मापदण्ड बाहिरका संरचनामा पोखरा महानगरको डोजर
पृथ्वी राजमार्गमा सडक अधिकार क्षेत्र मिचेर बनाइएका संरचनामा पोखरा महानगरपालिकाले डोजर चलाएको छ । आज महानगर प्रमुख धनराज आचार्यको नेतृत्वमा सडक विभागका प्रतिनिधि र नगर प्रहरीसहितको टोलीले सडक मापदण्डभित्र पर्ने संरचना हटाएको हो ।
ठूलो खोला जलविद्युत आयोजना निर्माण अवरुद्ध
म्याग्दीको रघुगङ्गा गाउँपालिका ८ कुइनेमङ्गलेमा निर्माणाधिन जलविद्युत आयोजनामा करिब ४५ लाख बराबरको क्षति भएको छ ।
पहिरोको उच्च जोखिम : स्थानीय घर छोड्न बाध्य
गतवर्ष भदौमा रामतोला बस्ती नजिकै ठूलो पहिरो गयो । पहिरोले सिङ्गो गाउँनै जोखिममा पर्यो । स्थानीय बासस्थान छोडेर अन्यत्र जान बाध्य भए । बर्खा सकिएपछि पहिराको जोखिममा रहेकै घरमा उनीहरु फर्किए ।
पर्यटन प्रवर्द्धनका लागि पहरोको ढुङ्गामा आकृति बनाइँदै
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा रहेको ऐना पहराको ढुङ्गामा विभिन्न आकृति खोपेर आकर्षण बनाउने काम धमाधम भइरहेको छ । ऐना पहरामा रहेको झरनामा रमाउन आउने पर्यटकलाई थप आकर्षित बनाउन आकृति खोप्ने कामलाई तीव्रता दिइएको हो ।
पोखरामा ६० प्रतिशत रोपाइँ
पोखरा महानगरपालिकाभित्र ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । महानगरभित्रका सिँचाइ सुविधा उपलब्ध भएका अधिकांश क्षेत्रमा रोपाइँ सकिएको र सिँचाइ सुविधा नभएका, पानीका मूल नफुटेका केही स्थानमा रोपाइँ हुन नसकेको महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिनुुभयो ।
मुख्यमन्त्री पाण्डेबाट अस्पताल निरीक्षण
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्क्रामक तथा सरुवा रोग अस्पतालको सेवा बिरामीका लागि छिटोछरितो र सहुलियतपूर्ण हुनुपर्ने धारणा राख्नुभएको छ। उक्त अस्पतालको निरीक्षण गर्नुभएका मुख्यमन्त्री पाण्डेले हाल भइरहेकोभन्दा थप स्तरीय र विस्तारित सेवा दिन अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, “सेवा थप सुधार गरेर यहाँ आउने बिरामीलाई सहुलियतपूर्ण र सजिलो गरी सुविधा दिन जरुरी छ।” सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका बिरामीबाट अन्य रोगका बिरामीमा सङ्क्रमण नहोस् भन्ने उद्देश्यले उपचार सेवामा विषेश ध्यान दिनसमेत मुख्यमन्त्री पाण्डेले सुझाव दिनुभयो ।
गोरखाका पाँच स्थानीय तहद्वारा बजेट स्वीकृत
गोरखा जिल्लाभित्रका पाँच स्थानीयको आगामी आर्थिक वर्ष २०८०÷०८१ बजेट स्वीकृत भएको छ । जिल्लाको बारपाक सुलिकोट , अजिरकोट, भीमसेन थापा, सिरानचोक र सहिद लखन गाउँपालिकाको आगामी आवको बजेट पारित भएको हो ।
ट्याक्टरले खेत जोत्दै
बागलुङ नगरपालिका–४ दारेगौंडामा ट्याक्टरको सहायताले खेत रोप्नका लागि तयार पारिँदै । अहिले खेत जोत्न परम्परागत गोरुको प्रयोग घटेर आधुनिक उपकरणको प्रयोग अत्याधिक बढेको छ ।
अचार बिक्रीबाट वार्षिक पाँचलाख आम्दानी
