चिच्च्याएर वर मागिने सत्यवती मन्दिरमा थपिए पर्यटन पूर्वधार
एक दशकअघिसम्म बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौर साग्दीमा रहेको सत्यवती मन्दिर जीर्ण र अव्यवस्थित थियो । देशका विभिन्न भागबाट भक्तजन आउँदा पूजा गर्न सहज थिएन ।
चन्दा र श्रमदान जुटाएर पदमार्ग निर्माण
जिल्लाका स्थानीय युवाले रु १५ लाख चन्दा र तीन महिनासम्म श्रमदान जुटाएर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा दुई किलोमिटर पक्की पदमार्ग निर्माण गरेका छन् ।
करेन्ट लागेर एक जनाको मृत्यु
म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको टुण्डी हाइड्रोपावरमा काम गर्ने एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।
अब पोखरा २४ घण्टा खुला
गण्डकी प्रदेशको राजधानी पोखरालाई आइतबार बिहान पर्यटनको राजधानी घोषणा गरिँदै छ। पर्यटकीय राजधानी घोषणासँगै पोखराका मुख्य बजार २४ घण्टा खुला हुने भएको छ।
कांग्रेसको संगठन बलियो बनाउने मौकाः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन भत्काएर भत्किएपछि कांग्रेसलाई संगठन बलियो बनाउने मौका मिलेको बताउनुभयो ।
मुलुकको आवश्यकता अनुसार सहकार्य गरेर अगाडि बढ्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता समीकरणमा हेरफेर भए पनि मुलुकको आवश्यकताअनुसार प्रमुख राजनीतिक पार्टीसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको छ।
तनहुँबाट पाँच हजार विद्यार्थीले एसइई दिँदै
तनहुँबाट चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि झण्डै साढे पाँच हजार बढी विद्यार्थी सामेल हुने भएका छन् ।
सहिद स्मृति विद्यालयका विद्यार्थीसँग प्रधानमन्त्री
प्रधानमन्त्री एवम् सहिद प्रतिष्ठान नेपालका संरक्षक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा–१४ कास्कीस्थित सहिद स्मृति विद्यालयका विद्यार्थीहरूसँग भेटघाट र अन्तरक्रिया गर्नुभएको छ ।
प्रधानमन्त्री पोखरामा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आइपुग्नुभएको छ । प्रधानमन्त्रीले पोखरा महानगरपालिका–१४ स्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको अवलोकन पनि गर्नुभएको छ ।
बढ्यो लागू पदार्थको दुर्व्यसनी र कारोबारी
प्राप्त तथ्याङ्कले तनहुँमा पछिल्लो समय लागूऔषधजन्य पदार्थ बरामद र लागूऔषध मुद्दा बढ्दै गएको पाइएको छ । प्रहरीले बरामद गरेको लागूऔषध र पक्राउ पर्नेको सङ्ख्यालाई हेर्दा लागूऔषध सेवनकर्ता र कारोबारी बढेको देखिन्छ ।
पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी
पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । शनिबार पत्रकार सम्मेलनमार्फत पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको हो ।
ऐतिहासिक भैरवी डाँडा जाने बाटो ढलान
गोरखाको गण्डकी गाउँपालिकाको ऐतिहासिक पर्यटकीयस्थल भैरवी डाँडा पुग्ने बाटोको ढलान कार्य तीव्र पारिएको छ । गाउँपालिका–७ सिमालटारदेखि त्यस ऐतिहासिक ठाउँ भैरवी डाँडा सम्म पुग्न निकै सास्ती भोग्नु परेकाले गाउँपालिकाको विशेष पहलमा बजेट माग गरी ढलान गर्ने कार्य अघि बढिरहेको गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सेनाले जानकारी दिनुभयो ।
सिद्धबाबा सुरुङ समयमै सक्न निर्देशन
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङ् निर्माणको काममा ढिलाइ गर्न नहुने बताउनुभएको छ ।
