स्थानिय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा बारपाक सुलीकोट पहिलो
गोरखाको बारपाक सुलीकोट गाउँपालिका स्थानिय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ११ वटा पालिकाहरुलाई उछिन्दै पहिलो भएको छ ।
पर्यटकको प्रतिक्षामा करबाकेली
अग्लो डाँडाबाट दन्तेहलरजस्तै देखिने मनमोहक हिमशृङ्खला र राताम्मे भएको ‘गुराँसे जङ्गल’ले समय गएको पत्तो दिँदैन । डाँडामा बनेका धार्मिक धरोहरका थानहरूले मन शान्त पारिदिन्छ । धुरीबाट फन्को मारेर देखिने दृश्यले पर्यटकलाई लोभ्याइरहेको हुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ करबाकेलीमा पुग्ने पर्यटकले यस्तै अनुभूति गर्न पाउँछन् ।
बस्तीमा छिर्न थाले नाउर
हिमालपारिको जिल्ला मुस्ताङको मार्फा क्षेत्रका कृषकले लगाएको तरकारी जङ्गली जनावर नाउरले खाएर नष्ट गर्ने गरेको छ । जलवायु परिवर्तन तथा अहिलेको सुक्खायामका कारण उच्च हिमाली क्षेत्रमा चरनको अभाव भएपछि नाउरले हिमालनजिक रहेका मुस्ताङको मार्फालगायतको क्षेत्रमा आएर तरकारी बाली खाएर सताउन थालेको हो । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयका अनुसार नाउरले हरेक जसो बिहानको समयमा बागवानी फार्मको स्याउ तथा ओखरको बगानमा अन्तरबालीका रूपमा लगाइएको काउली, बन्दालगायतका तरकारी बाली खाएर सताउने गरेको छ । बिहानै बगानमा निस्कँदा प्रायः नाउरको बथान आउने र अन्तरबालीका रूपमा लगाइएका तरकारी खाने गरेको छ । आत्रेयले भ
ऋषिङ कपको उपाधि गल्कोट नगरपालिकालाई
ऋषिङ गाउँपालिकाद्वारा यहाँ सञ्चालित चौथो ऋषिङ अध्यक्ष कपको उपाधि बाग्लुङ जिल्लाको गल्कोट नगरपालिकाले हात पारेको छ ।
उत्पादन लागत घटाउन कृषिमा यान्त्रिकीकरण
बागलुङ नगरपालिकाले कृषिजन्य वस्तुको उत्पादन लागत घटाउनका लागि यान्त्रिकीकरणको प्रयोगमा जोड दिएको छ ।
भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिने
गोरखाका विकट गाउँपालिका धार्चेका भूमिहीन दलित र भूमिहीन सुकुम्वासी घरपरिवारलाई लालपुर्जा वितरण गर्ने अन्तिम तयारी भएको छ ।
उपचार नपाएर अकालमा कसैले ज्यान गुमाउनु पर्दैन : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अब कुनै पनि नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाउनु नपर्ने बताउनुभएको छ ।
विद्यार्थीलाई सीपसँग जोड्दै सामुदायिक विद्यालय
तनहुँको आँबुखैरेनी गाउँपालिका-४ आमडाँडास्थित चण्डेश्वरी आधारभूत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्न थालेको छ । पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्दै व्यवहारिक सीप प्रदान गरेको हो ।
‘सोच बदलौँ, खुसी आफैँ मिल्छ’
कोरोना महामारीका समयमा योग र ध्यानले अलि बढी चर्चा पायो । बिरामीमा आयुर्वेदिक पद्धति अपनाउने र योग ध्यान गर्ने बानी बढ्न थाल्यो ।
प्राकृतिक स्रोत व्यवस्थापन (कृषि) क्याम्पस सञ्चालनमा
स्याङ्जाको चापाकोटमा प्रस्तावित प्राकृतिक स्रोत व्यवस्थापन (कृषि) क्याम्पस सञ्चालनमा आउने भएको छ । क्याम्पस सञ्चालनको बारेमा लामो समयदेखि विवाद र चर्चा हुँदै आएको थियो ।
दुधको भुक्तानी माग्दै विरोध प्रदर्शन
पूर्वी नवलपरासीका किसानले दुधको भुक्तानी नपाएको भन्दै सडकमा दुध खन्याएर विरोध प्रदर्शन गरेका छन् ।
सालिकसहितको उद्यान निर्माण सम्पन्न
बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा ग्रामीण पर्यटनका अगुवाको सम्झानामा सालिकसहित उद्यान बनाइएको छ । चार वर्षदेखि थालिएको उद्यान तथा सालिक निर्माणले अहिले पूर्णता पाएको हो ।
दुग्ध उत्पादक कृषक आन्दोलित
तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडको अगुवाइमा जिल्लाका दुध उत्पादक कृषकहरूले पृथ्वीराजमार्ग अवरुद्ध गरेका हुन् ।
विद्युतीय शवदाह गृहमा ताला
राजधानीबाहिर पहिलो पटक पोखरामा बनेको विद्युतीय शवदाह गृहमा अहिले ताला लागेको छ । गत भदौ दोस्रो साता निर्माण सकिएको शवदाह गृह हस्तान्तरण नहुँदा अलपत्र परेको हो ।
करेन्ट लागेर एक जनाको मृत्यु
म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका-७ चिमखोलामा रहेको टुण्डी हाइड्रो पावरमा काम गर्ने मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
‘कोरला नाका पूर्ण रूपमा सञ्चालन गरेर समृद्धिको ढोका खोल्छौँ’
अध्यक्ष, मुस्ताङको लोमान्थाङ धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । लोमान्थाङ तिब्बती परम्परागत संस्कृतिको ऐतिहासिक थलो पनि हो । ऐतिहासिक गुफा, तिब्बती संस्कृति, हिमालको आकर्षण र पठारको रमणीय दृश्यले यहाँ पर्यटक आकर्षित हुन्छन् । पाँच वडा रहेको गाउँपालिकाको पूर्व, पश्चिम र उत्तरमा चीन पर्दछ भने दक्षिणमा मुस्ताङकै लो–घेकर दामोदरकुण्ड गाउँपालिका पर्दछ । चीनसँग सिमाना जोडिएको कोरला नाका यसै गाउँपालिकाभित्र पर्दछ । चार महिनाअघिदेखि कोरला
हिउँको घुम्टो भित्र गोरेटो पछ्याउँदै गुर्जा पुर्याइयो खोप
हिमाली जिल्ला म्याग्दीको सबैभन्दा दुर्गम वडा गुर्जामा कठ्याङ्ग्रीने चिसो हिउँको घुम्टो भित्र गोरेटो पछ्याउँदै खोप पुर्याइएको छ ।
बेपत्ता तामाङलाई खोज्न सेतीको बाँध खोलिने
पोखराको सेती नदीमा फागुन १३ गते आइतबार राति माछा मार्न जाँदा बेपत्ता भएका एक जनाको खोजी गर्न सेतीको बाँध खोलिने भएको छ ।
भलिबल विकासका लागि साढे ४६ लाख रुपियाँको अक्षयकोष
म्याग्दीमा भलिबल खेलको विकासका लागि साढे ४६ लाख रुपियाँ बराबरको अक्षयकोषको स्थापना गरिएको छ ।
कृत्रिम तालमार्फत पर्यटन प्रवर्द्धनको योजना
तनहुँको व्यास नगरपालिका-१० दुम्सीचौरमा नारेश्वर ताल निर्माण गरी पर्यटन प्रवर्द्धनका लागि व्यास नगरपालिका जुटेको छ । प्रदेश सरकारसँगको साझेदारीमा कृत्रिम ताल निर्माण गरी पर्यटन प्रवर्द्धन र रोजगारी सृजना गर्ने लक्ष्य राखिएको हो ।
शिक्षण पेसासँगै न्यौपानेको व्यावसायिक पशुपालन
पछिल्लो समय वैदेशिक रोजगारका लागि युवाहरू विदेश जानेक्रम बढ्दो छ । अध्ययन गर्ने विद्यार्थीसँगै रोजगारका लागि दिनहुँजसो युवा विदेश पलायन भइरहेका छन् ।
गण्डकी प्रदेशसभामा एमालेका तीन सङ्कल्प प्रस्ताव
गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन बुधबारदेखि सुरु हुँदै छ । अधिवेशन सुरु हुनुअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बुधबार बिहान तीन वटा सङ्कल्प प्रस्ताव दर्ता गराएको छ ।
गण्डकी प्रदेशसभाको अधिवेशन आजदेखि
गण्डकी प्रदेशसभाको अधिवेशन बुधबार दिउँसो २ बजेबाट सुरु हुँदै छ । गण्डकीको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन ६ गते अधिवेशन आह्वान गर्नुभएको थियो ।
शिक्षक र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा
तनहुँको आँबुखैरेनी गाउँपालिकाको सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका छोराछोरीले अब सामुदायिक विद्यालयमा पढ्ने भएका छन् । आँबुखैरेनी गाउँपालिकाको सामुदायिक विद्यालयको शिक्षा सुधारको अभियानमा साथ दिन सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्नुपर्ने निर्णय गरिएको हो । सामुदायिक विद्यालयका प्रधानाध्यापकको आइतबार बसेको बैठकबाट गाउँपालिकाभित्र कार्यरत सम्पूर्ण शिक्षक र विद्यालय कर्मचारीका आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।