स्याङ्जाको गल्याङ नगरपालिका–३, आदर्श टोल निवासी ४४ वर्षीया माया पाठकले तालिमलाई सदुपयोग गरेर आत्मनिर्भर बन्नुभएको छ । उहाँले महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडद्वारा २०७७ सालमा प्रदान गरेको एक हप्ते अचार बनाउने तालिम लिनुभएको थियो । उहाँ आत्मनिर्भर मात्र बन्नुभएको छैन प्रशिक्षकका रुपमा विभिन्न ठाउँमा महिलालाई अचार बनाउने तालिमसमेत दिँदै आउनुभएको छ ।
झोला बोकेर घरघर छिर्यो सिंहदरबार
जनतासम्म पुग्न ठुलो काम गर्नु पर्दैन, न त धेरै ठुलो बजेट नै खर्चिनु पर्छ। पर्छ त केवल नयाँ सोच र त्यस अनुसारको कार्यान्वयनको प्रतिबद्धता। यसै सन्दर्भमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ल्याएका दुई वटा झोला अहिले गाउँलेका लागि अमूल्य उपहार बनेका छन्।
पदयात्रा पर्यटनसँग जोडिँदै कफुचे हिमताल
कास्कीको मादी गाउँपालिका –१ मा पर्ने कफुचे हिमताललाई पदयात्रा पर्यटनसँग जोड्ने गरी पहल बढाइएको छ। पछिल्ला समयमा यस क्षेत्रमा बढ्दै गएको पर्यटकको आकर्षणसँगै स्थानीय तहदेखि प्रदेश र सङ्घ तीनवटै सरकारको प्राथमिकतामा यहाँको पदमार्गले स्थान पाउन थालेको हो।
पहिरोको जोखिम स्वास्थ्यचौकी
बागलुङ नगरपालिका–९ स्थित पहिराको जोखिममा परेको तित्याङ स्वास्थ्यचौकी । स्वास्थ्य चौकी संरक्षणका लागि बागलुङ नगरपालिकाले विभिन्न उपाय अपनाइ रहेको छ ।
मुक्तिनाथमा धार्मिक ज्ञान सप्ताह
हिमालपारिको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ नेपाल मात्र नभएर विश्वमै हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मानिन्छ ।
विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम प्रभावकारी
नवलपुरको विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम प्रभावकारी बनेको छ । यो कार्यक्रमले विपन्न बस्तीका एक सय घरधुरी प्रत्यक्षरुपमा लाभान्वित भएको कृषि ज्ञान केन्द्र नवलपुरको तथ्याङ्कले देखाएको हो ।
विकासले फेरियो कुस्मिसेराको मुहार
तीन वर्षअघिसम्म बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा बजारको बीच सडकबाट सिँचाइको कुलो बग्दथ्यो । सडकमा नाली नहुँदा सिचाँइका लागिसमेत बजारको बीच सडक नै प्रयोग गर्ने अवस्थाले बजारको शौन्दर्यतालाई गिज्याउँथ्यो ।
स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै वालिङ
वालिङ नगरपालिकाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।
शाह वंशको कुल मन्दिरमा महिलाले मात्रै पाउँछन् प्रवेश
स्याङ्जाको कालीगण्डकी–३ मा अवस्थित आलमदेवी मन्दिरमा पहिलेदेखि चलिआएको कुनै चलन पनि परिवर्तन भएको छैन। पूजा व्यवस्थापन समितिले कुनै पनि नियम परिवर्तन नभएको जनाएको हो। आलमदेवी मन्दिर सबै महिलाका लागि पनि खुला रहेको भन्ने समाचार बाहिर आएपछि पूजा व्यवस्थापन समितिले यस्तो जानकारी गराएको हो। समितिका अध्यक्ष पृथ थापाले भन्नुभयो, “मन्दिरमा पहिलेदेखिको चलन र नियममा कुनै परिवर्तन गरिएको छैन।” शाह वंशीय महिलाहरू भने मन्दिरभित्र प्रवेश गरी पूजाअर्चना गर्न पाउने चलन रहेको थापाले बताउनुभयो। शाह वंशीय कुलदेवीको मन्दिर आफूहरूले संरक्षण गरिदिएको हो। यो उहाँहरूकै इतिहास हो। त्यसैले सबै महिलाले मन्दिरमा प्रवेश पाउँदैनन्। पहिलेदेखि नै यस्तो प्रचलन रहेको छ। त्यो अहिले पनि कायम रहेको र यसमा परिवर्तन नभएको उहाँको भनाइ छ।
