• १३ मंसिर २०८१, बिहिबार

चर्चामा आएका सबै काण्ड छानबिन हुनुपर्छ : प्रदीप ज्ञवाली

blog

पत्रकार सम्मेलनमा धारणा राख्नुहुँदै नेकपा (एमाले) उपमहासचिव प्रदीप ज्ञवाली ।

फडिन्द्र अधिकारी

लेखनाथ, साउन ८ गते। नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले अनियमितताका फाइल खोल्नु उचित भएको बताउनुभएको छ। 

एमाले सरकारका पालामा ललिता निवास प्रकरणको छानबिन सुरु भएको जिकिर गर्दै उहाँले एक हजार रोपनी जग्गा विभिन्न व्यक्तिले कब्जा गरी दर्ता गरेको जमिन सरकारीकरण भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘यो वा त्यो दल वा समूह नभनी सबै केसको छानबिन हुनुपर्छ। चर्चामा आएका सबै केसको छानबिन होस्।’’

उहाँले सङ्घीयतापछि बनेका प्रदेशलाई बोझ वा अनावश्यक मान्न नहुने धारणा राख्नुभएको छ। प्रेस चौतारी कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले जनतासँग जोडिएर मितव्ययी बन्दै सरकार अघि बढ्नुपर्नेमा जोड दिनुभयो। नेता ज्ञवालीले भन्नुभयो, ‘‘प्रदेशमा सातभन्दा बढी मन्त्रालय कुनै हालतमा आवश्यक छैन। जागिर खानकै लागि थप्ने भए त के भनौँ ?’’

उहाँले देशको परिस्थिति गम्भीर रहेकाले एमाले जिम्मेवार र जबाफदेही भएरअघि बढेको बताउनुभयो। अहिलेको सरकारले सत्ता टिकाउन अनेक सौदाबाजी गरिरहेको उहाँको आरोप छ। अहिलेको सरकारले परराष्ट्र नीतिलाई सन्तुलित बनाउन नसकेको आरोपसमेत उहाँको छ।