बन्दीपुरमा सुन्तला उत्पादन वृद्धि
तनहुँको बन्दीपुर गाउँपालिकामा सुन्तला उत्पादनमा वृद्धि भएको छ । गाउँपालिकाले सुन्तला खेतीलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरेपछि उत्पादन वृद्धि भएको हो ।
अवैध सामान बरामद
कावासोती नगरपालिका–१६ स्थित पूर्व–पश्चिम राजमार्गमा अवैध रूपमा भन्सार छलेर ल्याएका २२ लाखभन्दा बढीको सामग्री प्रहरीले बरामद गरेको छ। प्रहरीले बिनाबिलको युरिया मल ४०० बोरा बरामद गरेको छ। प्रहरीका अनुसार लु. २ ख ५७०८ नं. को ट्रकबाट अन्दाजी मूल्य १९ लाख बराबरको विभिन्न सामग्री पनि बरामद गरिएको छ।
गाउँमा तयार हुँदै इन्जिनियर
अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ्की १६ वर्षीया सोनिया थजाली स्थानीय प्रभा माध्यमिक विद्यालयमा कक्षा १० मा इलेक्ट्रिकल इन्जिनियर पढ्दै हुनुहुन्छ। गाउँमै प्राविधिक विषयको अध्ययन गर्न पाउँदा उहाँ निकै खुसी हुनुहुन्छ। इलेक्ट्रिकल इन्जिनियरको पढाइ सकाएर गाउँकै जलविद्युत् आयोजनामा काम गर्ने सपना थजालीले बुन्नुभएको छ।
एकै रात तेह्र घरमा चोरी
देशकै पहिलो होमस्टे आँधीखोला गाउँपालिका–१, सिरुबारीमा एकै रात १३ ठाउँमा चोरी भएको छ। वडा कार्यालयसहित एक बौद्ध गुम्बा, एक सहकारी र आठवटा निजी घरमा चोरी भएको हो। राजास्वारादेखि सिरुबारीसम्मको दुई किमि दूरीभित्र चोरी भएको प्रहरी निरीक्षक पदमराज थापाले बताउनुभयो। चोरी गर्नेले मुख्य गरेर सुन र नगदमा ध्यान दिएको देखिएको छ। बौद्ध गुम्बाको दान पेटिका लग्दा भित्र रहेका वर्षौंदेखिका पुराना बुद्धका मूर्तिमा भने केही नगरेको थापाले बताउनुभयो।
लमजुङको दूधपोखरीमा बन्यो मोटरेवल पुल
लमजुङको दूधपोखरी गाउँपालिका ४ र ५ जोड्न कुयाँले खोलामा मोटर गुड्ने पुल निर्माण गरिएको छ।
पोखराका मुख्य चोकमा पार्किङ निषेध : विकल्प दिन व्यापारीको माग
पोखराको मुख्य सडकका चोकमा मोटरसाइकल र गाडी पार्किङ गर्न पोखरा महानगरपालिकाले निषेध गरेको छ। महानगरपालिको निर्णय अनुसार मुख्य सहरी क्षेत्रको सडकमा पार्किङ गर्न पाइने छैन।
दलबीच सहमति, सहकार्य र एकताको खाँचो छ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा विकास, स्थायित्व र सुशासन कायम राख्न राजनीतिक दलबीच एकता आवश्यक रहेको बताउनु भएको छ।
गुरुङलाई छैटौँ व्यास नगर अल्ट्रा म्याराथन उपाधि
शहीद दिवसको उपलक्ष्यमा व्यास नगरपालिकाले आयोजना गरेको छैटौँ व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगिताको उपाधि व्यास नगरपालिका–७ का २६ वर्षीय विशाल गुरुङले जित्नु भएको छ ।
प्रदेश सभा सदस्यलाई बत्तीदेखि भ्रमण भत्ताको सुविधा
प्रदेश सभा सदस्यहरूले शपथ लिएकै दिनदेखि विभिन्न किसिमका सेवासुविधा तथा भत्ता पाउने कानुनी व्यवस्था रहेको छ । प्रदेश सभा सदस्यले मासिक ३६ हजार २४२ रुपियाँ तलब र एक सहायक स्वकीय सचिव राख्न पाउँछन् । सांसदले संसद्को प्रतिबैठक एक हजार भत्ता र ७५० रुपियाँ यातायात खर्च पाउने व्यवस्था छ । गत मङ्सिर ४ को चुनावमार्फत प्रदेश सभा सदस्य चुनिएकामध्येबाट सभामुख र उपसभामुख चयन भइसकेका छन् ।
देउरालीडाँडा पहिरोको त्रासमा स्थानीयवासी
लमजुङ सदरमुकाम बेँसीसहर आउने एक मात्र डुम्रे–बेँसीसहर सडकको उदिपुर देउरालीडाँडामा पहिरोको पुनः त्रास बढेको छ । हिउँदमा समेत सुक्खा पहिरो जाने गरेका कारण वैकल्पिक सडक निर्माणका लागि स्तरोन्नतिको पहल थालिएको छ । बेँसीसहर नगरपालिका–८ को प्रशासन चोक हुँदै बाँझाखेत भएर आँपचौर, चितीको बरबोट, रिट्ठेबगर हुँदै मस्र्याङ्दी नदीपारिको बाटो उदिपुरसम्म वैकल्पिक सडक स्तरोन्नतिको पहल थालिएको छ ।
रत्नेचौरको पहिचान बन्दै चिता हाउस
पछिल्लो समय भाइरल बस्ती भनेर चिनिने बेनी नगरपालिका–१, रत्नेचौरको तोरीको फाँट नजिकै रहेको चिता हाउस सञ्चालनको छोटो अवधिमै राम्रो पहिचान बनाउन सफल भएको छ । एकै घरका दुई दाजुभाइले चिता हाउस सञ्चालन गरेका हुन् ।
