• २२ वैशाख २०८१, शनिबार

पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

blog

ढोरपाटन,  साउन ११ गते । केही दिनदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध बनेको हो । 

लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला तथा कालापैरा–२ को खाडुखोलामा बाढी आउँदा लोकमार्ग अवरुद्ध भएको हो । गए रातीदेखि अवरुद्ध भएको लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको निसीखोला–४ का वडाध्यक्ष टीकानिधी पौडेलले जानकारी दिनुभयो ।

वर्षा हुने बित्तिकै लेदो झर्ने र सडकमा थुप्रिँदा यातायात अवरुद्ध हुने गरेको पौडेलले बताउनुभयो । सडक अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठामाडौँ, पोखरालगायत ठाउँ जाने यातायातका साधान कालापैरामा ठप्प छन् । बुर्तिबाङदेखि निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना ताथा ठूला यातायातका साधान कानाबगरमा रोकिएका अध्यक्ष पौडेलले बताउनुभयो । 

निरन्तर वर्षाका कारण लोकमार्गको विभिन्न ठाउँमा पहिरो जाने र रुख ढल्दा ठाउँ–ठाउँमा सडक अवरुद्ध भइरहेको छ । खाडु र कालापैरामा माथिदेखि भलसहितको ठूलो बाढी आँदा लोकमार्ग पूरै ढाकिएको छ । गाडी ठप्प छन् । वर्षाका कारण निसीखोलाका सबै ग्रामीण सडक अवरुद्ध छन् । ग्रामीण सडकदेखि झरेको पहिराले मुख्य सडकको धेरै ठाउँमा क्षति पु¥याएको छ । रासस