प्रदेशको सामर्थ्य बढाउने लक्ष्य : मुख्यमन्त्री अधिकारी
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशलाई बलियो बनाउनु आफ्नो एक मात्र लक्ष्य भएको बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घले मुख्यमन्त्री अधिकारीको सम्मान कार्यक्रम आयोज
सभामुखले मर्यादा नभुल्ने
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सभामुखको मर्यादा नभुल्ने बताउनुभएको छ । कालीगण्डकी गाउँपालिका–७ मा कालीगण्डकी अस्पतालको शिलान्यास तथा अध्यक्ष कप खेलकुद महोत्वसमा सभामुख घिमिरेले आफ्नो काम
‘सहमति तोडे सरकार समस्यामा पर्छ’
सत्ता साझेदार दल नेकपा (एमाले) का केन्द्रीय सचिव तथा पूर्व कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्मा अर्यालले गत पुस १० गतेको सहमति तोडे नेकपा (माओवादी केन्द्र) नेतृत्वको वर्तमान सरकार समस्यामा पर्ने बताउनुभएको छ । मङ्गलबार साँझ म्याग्दी सदरमुकाम बेनीमा पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा एमाले गण्डकी प्रदेश इन्चार्ज समेत रहनुभएकी अर्यालले सो कुरा बताउनुभएको हो ।
पूर्व सैनिक थापाको कृषि कर्म
नेपाली सेनाबाट सेवा निवृत्त भएका बन्दीपुर गाउँपालिका– ६ खहरेका जीतबहादुर थापा व्यावसायिक कृषिबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ।
बाह्र नाउर र आठ झारलको शिकार अनुमति
नवीन शिशिर विकबागलुङ, फागुन ९ गते । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ढोरपाटन शिकार आरक्ष केन्द्रमा दोस्रो यामको शिकार पर्यटकका लागि बाह्र नाउर र आठ झारलको शिकार अनुमति दिएको छ । विभागले सार्वजनिक सूचनामार्फत शिकार गर्न इच्छुक शिकारीका लागि दरभाउपत्र आह्वान गरेको हो । १५ दिनभित्र पेश हुने प्रस्तावबाट बढीबढाउका आधारमा शिकार कम्पनीले नाउर, झारल र बँदेलको शिकार अनुमति पाउनेछन् । विभागका अनुसार आरक्षमा तोकिएको ब्लक र निर्धारण गरिएको कोटाको आधारमा प्रतिस्पर्धाबाट नाउर, झारल र बँदेलको शिकार गरिनेछ । यस सिजनमा नेपाली नागरिकका लागि ७ बँदेल र विदेशी नागरिकका लागि ४ बँदेल गरी जम्मा ११ वटा बँदेल शिकार कोटा तोकिएको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो ।ढोरपाटन नेपालको एक मात्र शिकार आरक्ष हो । यहाँ कात्तिक–मङ्सिर र फागुन–वैशाख गरी दुई सिजनमा शिकारको हुन्छ । आरक्षले शिकारको अनुमति दिएको सङ्ख्या, पर्यटक र उनीहरुको गतिविधिलाई नियमनको काम गर्छ । नेपालमा दुई याममा गरी सामान्यतया दुई दर्जन नाउर र एक दर्जन झारलको शिकार हुनेगरेको छ ।आरक्षमा कुल ६ वटा ब्लक छन् । ब्लकअनुसार मूल्य फरक फरक पर्छ । पर्यटकले शिकार गरेको जनावरको सिङ, छाला, खप्परजस्ता अङ्ग भने आफ्नै देश लैजान्छ । विभागले यस वर्षको पहिलो शिकार यामका लागि ८ नाउर र ५ झारलको शिकार अनुमति दिएको थियो । तीमध्ये पाँच नाउर र चार झारलको मात्रै शिकार भएको थियो । अघिल्लो याममा शिकार नभएका नाउर र झारलसमेतलाई थप गरेर वर्षको दोस्रो याममा शिकार अनुमति दिन लागिएको हो । पहिलो शिकार याममा कुनै पनि नेपाली र विदेशीले शिकारका लागि चासो नदेखाए पनि दोस्रो याममा बनेलको शिकारका लागि प्रस्ताव आव्हान गरिएको छ । नाउर र झारलको अनुमति लिएका विदेशीले निःशुल्क बनेलको शिकार गर्न पाउनेछन् । बागलुङ, रुकुम र म्याग्दी जिल्लामा फैलिएको आरक्षणमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । प्रमुख जनावर नाउर, झारल, थार र हिमाली भालु हुन् । यहाँ दुर्लभ एवं संरक्षित पंक्षीको सूचीमा परेका डाँफे, मुनाल, चिरलगायत १६४ प्रजातिका चरा पाइन्छन् । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ ७ ब्लकमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था छ । यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा तोकिएको जनावरको शिकार गर्न पाइन्छ । आरक्षमा व्यवस्थित शिकारको व्यवस्था मिलाइएका कारण राष्ट्रले विदेशी मुद्रा आर्जन गर्न पाएको छ । स्थानीय स्तरमा पर्यटन विकास भएको कार्यालय प्रमुख कँडेलले बताउनुभयो । व्यवसायिक विदेशी शिकारीका लागि यो आरक्ष एक प्रमुख गन्तव्य हो ।
राष्ट्रपति भण्डारी बागलुङ आउनुहुँदै
राष्ट्रपति विद्यादेवी भण्डारी बागलुङमा धार्मिक भ्रमणका लागि आउनुहुने कार्यक्रम तयार भएको छ । राष्ट्रपति भण्डारीले प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिर दर्शनका लागि भोलि (बुधबार) बागलुङ आउनुहुने क्रम तय भएको हो ।
नामकरण विवादले बाह्र वर्षदेखि अलपत्र सङ्ग्रहालय
बागलुङ नगरपालिका –१ बाङ्गेचौरमा निर्माणाधीन बागलुङ सङ्ग्रहालय विगत बाह्र वर्षदेखि अलपत्र परेको छ । रामरेखा सामुदायिक वनको जग्गामा निर्माणाधीन सङ्ग्रहालय कुनै पनि पक्षले स्वामित्व ग्रहण नगर्दा निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको हो ।
जलवायु परिवर्तन : न वर्षा न हिमपात
यसवर्ष हिउँदमा वर्षा हुनुपर्ने हो । तर वर्षा हुन सकेको छैन । पहाड तथा तराईमा वर्षा नहुँदा हिमाली क्षेत्रमा पनि हिमपात हुनसकेको छैन । यसवर्ष हिमाली क्षेत्रमा आवश्यक मात्रामा मात्रै नभइ हिमपात नै हुनसकेन ।
अवैध रुपमा भित्रिएको चल्ला नष्ट
अवैध रूपमा भारत बाट भित्रिएको ब्रोइलर कुखुराको चल्ला बरामद गरी नष्ट गरिएको छ। कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १२ बेदर्मीबाट हुँदै भित्रिएको चल्ला इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले नष्ट गरेको हो ।
जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा
तनहुँको आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिका छोराछोरीले अब सामुदायिक विद्यालयमा पढ्ने भएका छन् । गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले आगामी शैक्षिक सत्रदेखि जनप्रतिनिधिले आफ्ना सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्ने निर्णय गरेको छ ।
एकवर्षदेखि ओढारको बास
बेनी नगरपालिकाको वडा नं. ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् ।
ज्यान मार्ने र गुण्डागर्दीका आरोपित भुजेल पक्राउ
तनहुँको आँबुखैरेनी स्थित इलाका प्रहरी कार्यालय आँबुखैरेनीले हत्या तथा गुण्डागर्दी गरेको आरोपमा गोरखाका एक युवकलाई पक्राउ गरेको छ ।
दाउराले हानेर वृद्धको हत्या
तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटमा वर्ष ३९ को सन्तबहादुर सुनारले दाउरा प्रहार गरी सोही ठाउँको वृद्धको हत्या गरेका छन् ।
बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाह्रबुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताउनुभएको छ ।
शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौतीको विषय भएको भन्दै यसलाई रोक्न सबै जिम्मेवारी बन्नुपर्ने बताउनुभएको छ।
पोखरा विश्वविद्यालयको अठारौं दीक्षान्त समारोह सुरु
पोखरा विश्वविद्यालयको अठारौं दीक्षान्त समारोह सुरु भएको छ । प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सोमबार मध्याह्नदेखि दीक्षान्त समारोह सुरु भएको हो ।
व्यवस्थित मैदान नभए पनि खेल गतिविधि बढ्दै
तनहुँका सात वटा पालिकामा हालै मात्र राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भयो । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताअन्तर्गत भलिबल, हाइजम्प, लङजम्प, दौडलगायतका विधामा खेलाडीले सहभागिता जनाए ।
ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु
स्याङ्जाको वालिङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जगतभन्ज्याङबाट मिर्दीतर्फ आउँदै गरेको ग १ त ६८८६ नम्बरको ट्याक्टर वालिङ–६ को आम्डालीमा दुर्घटना भएको हो ।
प्राविधिक शिक्षाको महत्त्व बढ्दो
प्राविधिक शिक्षाप्रति गाउँमा अझै आकर्षण बढ्न नसकेको गाउँपालिका राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभएको छ । स्थानीय सरकार, प्रदेश सरकार र सङ्घ सरकारको प्राथमिकतामा प्राविधिक शिक्षा परे पनि अपेक्षाकृत रूपमा प्राविधिक शिक्षामा अभिभावक र विद्यार्थीको आकर्षण नदेखिएको उहाँले बताउनुभयो ।
निजामती ऐन जारी गर्न आग्रह
निजामती ऐन तुरुन्त जारी गर्न कर्मचारीहरूले आग्रह गरेका छन् । सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनको माग गर्दै कर्मचारीले सो ऐन जारी गर्न सरकारसँग आग्रह गरेका हुन् ।
धार्मिक पर्यटकको केन्द्र बन्दै शाश्वत धाम
पूर्वी नवलपरासी देवचुलीको दुम्कौलीमा रहेको शाश्वत धाममा आउने भक्तजनको सङ्ख्या दिनहुँ बढ्दो छ । खासगरी, पशुपतिनाथ र मुक्तिनाथ दर्शनका लागि आउने भारतीय धर्मावलम्वीको मुख्य रोजाई यो थलो हुनेगरेको छ ।
सचिन स्मृति दौडको उपाधि दिनेशलाई
प्रजातन्त्र दिवसको अवसरमा रोटर्याक्ट क्लब अफ दमौलीले आयोजना गरेको २०औं सचिन स्मृति खुला दौड प्रतियोगिताको उपाधि गोरखा सिरानचोक गाउँपालिका २४ वर्षीय दिनेश सिंह बोगटी गुरुङले जित्नुभएको छ ।
पोखराको लेखनाथमा बस दुर्घटना
पोखराको लेखनाथस्थित डाँडाकोनाक प्रहरी चौकी अगाडि बस दुर्घटना भएको छ। आइतबार दिउँसो भएको दुर्घटनामा चालकसहित ४९ जना घाइते भएका छन्। पोखरा विश्वविद्यालयबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६७४७ नम्बरको लेखनाथ मिनी माइक्रो बस दुर्घटनामा परेको हो।
पोलसहित बनेको सडक भयो 'भाइरल'
गोरखा नगरपालिकामा निर्माण भएका दुई वटा सडकको तस्बिर अहिले भाइरल भएका छन् । बीच सडकमा रहेका विद्युतका पोल नहटाई ढलान गरिएका ती सडकको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो ।