• २१ वैशाख २०८१, शुक्रबार

विपत् व्यवस्थापन अभ्यास

blog

कावासोती समाचारदाता 

कावासोती (नवलपुर), असार २३ गते । पूर्वी नवलपरासीमा विपत् व्यवस्थापन अभ्यास गरिएको छ। वर्षाका कारण हुन सक्ने विपत्का घटनामा कसरी उद्धार तथा व्यवस्थापन गर्ने भनेर शुक्रबार कृत्रिम अभ्यास गरिएको हो। 

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले मनसुन सक्रिय हुन थालेकाले जिल्लाभर बाढीपहिराको जोखिम हुने हुँदा सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्नका लागि विपत् पूर्वको तयारी थालिएको बताउनुभयो। जिल्लाका आठवटै पालिकामा अति, मध्यम र सङ्कटासन्न गरी तीन तहमा वर्गीकरण गरी मनसुनपूर्व तयारी र प्रतिकार योजना बनाएको उहाँले बतानुभयो।

प्रजिअ श्रेष्ठले भन्नुभयो, “हामीले भौगोलिक अवस्थाको विश्लेषण गरी मनसुनको समयमा हुने विपत् व्यवस्थापनको तयारी थालेका छौँ। सबै पालिकासँग समन्वय गरी लागेका छौँ।” नेपाल सरकारबाट उद्धार, राहतका लागि आवश्यक सामग्री सुरक्षाकर्मीलाई उपलब्ध गराउने काम गरिएको उहाँको भनाइ छ। उहाँले वर्षाको समयमा बाढीमा मानिस बगाए, डुबान क्षेत्रमा मानिस घेरिए कसरी उद्धार गर्ने तथा पहिराका घटना हुँदा त्यसमा फसेका मानिसको उद्धार तथा व्यवस्थापन कसरी गर्ने भन्ने अभ्यास गरिएको बताउनुभयो।