पर्यटकीय क्षेत्र गाजाको दह पुग्ने सडकको दुरावस्था
बागलुङको गाजाको दह गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा छ । हरेक वर्ष यहाँ हजारौँ पर्यटक पुग्छन् । जैमिनी नगरपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाको सीमानामा पर्ने गाजाको दह उच्च पहाडमा रहेको हुँदा आन्तरिक पर्यटकको रोजाइमा पर्छ । तर यहाँ पुग्नका लागि राम्रो सडकको पहुँच नहुँदा यहाँ पुग्ने पर्यटक तथा स्थानीयले वर्षैदेखि सास्ती खेप्दै आएका छन् ।
मादी नदी थुनेर ताल बनाइँदै
तनहुँको व्यास नगरपालिकाले मादी नदीलाई थुनेर ताल बनाउने काम अघि बढाएको छ ।
मनाङको तापक्रम माइनस १६, स्थानीय बेँसी झर्न थाले
जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ ।
लोप हुँदै ठाँटी, पौवा र धर्मशाला
पुण्य प्राप्त हुने विश्वासमा, सामाजिक काम गर्न पाटीपौवा, ठाँटी र धर्मशाला निर्माण गर्ने र पिउनका लागि पानी राखिदिने परम्परा हाल हराउन थालेको छ ।
कृषिउपज बजारीकरणमा प्रभावकारी बन्दै हाटबजार
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका कृषक लक्ष्मण गुरुङले गाउँमा उत्पादित साग सहजै बजारसम्म लगेर बिक्री गरिरहनुभएको छ । जिल्लाकै उच्च भागमा अवस्थित छिम्केश्वरीमा उत्पादन भएको रायोको सागको बजारीकरणमा कुनै समस्या नरहेको गुरुङको भनाइ छ ।
नगरकी छोरीलाई पाँच हजार
आठ दिनको नवजात शिशुको स्याहार गरिरहेकी मीना दर्जी बैङ्कका कर्मचारी, स्वास्थ्यकर्मीसहित नगर उपप्रमुख घरमा देखेपछि झसङ्ग हुनुभयो । एकै पटक धेरै जनालाई देखेपछि मीनाको मनमा अनेक कुरा खेल्न थाल्यो । छोराको आशामा आधा दर्जन छोरी जन्माएकी मीनालाई सबैले सोध्ने प्रश्न सोध्न र सम्झाउन आएका होलान् भनेर चिन्ता पनि प¥यो । उहाँले हाँस्दै भन्नुभयो, “सुरुमा एकै पटक कोठाभित्र पस्दा म अलमल परेकी थिएँ, कुरो बुझेपछि भने खुसी भएँ ।”
बन्यो हङकङ पार्क
स्याङ्जाको पुतलीबजार नगरपालिका–१ मा रहेको टुँडिखेलमा हङकङ पार्क बनेको छ । स्याङ्जा जनसेवा समिति हङकङले हङकङमा रहेका स्याङ्जावासीसँग रकम सङ्कलन गरेर टुँडिखेलमा अत्याधुनिक पार्क निर्माण गरेको हो । विगतमा राजनीतिक दलका नेताले भाषण गर्ने टुँडिखेल बच्चा, युवा तथा वृद्ध घुम्ने र बस्ने पार्क बनेको हो । जनसेवा समिति हङकङका सस्थापक अध्यक्ष भक्त गुरुङले हङकङवासी र स्याङ्जावासी नेपालीबिचको सम्बन्ध सुमधुर राख्ने उद्देश्यले हङकङ पार्कको निर्माण गरेको बताउनुभयो ।
तनहुँ कारागारमा पानीको अभाव
जिल्ला कारागार तनहुँमा पानीको अभाव भएको छ । कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेको छ ।
सेताम्मे हिमाल किन कालो हुँदैछ ?