सामुदायिक विद्यालयमा भर्ना हुन विद्यार्थीको भीड
दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयले सही व्यवस्थापन र वैज्ञानिक शिक्षण विधि भएमा सामुदायिक विद्यालय अब्बल हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।
झोलुङ्गे पुल बनेपछि स्थानीय लाभान्वित
हिमाली जिल्ला म्याग्दीको पश्चिम भेगमा पर्ने मालिका गाउँपालिका –४, ओखरबोटको चिउरीबोटस्थित छिपछिप खोलामा निर्माण भएको झोलुङ्गे पुलबाट आठसय भन्दा बढी स्थानीय लाभान्वित भएका छन् ।
बेनी नगरपालिकाको सुन्तला बगान
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–३ मरेकको सुन्तला बगान । सुन्तला पकेट क्षेत्र मरेक नगरपालिका क्षेत्र भित्रको पुरानो सुन्तला बगान मध्येको एक हो ।
मङ्गलाका किसान व्यावसायिक खेतीतर्फ
म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका रनबहादुर खत्रीले चार सय बोट सुन्तला रोप्नुभएको छ । परम्परागत रूपमा धान खेती गर्दै आउनुभएका उहाँले करिब पाँच रोपनी खेतमा व्यावसायिकरुपमा सुन्तला खेती र तीन रोपनीमा केरा खेती गर्दैआएनुभएको छ ।
‘लम्पी स्किन’ले गोरु मर्न थालेपछि रोपाइँमा बाधा
गोरखामा ‘लम्पी स्किन’ रोगका कारण गोरु मर्न थालेपछि रोपाइँमा बाधा पुगेको छ । असार अन्तिम साता सुरु भइसक्दा पनि यहाँका किसानले अझैसम्म धान रोपाइँ गर्न पाएका छैनन् ।
‘उज्यालो गण्डकी प्रदेश’ प्रभावकारी बनाउन मुख्यमन्त्रीको जोड
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबिच गण्डकी प्रदेशका सबै नागरिकको घरमा विद्युत् पु¥याउने विषयमा छलफल भएको छ। मुख्यमन्त्री पाण्डेले निर्देशक घिसिङसँग शुक्रबार भएको भेटमा सरकारले लिएको ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्राधिकरणको सहयोग आवश्यक भएको बताउनुभयो। गण्डकी प्रदेशका ९९.५ प्रतिशत घरमा विद्युतीकरण भएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले पूर्ण विद्युतीकरणका लागि सरकार र प्राधिकरण मिलेर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले सकेसम्म सबै ठाउँमा ग्रिडलाइन विस्तार गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
विपत् व्यवस्थापन अभ्यास
पूर्वी नवलपरासीमा विपत् व्यवस्थापन अभ्यास गरिएको छ। वर्षाका कारण हुन सक्ने विपत्का घटनामा कसरी उद्धार तथा व्यवस्थापन गर्ने भनेर शुक्रबार कृत्रिम अभ्यास गरिएको हो। प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले मनसुन सक्रिय हुन थालेकाले जिल्लाभर बाढीपहिराको जोखिम हुने हुँदा सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्नका लागि विपत् पूर्वको तयारी थालिएको बताउनुभयो। जिल्लाका आठवटै पालिकामा अति, मध्यम र सङ्कटासन्न गरी तीन तहमा वर्गीकरण गरी मनसुनपूर्व तयारी र प्रतिकार योजना बनाएको उहाँले बतानुभयो।