रणालीमार्फत लिन सुरु गरिएको छ।कास्की, तनहुँ र नवलपुर जिल्लामा बैंकबाट भुक्तानी सुरु गरिएको हो।
कावासोतीको नमुना सदरमुकाम कागजमै सीमित
साबिक नवलपरासीबाट छुट्टिएपछि २०७६ साल वैशाख ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कावासोतीमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को नमुना सदरमुकामको शिलान्यास गर्नुभएको थियो।
आत्महत्याको घटना गम्भीर समस्याको रूपमा देखापर्दै
समाज आधुनिकीकरण तर्फ अघि बढ्दै गर्दा आत्महत्याको घटना बढ्नु आफैँमा चिन्ताको विषय भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले पछिल्लो समयमा शिक्षाको विकास हुँदै गए पनि शैक्षिक तथा मनोवैज्ञानिक चेतनाको कमीले आत्महत्याको दर बढेको बताउनुभयो ।
आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना
बागलुङ नगरपालिकाले आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरेको छ । केन्द्रमा एम्बुलेन्सका साथै दमकल, शववाहन, डोजर, ब्याक लोडर, उद्धार तथा राहतका लागि आवश्यक सामग्रीका साथै ‘फायर सिलिन्डर’लगायत सामग्री तयारी अवस्थामा राखेको छ ।
चैते धानखेती प्रवर्द्धन गरिँदै
गण्डकी, साउन २ गते । गतवर्ष गण्डकी प्रदेशका किसानले पाँच हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा मात्रै चैते धान रोपेका छन् । जुन आर्थिक वर्ष २०७८/७९ को तुलनामा एक हजार सात सय ३५ हेक्टरले कम हो । रोपाइँको क्षेत्रफलसँगै गत आवमा धान उत्पादन पनि घटेर २७ हजार चार सय ३७ मेट्रिक टनमा सीमित बन्यो । आर्थिक वर्ष २०७८/७९ मा ३२ हजार सात सय ७३ मेट्रिक टन धान फलेको थियो । उक्त वर्ष किसानले सात हजार छ सय पाँच हेक्टरमा चैते धान रोपेका प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । चैते धानको उत्पादन घटेको पाइए पनि गतवर्ष आठ दशमलव ४६ प्रतिशतले उत्पादकत्व वृद्धि भएको थियो । आर्थिक वर्ष २०७८र७९ मा प्रतिहेक्टरमा चार दशमलव ३१ मेट्रिक टन उत्पादन भएकामा गत वर्ष प्रतिहेक्टर चार दशमलव ६७ मेट्रिक टन उत्पादन भएको थियो । उत्पादन राम्रो दिने भए पनि बर्सेनि रोपाइँको क्षेत्रफल खुम्चिँदै जान थालेपछि प्रदेश सरकार र स्थानीय तहले चैते धान खेतीको प्रवर्धन गर्न थालेका छन् । चैते धानमा किसानलाई आकर्षित गर्न ‘चैते धान प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताउनुभयो ।“यस वर्ष नवलपुर, तनहुँ र गोरखामा विशेष बाली प्रवर्धन कार्यक्रमअन्तर्गत चैते धानलाई समेटेका छौँ, अरू जिल्लाका किसानलाई पनि यसतर्फ प्रोत्साहित गर्छौं”, उहाँले भन्नुभयो, “किसानलाई सिँचाइ, बीउबिजन, उपकरण, प्रविधिलगायत आवश्यक सामग्रीमा प्रदेश सरकारले सहयोग गर्छ ।”प्रमुख रेग्मीले बर्सातका बेला भित्र्याउनुपर्ने हुँदा धान सुकाउन किसानलाई (सोलार ड्रायर) को खाँचो रहेको बताउनुभयो । ठूलो मात्रामा उत्पादन गर्ने किसानको धानलाई बजारको सुनिश्चितताका लागि प्रदेश सरकारले सहजीकरण गर्ने उहाँको भनाइ थियो । “मिल सञ्चालक र व्यापारीसँग जोडेर सहज रुपमा धान बिक्री गर्न सकियो भने किसान चैते धानमा आकर्षित हुन्छन्”, प्रमुख रेग्मीले भन्नुभयो ।