जमिन बाँझो नराख्नेलाई अनुदान
भिमाद नगरपालिकाले ‘समृद्धिको आधार उत्पादनमा वृद्धि र व्यापार’ नाराका साथ उत्पादन बढाउन अभियान सुरु गरेको छ । अभियानअन्तर्गत बाँझो जग्गामा उत्पादन गर्नेलाई अनुदान उपलब्ध गराउने निर्णय गरिएको भिमाद नगरपालिकाले जनाएको छ । गाउँका अधिकांश खेतबारी बाँझो राख्ने क्रम बढेकाले यसलाई रोकी उत्पादन वृद्धि गरेर व्यापारको माध्यमबाट कृषकलाई आम्दानी दिने उद्देश्यले अनुदानको व्यवस्था गरिएको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले बताउनुभयो ।
पोखराका व्यस्त सडकमा ‘पार्किङ ’ गर्न रोक
पोखराका मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । पोखरा महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय गरेको सूचना सार्वजनिक गरेको हो ।
तोरीबारीको पृष्ठभूमिमा बागलुङको कुँडुले गाउँ
बागलुङ नगरपालिका–४ स्थित कुँडुले फेँदीमा फुलेको पहेँलपुर तोरी र पृष्ठभूमिमा कुँडुले गाउँ ।
ढगैंबेंसीलाई पर्यटकीय गन्तव्य बनाइने
राष्ट्रिय विभूति भक्ति थापाको जन्मस्थल मर्स्याङ्दी गाउँपालिका वडा ३ ढगैंबेंसीलाई पर्यटकीय गन्तव्य बनाइने भएको छ ।
उत्कृष्ट कृषक नगदसहित सम्मानित
स्याङ्जाको बिरुवा गाउँपालिकाले उत्कृष्ट कृषकलाई नगद पुरस्कारसहित सम्मानित गरेको छ ।
घरमै पुगेर ज्येष्ठ नागरिकलाई भत्ता
बेनी नगरपालिका –१, रत्नेचौरकी ८६ वर्षीया जसिकला कार्कीलाई परिवारका सदस्यहरूले घर बाहिर पारिलो घाममा बिस्तरा लगाएर सुताउनुभएको थियो ।
सामाजिक सुरक्षा भत्ता वितरण गर्न शिविर
पूर्वी नवलपरासीकोे मध्यबिन्दु नगरपालिकामा सञ्चालित सामाजिक सुरक्षा भत्ता वितरणको शिविरबाट एक हजार पाँचसय लाभग्राही लाभान्वित भएका छन् ।
रेडियोको प्रभावकारितालाई अझै फैलाउनुपर्छ : मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सूचना र सञ्चारमा विश्वासिलो माध्यम रेडियो एफएम रहेको बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक संघ (एकोराव) गण्डकी प्रदेशको पाँचौं वार्षिक साधारणसभा तथा प्रदेश भेलाको पोखरामा आज उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले सो कुरा बताउनुभएको हो ।
नेता पौडेलद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण
शहीद दिवसको अवसरमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एउटै गाउँबाट ६ जना शहीद भएको ‘सहिदहरुको गाउँ’ भनेर चिनिने तनहुँको व्यास नगरपालिका –८ स्थित पुलिमराङस्थित शहीद स्मारक पार्कमा आयोजित श्रद्धाञ्जलिसभा कार्यक्रममा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
साढे दुई करोड लगानीमा ९९ जना महिलाले चलाए रेष्टुरा
सङ्ख्याविज्ञानमा अङ्क ९९ एउटा चक्रको अन्त्य र अर्को चक्रको शुरुवात हो । गणना विधिमा दुई अङ्कको चक्र ९९ सकिन्छ र तीन अङ्कको चक्र सुरु हुन्छ ।
आगोले जलेकी महिलाको मृत्यु
पोखरामा आत्मदाह गर्ने एक व्यक्तिलाई बचाउने क्रममा जलेर घाइते भएकी महिलाको मृत्यु भएको छ । पोखरा १३, काहुँखोलाकी संगीता सापकोटाको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइतबार राति मृत्यु भएको हो ।
कृषि, पर्यटन र जलस्रोतको विकासले मात्र मुलुक समृद्ध हुन्छ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषि, पर्यटन र जलस्रोतको विकासले मात्र मुलुक समृद्ध बन्ने बताउनुभएको छ ।
भलिबलमा नयाँ प्रतिभा खोजीका लागि २० लाख सहयोग
विद्यालय स्तरमा नयाँ प्रतिभाको खोजी र पहिचान गर्न यहाँको एक संस्थाले जिल्ला भलिबल सङ्घलाई २० लाख सहयोग गरेको छ । गौमती खत्री विकास अक्षय कोषले भलिबल सङ्घलाई वार्षिक रूपमा दुई लाखका दरले दश वर्ष सम्म सहयोग गर्ने भएको हो । उक्त सहयोगले विद्यालय स्तरमा भलिबल खेलको विकास र नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने आशा गरिएको छ ।