डेङ्गु विरुद्धको सचेतना अभियान सुरु
तनहुँको आँबुखैरेनी गाउँपालिकाले डेङ्गु रोग रोकथाम र नियन्त्रणका लागि सचेतनामूलक र प्रचारात्मक अभियान सुरु गरेको छ ।
मौवाफाँट–पिप्लेमा खानेपानीको हाहाकार
रघुगङ्गा गाउँपालिका–२ का बासिन्दा पछिल्लो चार वर्षदेखि खानेपानीको समस्या भोगिरहेका छन् । एक हजार छ घरघुरी रहेको वडा नम्बर २ को मौवाफाँट तथा पिप्ले क्षेत्रमा तीन हजार पाँच सय मतदाता र पाँच हजार जनसङ्ख्या रहेको छ । उक्त जनसङ्ख्याले प्रयोग गर्ने पानीको मुहान सुक्दै जाँदा स्थानीयले खानेपानीको वैकल्पिक स्रोतको खोजी गर्न थालेका छन् । सरकारी स्वामित्वको रघुगङ्गा हाइड्रो निर्माण थालनी हुने भनेपछि उत्साहित स्थानीयवासीसुरुङमार्गको काम थालनीपछि खानेपानीको मुहान सुकेको बताउँछन् ।
पृथ्वीचोकमा पोखराघर घट्टेखोलामा पुल
पोखरा महानगरपालिकाले विविध कार्यक्रमको आयोजना गरी आफ्नो सातौँ स्थापना दिवस मनाएको छ । सो अवसरमा पृथ्वीचोकमा आर्ट ग्यालरी, पुस्तकालय र पर्यटकीय सूचना केन्द्रसहितको पोखराघर शिलान्यास गरिएको छ । पोखरा महानगरका प्रमुख धनराज आचार्यले आइतबार बिहान पोखराघर शिलान्यास गर्नुभएको हो । ‘पोखराघर’ फगत एउटा घर नहुने जनाउँदै उहाँले यसले समग्र पोखराको परिचय दिने उल्लेख गर्नुभयो । महानगरले महेन्द्रपुलमा रहेका पुस्तकालय र आर्ट ग्यालरीका भवन भत्काएपछि जनस्तरमा चर्काे विरोध भएको थियो । पोखराघरमा आर्ट ग्यालरी र पुस्तकालय व्यवस्थित रूपमा राख्ने योजना रहेको छ ।
टोड्केमा ढकमक्क लालीगुराँस फुलेपछि .....
प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रङ्गिएको म्याग्दीको टोड्के क्षेत्रको जङ्गल आकर्षक गन्तव्य बनेको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको अवस्थित टोड्केको उचाइ समुद्री सतहदेखि दुई हजार तीन सय मिटर हो ।
एमाले गोरखाको अध्यक्षमा थापा विजयी
नेकपा एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र बहादुर थापा विजयी हुनुभएको छ । उहाँले आफ्नो प्रतिद्वन्द्वी कृष्ण बहादुर नेपालीलाई ७५ मत अन्तरले पराजित गरेर अध्यक्षमा विजयी हुनुभएको छ ।
एमालेले थाल्यो गण्डकी सरकार गठनको पहल
नेकपा (एमाले) ले गण्डकी प्रदेशमा सरकार गठनको पहल थालेको छ । केन्द्रमा फागुन २१ गते सत्ता गठबन्धन परिवर्तन भएपछि एमालेले यहाँ सो पहल थालेको हो ।
तनहुँमा दश जनाले लिए आमाको नामबाट नागरिकता
जिल्ला प्रशासन कार्यालय तनहुँबाट दश जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । बुबाको पहिचान नहुँदा नागरिकता लिनबाट वञ्चित भएकाले आमाको नामबाट नागरिकता लिएका हुन् ।
लागुऔषध दुर्व्यसनी विरुद्ध सचेतना जगाउँदै जेसिज
तनहुँमा जेसीआई व्यास नगरमा आबद्ध युवाहरू लागु औषध दुर्व्यसनी विरुद्ध सचेतना अभियानमा लागेका छन् । जिल्लामा लागुऔषध पदार्थको सेवन गर्ने र कारोबारी बढेपछि त्यसको न्यूनीकरणको लागि जिल्ला प्रहरी कार्यालय तनहुँको सहकार्यमा जेसिजका युवाहरू लागेका हुन् ।
एमाले गोरखामा प्यानलसहित प्रतिस्पर्धा
नेकपा (एमाले) गोरखाको नेतृत्वका लागि उम्मेदवारहरु प्यानलसहित चुनावमा होमिएका छन् । एमाले गोरखाको नेतृत्व चयनको लागि आइतबार २ बजेबाट मतदान सुरु भएको छ ।
९१ हजार बालबालिकालाई दादुरा–रूबेलाविरुद्धको खोप
पूर्वी नवलपरासीमा दादुरा–रूबेलाविरुद्धको खोप अभियानअन्तर्गत ९१ हजार बालबालिकालाई खोप प्रदान गरिएको छ ।
किल्चोकको धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्दै हाइकर्स क्लब
तनहुँको म्याग्दे गाउँपालिका-३, किलचोकस्थित अकला मन्दिर यस क्षेत्रमा प्राचीनकादेखि धार्मिक पर्यटकीय गन्तव्यका रूपमा परिचित तीर्थस्थलमध्येको एक हो ।
गण्डकीमा ‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत बालबालिकाका लागि टेनिस प्रशिक्षण ‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’ नाराका साथ प्रशिक्षण सुरु भएको हो ।
पोखरामा आज आधा दिन बिदा
पोखरा महानगरले आज आधा दिन बिदा दिएको छ । आफ्नो सातौँ स्थापना दिवस मनाउनका लागि बिदा दिएको हो । दिवसको उपलक्ष्यमा आइतबार दिउँसो १ बजेपछि महानगरका सबै कार्यालयमा बिदा दिइएको छ ।
बन्दुक सहित सात जना पक्राउ
तनहुँको शुक्ल गण्डकी नगरपालिका–११ भुस्नापुरबाट तनहुँ प्रहरीले दुई बन्दुकसहित सात जना पक्राउ परेका छन् ।शङ्कास्पद वस्तुसहित सरिप चन्द समातिएपछि सोधपुछ गरेर पछ्याउँदा दुई नाले बन्दुकसहित पाँच र एकनाले बन्दुकसहित दुई गरी सात जना जना पक्राउ परेका हुन् ।
नक्साङ्कनको त्रुटिले खानेपानी आयोजना निर्माण रोकियो
नक्साङ्कनमा भएको त्रुटिका कारण म्याग्दीको बेनी नगरपालिका–१ को रत्नेचौर ‘लिफ्ट’ खानेपानी आयोजना निर्माण रोकिएको छ । कालीगण्डकीको पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा दुई सय ४३ घरधुरीमा निजी धारामार्फत वितरण गर्ने लक्ष्यअनुसार करिब रु तीन करोडको लागतमा चार वर्षअघि सुरु भएको आयोजना निर्माण प्रभावित बनेको हो ।
कहिल्यै पानी नसुक्ने चट्टानमाथिको वराह जलकुण्ड
कहीँकतैबाट पानीको स्रोत देखिँदन तर बाह्रै महिना पानी रहेको हुन्छ गलेश्वरस्थित वराह जलकुण्डमा । हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थलका रूपमा रहेको बेनी नगरपालिका–९ स्थित गलेश्वरधाम मन्दिर परिसरमा रहेको वराह जलकुण्डमा कहिल्यै पानी सुक्दैन । नौ रोपनी क्षेत्रफल रहेको एउटै ठुलो चट्टानमाथि रहेको कुण्डमा सधैँ पानी रहने र कहिल्यै नसुकेर सबैलाई चकित पार्ने गरेको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष वमबहादुर पुन गलेश्वर मन्दिरमा पूजा अर्चना कहिले सुरु गरियो भन्ने तथ्य र मन्दिर छेउमा रहेको जलकुण्डमा पानीको स्रोत कतादेखि र कहिलेदेखि भन्ने पनि कसैलाई यकिन नभएको बताउनु हुन्छ । उहाँले भन्नुभयो, “पछिल्लो ४० वर्षको अवधिमा मलाई याद भएसम्म यहाँको जल सुकेको भन्ने थाहा छैन ।”
विद्यालय परिसरमै च्याउ र तरकारीखेती : पढ्दै कमाउँदै विद्यार्थी
विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् ।
हिमालको काखमा मुदी गाउँ
चक्रिय धौलागिरि पदमार्गअन्तर्गत पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका– ४ मा अवस्थित मुदी गाउँ ।
आत्मनिर्भरका लागि साबुन उद्योगमा महिला
तनहुँका म्याग्दे गाउँपालिकाले आवश्यक तालिम दिने मात्रै नभई उत्पादन भएका सामग्री बजारीकरण हुन थालेपछि महिलाले फुर्सदको समयलाई साबुन बनाउनमा सदुपयोग गर्न थालेका छन् । हातमा सिप नहुँदा फुर्सद भएर मोबाइल लिएर सामाजिक सञ्जालमा भुलेर समय काट्ने महिलाले यतिखेर आम्दानी लिन थालेका छन् । म्याग्दे गाउँपालिकाको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) बाट साबुन बनाउने निःशुल्क तालिम पाएपछि उत्साहका साथ म्याग्दे गाउँपालिका–४, थुर्पका महिलाले उद्यमी बन्न सक्रियता देखाएका छन् ।
छाँयाक्षेत्रको आम्दानी साढे ६ लाख
महाशिवरात्रीको अवसरमा स्याङ्जाको प्रसिद्ध छाँयाक्षेत्र मन्दिरको आम्दानी छ लाख ४६ हजार ३३४ रुपियाँ भएको छ ।
भाषा लोप हुँदा मेटिएको इतिहास खोजी गर्दै कुहूँ
सिरानमा घना जङ्गल । जङ्गलको पुछारमा मालिकादेवीलाई शिरमा राखेर लोप भएको खाम भाषा र मेटिएको इतिहासको झझल्को दिँदै छ म्याग्दीको कुहूँ गाउँले । जिल्लाको मङ्गला गाउँपालिका-१ मा पर्ने यो गाउँ चिटिक्क परेको छ ।
नाटक ‘रिफण्ड’ मञ्चन
फागुन १४ गतेदेखि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘बुकिङ शो’ मार्फत मञ्चन भइरहेको नाटक ‘रिफण्ड’ आजदेखि ‘पब्लिक शो’ मा मञ्चन भएको छ ।
छिम्केश्वरीमा आन्तरिक पर्यटक लोभिँदै
समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा प्रसिद्ध छिम्केश्वरी मन्दिर अवस्थित छ । जिल्लाकै सर्वोच्च उचाइमा रहेको उक्त मन्दिरमा पुग्ने जो कोही पर्यटकलाई मनोरम प्राकृतिक दृश्यले आकर्षण गर्ने गर्दछ ।
गोरखामा सूचना प्रविधि तथा पत्रकारिता तालिम
प्रेस सेन्टर नेपाल जिल्ला समिति गोरखाले सूचना प्रविधि तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न गरेको छ।