उब्जाउ जमिन नासिँदै जाँदा चैते मात्र नभएर समग्र धान खेतीको क्षेत्रफल बर्सेनि घटिरहेको निर्देशनालयको तथ्याङ्कले देखाउँछ । वर्षे धानको तुलनामा चेतै धानको क्षेत्र अझ खुम्चिँम्दो छ । पोखरा महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले चैते धानखेती लगाउने किसानलाई महानगरले प्रोत्साहन रकम दिने गरेको बताउनुभयो । उहाँका अनुसार महानगरले वडा नं १४, १५, २६ र २७ मा ‘चैते धान प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरेको छ । यस वर्ष वडा नं २६ मा चैते धानखेती गर्ने दुई सय ९५ र वडा नं २७ का एक सय दुईजना किसानलाई प्रतिरोपनी रू. नौ सयका दरले प्रोत्साहन रकम प्रदान गरिएको प्रमुख कडरियाले जानकारी दिनुभयो । वडा नं १४ र १५ मा दुई सय ५० रोपनीमा चैते धान लगाएका किसानले पनि प्रोत्साहन रकम बुझेको उहाँको भनाइ थियो ।“चैते धान खेती विस्तारका लागि प्रवर्धनको कार्यक्रम सञ्चालन गरिएको हो, गत वर्षदेखि किसानले उन्नत जातका बीउ लगाउन सुरु गरेका छन्, उत्पादन बढेपछि किसान पनि खुसी छन्”, उहाँले भन्नुभयो, “नयाँ सिफारिस भएको जात चैते–५ धेरै राम्रो छ, उत्पादन बढी दिन्छ, फल भुइँमा झर्दैन, दाना पनि पहिलेको भन्दा सानो छ ।”वर्षेको तुलनामा चेतै धान पाक्न १५/२० दिन जति ढिलो हुने हुँदा लगाउने समयलाई अगाडि सार्नुपर्ने देखिएको प्रमुख कडरियाले बताउनुभयो । उहाँका अनुसार पोखरा महानगरमा करिब दुई हजार रोपनी क्षेत्रफलमा चैते धानखेती हुँदै आएको छ । “बाह्रैमास सिँचाइ सुविधा भएका र खोला आसपास क्षेत्रका खेतमा चैते धान लगाउन सकिन्छ, एउटै खेतमा दुई पटकसम्म धान रोप्दा चामलको आयात पनि घट्छ, किसानले धान बेचेर आयआर्जन गर्न सक्छन्”, उहाँले भन्नुभयो । चैते धानसहित अन्य रैथाने बालीको संरक्षणमा महानगरले सहयोग गर्दै आएको प्रमुख कडरियाको भनाइ थियो । उहाँले जथाभावी रुपमा उब्जाउ फाँट घरघडेरीमा परिणत हुँदा धानखेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको बताउनुभयो । कृषियोग्य जग्गामाथिको अतिक्रमण रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो । पोखरा–२६ को वडास्तरीय कृषि सञ्जालका अध्यक्ष केशव ढुङ्गानाले चैते धान खेतीका लागि उन्नत बीउबिजन, सिँचाइ आदिमा किसानलाई सहयोग आवश्यक देखिएको बताउनुभयो । उहाँले किसानले उत्पादन गरेको धानको बिक्रीका लागि प्रदेश सरकार र महानगरले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । नयाँ उन्नत जातको चैते धानले बढी उत्पादन दिएपछि चैते धानखेतीमा किसान हौसिएको उहाँको भनाइ छ । तीन मुरी वर्षे धान फल्ने खेतमा चैते धान पाँच मुरीसम्म फल्ने गरेको किसान बताउँछन् । गण्डकी प्रदेशमा नवलपुरको मध्यबिन्दु, त्रिवेणी, तनहुँको व्यास, भिमाद, गोरखाको दरौँदी किनारलगायत क्षेत्रमा चैते धानको बढी खेती हुने गरेको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । अन्य जिल्लामा पनि केही मात्रामा खेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जिल्लामा दस हेक्टर क्षेत्रफलमा मात्रै चैते धानखेती हुने गरेको बताउनुभयो । पछिल्लो समय चैते धानप्रति किसानको आकर्षण घट्दै गएको उहाँको भनाइ थियो ।“चैते धान भित्र्याउने बेला वर्षातको याम पर्ने भएकाले पनि किसानलाई मर्का पर्ने गरेको छ । पानीमा भिजेको धान बेच्न समस्या हुन्छ, पराल पनि बिग्रन्छ”, प्रमुख भट्टराईले भन्नुभयो, “किसानले पछिल्लो समय चैते धानको सट्टा तरकारीलगायत नगदे बाली लगाउन थालेका छन् ।”सिँचाइको असुविधा, गुणस्तीय बीउ तथा मलको अभाव, धानको उचित मूल्य नपाउनु, हावापानीमा परिवर्तन जस्ता समस्या किसानले व्यहोर्दै आएका उहाँले बताउनुभयो । चैते धानमा ‘सिएच’ ४५, चैते २, चैते ५, चैते ६ लगायतका जातको खेती हुँदै आएको छ । तराईदेखि उच्च पहाडसम्म चैते धान फल्छ । किसानले चैतमा रोपेपछि असारमा धान भित्र्याउँछन् । रासस