गण्डकी, मङ्सिर २६ गते । “विश्वव्यापी ताममान वृद्धिले हिमालका हिउँ पग्लँदै गए माउण्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्छ”, विश्व वन्यजन्तु कोषका नेपाल प्रमुख एवं संरक्षणविद् डा घनश्याम गुरुङले भन्नुभयो, “जलवायु परिवर्तनको असर न्यूनीकरणका उपाय अपनाउनु र यससँग अनुकूलन हुनुको विकल्प हामीसँग छैन ।”पोखरामा जारी अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवका अवसरमा सोमबार आयोजित ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्धित छ रु’ शीर्षकमा भएको समूहगत छलफलमा उहाँले पृथ्वीको बढ्दो तापमानलाई रोक्न स्वच्छ ऊर्जाको प्रयोग बढाउनुपर्ने बताउनुभयो । संरक्षणविद् गुरुङले अहिलेकै गतिमा हिउँ पग्लँदै गए आउँदा केही वर्षभित्रैमा हिमालहरू कालापत्थरमा परिणत हुने उल्लेख गर्नुभयो ।पृथ्वीको तापक्रम वृद्धि र धुवाँधुलोका कारण हिमाल पग्लिरहेको उहाँको भनाइ छ । संरक्षणविद् गुरुङले कार्बन उत्सर्जनमा नेपालको योगदान नभए पनि जलवायु परिवर्तनको विश्वव्यापी असरबाट बच्न स्थानीय तवरबाटै योजना बनाउनुपर्ने धारणा राख्नुभयो । “जलवायु परिर्तनमा विकसित देशको मात्र दोष छ, नेपालको केही भूमिका छैन भनेर हामी चुप लागेर बस्नु हुँदैन”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय समुदायमा आवाज उठाउन पनि हामीसँग नैतिक धरातल चाहिन्छ ।”कार्यक्रमका अर्का वक्ता जीविकोपार्जन तथा बसाइँसराइविद् डा अमिना महर्जनले जलवायु परिवर्तनले नेपालमा मात्र नभएर सिङ्गो हिन्दूकुश क्षेत्रकै हिमाल सुक्खा बन्दै गएको बताउनुभयो । “जलवायु परिवर्तनले पर्यावरण, कृषि, पर्यटन, स्वास्थ्यलगायत यावत क्षेत्रमा प्रत्यक्ष÷अप्रत्यक्ष असर पुर्याइरहेको छ”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको प्रभाव अझ बढ्दै जान्छ, घट्दैन तसर्थ यससँग अनुकूलन हुनुबाहेक अर्को विकल्प छैन ।”पृथ्वीको तापमान वृद्धि हुँदै जानुमा नेपालको कुनै भूमिका नभए पनि यसको परिणाम भने भोग्नुपरिरहेको उहाँले बताउनुभयो । केही महिनाअघि मुस्ताङको कागबेनीमा आएको बाढी, सन् २०१२ मा हिमपहिरोका कारण सेती नदीमा आएको बाढी त्यसकै उदाहरण भएको उहाँले बताउनुभयो । “जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा परेको प्रभावबारे कम बहस हुने गरेको छ, खासै अनुसन्धान पनि भएको छैन”, डा महर्जनले भन्नुभयो, “नयाँ–नयाँ जनस्वास्थ्यका समस्या निम्तिरहेका छन्, रोग विस्तार भएका छन् ।” उहाँले जलवायु अनुकूलन योजनाका लागि सरकार र अन्तर्राष्ट्रिय क्षेत्रबाट न्यूनमात्र मद्दत आउने गरेको उल्लेख गर्नुभयो । “जति प्रयास स्थानीय समुदायबाट भएको छ, सरकारबाट त्यति हुनसकेको छैन, ‘लस एण्ड ड्यामेज फण्ड’का लागि पनि सरकारले अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउनुपर्छ ।”छलफलमा भाग लिँदै वरिष्ठ पत्रकार कुन्द दीक्षितले जलवायु परिवर्तनलाई अब जलवायु सङ्कट भन्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनलाई वातावरणीय समस्याका रूपमा मात्र नहेरेर अर्थ–राजनीतिक पाटोबाट पनि हेर्नुपर्ने धारणा राख्नुभयो । “पृथ्वीको तापमान वृद्धि भइरहेको छ, अबको केही दशकमा हाम्रा हिमालहरू हिमालजस्तै नरहन सक्छन्, त्यसबाट पानीको सङ्कट उत्पन्न हुन्छ”, उहाँले भन्नुभयो, “पानीमा आधारित कृषि र जनजीवनमा ठूलो असर पर्छ ।”