• ११ मंसिर २०८१, मङ्गलबार

बालविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

blog

सन्तोष सुवेदी

कास्की, फागुन १८ गते । कास्की प्रहरीले बालविवाह मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिकाका सरस्वती विक र विनीता सुनार छन् ।

जिल्ला अदालत कास्कीले माघ १० गते सरस्वतीलाई ३ महिना कैदसहित २ हजार ५ सय रुपियाँ जरिवाना र पीडित राहत कोषमा दुईसय रुपियाँ दाखिला गर्न फैसला गरेको थियो । त्यसमा उहाँले २ महिना १८ दिन कैद सजाय र २ हजार ७ सय रुपियाँ भुक्तान गर्न बाँकी छ ।

त्यसैगरी विनीता सुनारको हकमा ३ महिना कैद सजाय र २ हजार ५ सय जरिवाना २ सय भुक्तान गर्न बाँकी भ फरारको सूचीमा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनीहरुलाई पोखरा महानगरपालिका –१ हरिचोकबाट पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।