अमरराज नहर्की
तनहुँ, साउन २ गते। गण्डकी प्रदेशका तीन जिल्लामा ट्राफिक नियम उङ्लघन गरेबापत तिर्नुपर्ने जरिवाना बैंकिङ प्रणालीमार्फत लिन सुरु गरिएको छ।कास्की, तनहुँ र नवलपुर जिल्लामा बैंकबाट भुक्तानी सुरु गरिएको हो।सवारी नियम उलंघन कसुरको जरिवाना बैंकबाट भुक्तानी गर्नुपर्ने व्यवस्था भए अनुसार तीन जिल्लामा सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजिव विष्टले जानकारी दिनुभयो ।प्रहरी प्रधान कार्यालयले सवारी नियम उल्लङ्घन कसुरमा भराउने सबै प्रकारका जरिवानाबापतको राजश्वलाई बैंकिङ प्रणालीमा राख्ने व्यवस्था गरे अनुरुप यहाँ सुरुवात गरिएको उहाँले जानकारी दिनुभयो।
प्रहरी प्रधान कार्यालयले सवारी नियम उल्लङ्घन कसुरमा भराउने सबै प्रकारका जरिवानाबापतको राजश्वलाई बैंकिङ प्रणालीमा राख्ने व्यवस्था गरे अनुरुप यहाँ सुरुवात गरिएको उहाँले जानकारी दिनुभयो।
जरिवाना बुझाउनुपर्ने सवारी साधनका चालकले राष्ट्रिय वाणिज्य बैंकको शाखामा जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ।जरिवाना तिर्न लागि ट्राफिक प्रहरी कारबाहीका परेका सवारी साधनका चालकले प्राप्त भएको ट्राफिक जरिवाना सम्बन्धी पूर्जी लिएर राष्ट्रिय वाणिज्य बैंकको शाखामा जानुपर्नेछ।
मादक पदार्थ सेवन (मापासे) सम्बन्धी कारबाहीमा परेका कागजपत्र लिनु अघि ट्राफिक नियम सम्बन्धि सचेतना कक्षा अनिवार्य रुपमा लिनुपर्ने व्यवस्थासमेत गरिएको विष्टले जानकारी दिनुभयो। विष्टका अनुसार सवारी नियम उल्लंघनमा पहिलो पटक भएको भए पाँच सय , दोस्रो पटक भए एक हजार र तेस्रो पटक भए एक हजार पाँच जरिवाना लाग्ने छ।