हिमालबाट हिउँ रित्तिए नदी र पानीको स्रोत सुक्ने उहाँले बताउनुभयो । नेपालले खनिज तेलको खपत घटाएर स्वच्छ ऊर्जाको प्रयोगलाई बढाउनुपर्ने उहाँले सुझाव छ । पत्रकार दीक्षितले पेट्रोलियम पदार्थको सट्टा जलविद्युत् र नवीकरणीय ऊर्जाको प्रयोगलाई राज्यले प्रोत्साहित गर्नुपर्ने धारणा राख्नुभयो । “नेपालमा उत्पादन हुने बिजुली स्वदेशमै खपत गर्न विद्युतीय सवारीसाधन चलाउनदेखि भान्छामा पनि विद्युतीय उपकरणको प्रयोगलाई बढाउनु आवश्यक छ”, पत्रकार दीक्षितले भन्नुभयो, “पृथ्वीको तापक्रम बढ्नुमा खनिज तेलको प्रमुख हात छ, यसको सट्टा अब स्वच्छ ऊर्जा प्रयोग गर्नुपर्छ ।” उहाँले नेपालको कुल आयातको २५ प्रतिशत पेट्रोलियम पदार्थले ओगट्ने गरेको बताउनुभयो ।जलवायु परिवर्तन र खाद्य सुरक्षामा अनुसन्धानरत डा जगन्नाथ अधिकारीले हिमालको सम्बन्ध नेपाली संस्कृतिसँग पनि जोडिएको बताउनुभयो । “बिहानै हिमाल हेर्यो भने दिन पवित्र हुन्छ भन्ने मान्यता छ, विभिन्न देवीदेवताका नामबाट पनि हिमाललाई पुकारिन्छ”, उहाँले भन्नुभयो, “हिमालय क्षेत्र मानिसको जनजीवन र संस्कृतिसँग प्रत्यक्ष जोडिएको छ, हिउँ नरहे हाम्रा सांस्कृतिक परम्परा पनि हराउन सक्छन् ।” हिउँ पग्लँदै गएपछि पोखराबाट देखिने हिमालको सुन्दरता पनि विस्तारै खस्कँदै गएको डा अधिकारीले बताउनुभयो । हावापानीमा आएको परिवर्तनका कारण कृषि उत्पादन कम हुने, बालीनालीमा रोग कीराले सताउनेजस्ता समस्या बढिरहेको उहाँले बताउनुभयो । “कृषि उत्पादन घट्दा खाद्य सुरक्षामा पनि असर पुग्छ, मुस्ताङ, मनाङजस्ता हिमाली जिल्लामा त हिउँ नपरेसम्म खेती बाली नै हुँदैन”, डा अधिकारीले भन्नुभयो, “प्राकृतिक विपद्को पनि उस्तै जोखिम छ, जलवायु परिर्वतनका बहुअसर छन् ।” उहाँले जलवायु परिवर्तनसँग जुध्न नेपालले अन्तर्राष्ट्रिय सहयोग जुटाउनुपर्ने धारणा राख्नुभयो ।
तीस हजार काठका खम्बा विस्थापन
गण्डकी प्रदेशभित्र विद्युत् विस्तारमा प्रयोग भएका ३० हजार चार सय ८१ काठका जीर्ण खम्बा हटाइ फलामका खम्बा राखिएको छ । प्रदेश सरकार स्थापना भएयता सो सङ्ख्यामा काठका खम्बा विस्थापन गरिएको हो ।
बागलुङका गाउँ-गाउँमा किबी खेतीको लहर
बागलुङमा थोरै लगानीमा राम्रो आम्दानी गर्ने उत्कृष्ट फलफूल खेतीको रुपमा किबीलाई लिन थालिएको छ । पछिल्लो समय शिक्षा, रोजगारलगायत कारणले बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएपछि बाँझो खेतीयोग्य जग्गाको सदुपयोग गर्दै गाउँ-गाउँमा किबी खेतीको लहर चलेको हो ।
मारुनी नाच संरक्षणमा पित्लेक देउराली सामुदायिक ‘होमस्टे’
गाउँमा रहेका वृद्धवृद्धा आफ्ना कलिला नातिनातिनासहित मञ्चमा उपस्थित भएर कार्यक्रम देखाए । उनीहरू आएका पाहुनालाई गुरुङ समुदायमा प्रचलित पोसाकमा विभिन्न सांस्कृतिक नाच प्रस्तुत गर्छन् ।
सामुदायिक वनका महिला अध्यक्ष सम्मानित
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत कास्कीका सामुदायिक वन उपभोक्ता समूहका १३ जना महिला अध्यक्षलाई सम्मान गरिएको छ ।
पश्चिम बागलुङवासीलाई उत्तरगङ्गा आयोजनाको आश
मङ्सिर २१ गते, दिनको १ बज्नै लागेको थियो । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेश हुँदै गण्डकी प्रदेश प्रवेश गर्दै हुनुहुन्थ्यो । ओली दुई प्रदेशको सिमाना बागलुङको निसीखोला गाउँपालिका पातीहाल्नेमा स्वागत गर्न बसेकाको मनमा भने हिजोका दुःख, आजको अवस्था र भोलीको चिन्ताले पिरोलेको देखिन्थ्यो ।
देवघाटका सुन्तला किसानलाई काठमाडौँ महानगरको सहयोग
काठमाडौँलाई मुख्य बजार बनाएर देवघाटमा उत्पादित सुन्तला बिक्री वितरणका लागि बजार व्यवस्थापन, किसानले सिधै अनुदान पाउने व्यवस्थालगायत विषय महानगरको बैठकमा छलफल गरिने कामपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले राससलाई जानकारी दिनुभयो ।
दुई प्रदेश जोड्ने पक्की पुल निर्माण सुरु
सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा र पाल्पा जिल्ला जोड्ने राम्दीमा नयाँ पक्की पुल निर्माण सुरु भएको छ । गण्डकी र लुम्बिनी प्रदेश जोड्ने प्रमुख मार्गका रूपमा रहेको सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दीमा नयाँ पक्की पुल निर्माण सुरु भएको हो ।
शिवालयमा शतबीज छर्ने भक्तजनको घुइँचो (फोटो फिचर)
म्याग्दीको बेनी नगरपालिका –९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधामस्थित शिवालय मन्दिरमा सोमबार विहानैदेखि शतवीज छर्न भक्तजनको भीड लागेको छ ।
पेल्काचौरको ओल पहरोमा 'रक क्लाइम्बिङ'
पुतलीबजार नगरपालिका १२ पेल्काचौरको ओल पहरोमा साहसिक खेल 'रक क्लाइम्बिङ'मार्फत पर्यटक भित्राउने प्रयास गरिएको छ ।
विदेशबाट फर्केर सामूहिक माछापालन
वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन् । स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले मालिका–३ मा पर्ने टिमुरे खोलामा सामूहिक माछापालन थालेका हुन् । उक्त सामूहिक माछापालन पश्चिम म्याग्दीका लागि उदाहरणीय व्यवसाय बनेको छ ।
पृथ्वी राजमार्गको पश्चिम खण्ड २० किलोमिटर ६ लेनको बन्ने
पश्चिम खण्डको तनहुँको जामुनेदेखि पोखरा ३८ दशमलव ८८ किलोमिटर दूरीको जसमध्ये २० किलोमिटर दूरीमा छ लेनको बनाईने मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख राजेश पौडेलले जानकारी दिनुभयो ।
नगर प्रहरीमाथि हातपात गर्ने व्यवसायी पक्राउ
ड्युटीमा रहेको नगर प्रहरी माथि हातपात तथा अभद्र व्यवहार गर्ने एक व्यवसायीलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
यसरी फेरियो पुम्दीकोटको परिचय
पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय क्षेत्रमा मात्र सीमित हुन चाहन्नन् । उनीहरूको रोजाइ बन्ने गरेको छ, नजिकैका गाउँ अनि डाँडापाखाहरू ।
मौलिक भाका संरक्षणमा आमा समूहको चासो
मौलिक कला, संस्कृति र गीत सङ्गीतमा प्रसिद्ध मानिने बागलुङमा एक दशकयता निकै कम हुँदै गएका छन् । सहरदेखि गाउँसम्म जताततै मौलिकता बोकेका गीत सङ्गीत गुञ्जिने गरे पनि हिजोआज सुनिन छोडेका छन् ।
हिमाली क्षेत्र फरक, जीवनशैली समान
पोखरामा जारी आठौँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा भूगर्भविद् तथा फोटोग्राफर डा. इरिका हुवाचेककी छोरी इर्मट्रडले हिमाली क्षेत्र फरक भए पनि जीवनशैली भने एकै प्रकारको हुने गरेको बताउनुभएको छ । हिमाली क्षेत्रको विषयमा आफूले खिचेको तस्बिरका बारेमा अनुभव साट्दै छोरी इर्मट्रडले हरेक देशका हिमाली क्षेत्रमा बस्ने नागरिकको जीवनशैली एउटै भएको अनुभव सुनाउनुभएको हो ।