यो संरचनाले मुलुक बन्दैन : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही संरचनाले मुलुक नबन्ने बताउनुभएको छ ।
अन्नपूर्ण आधार शिविर
म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ मा रहेको अन्नपूर्ण हिमालको आधार शिविर ।
गैँडाको आन्तरिक स्थानान्तरण सुरु
नवलपुरको कावासोतीबाट चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक रूपमा गैँडाको स्थानान्तरण सुरु गरिएको छ ।
तातोपानी कुण्ड संरक्षणमा प्रदेश सरकारको चासो
२०७८ साल असार १ मा आएको बाढीले मनाङको तातोपानी कुण्ड बगायो । बाढीका कारण चामे गाउँपालिका–५ चामेमा रहेको तातोपानी कुण्डको संरचना पूर्णरुपमा भत्किएको छ ।
अन्नपूर्ण आधार शिविर र पदमार्गको पर्यटन गुरुयोजना बनाउन अध्ययन
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न मौरीस हर्जोग पदमार्गलाई समेटेर एकीकृत पर्यटन गुरुयोजना निर्माणका लागि अध्ययन थालेको छ ।
रुसी राष्ट्रपति चुन्न पोखराबाटै मतदान
पोखरा र आसपासमा रहेका रुसी नागरिकले पोखराको होटल वाराहीमा रहेको मतदान केन्द्रबाट शुक्रबार ९ बजेबाट मतदान गरिरहेका छन् ।
‘पर्यटन राजधानी’ घोषणा हुँदै पोखरा
नेपालको करिब मध्य भागमा पर्ने पोखरालाई तीन तहकै सरकारले पर्यटकीय सहर मानेका छन् । विभिन्न तथ्याङ्कले नेपाल आउनेमध्ये करिब ४० प्रतिशत पर्यटक पोखरा आएको देखाउँछन् । धेरै आन्तरिक पर्यटककै रोजाइमा पनि यो सहर पर्छ । पोखराको थप प्रवर्द्धन गर्न र पर्यटनकै माध्यमबाट यो क्षेत्रको विकास गर्ने उद्देश्यले पोखरालाई औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा घोषणा गरिँदै छ ।
नवलपरासी पूर्वमा सुन्तला जातको फलफूल खेती क्षेत्र दोब्बरले वृद्धि
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सुन्तला जातको फलफूल खेतीको क्षेत्र दुई दोब्बरले विस्तार भएको छ । परम्परागत रुपमा हँुदै आएको सो जातको खेती प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएपछि जिल्लामा झण्डै दुई गुणाले बढेको हो ।
कालोपत्रे भएपछि यात्रा सहज
विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिङ अन्तर्गत पूर्वी खण्डको कालोपत्रे तीव्र भएसँगै यात्रा सहज भएको छ । व्यास नगरपालिका–१०, सेवर निवासी राजेन्द्र मिश्रले हाल बाटो कालोपत्रे भएकाले यात्रा सहज भएको बताउनुभयो । मिश्रले भन्नुभयो, “अहिले धैरे पक्की भएकाले यात्रा सहज र छिटो भएको छ ।” पूर्वी खण्डका आयोजना प्रमुख इन्जिनियर श्यामकुमार यादवका अनुसार दुईतर्फी गरेर ३७ किलोमिटर दुरीमा कालोपत्रे गरिएको छ । उक्त सडक अन्तर्गत चार लेनको १४ किलोमिटर र दुई लेनको २३ किलोमिटर अस्फाल्ट प्रविधिको कालोपत्रे भएको छ ।
ठुला पुलमा ‘गर्डर लन्चिङ’ को काम सुरु
नारायणगढ–बुटवल सडकखण्ड विस्तार अन्तर्गत ठुला पुलमा ‘गर्डर’ राख्ने काम सुरु भएको छ । दुई ठुला मेसिन आएसँगै पुलमा ‘गर्डर लन्चिङ’ को काम थालिएको आयोजनाले जनाएको छ । पूर्वपश्चिम राजमार्गको गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.४२ किलोमिटर पूर्वी खण्डमा अहिलेसम्म ४८ प्रतिशत भौतिक प्रगति भएको छ ।
बागलुङको विकट क्षेत्रका सडक कालोपत्रे गरिँदै
तमानखोला गाउँपालिका भौगोलिक विकटताका हिसाबले जिल्लामै दुर्गम मानिन्छ । बागलुङका धेरै पालिकामा थोरै भए पनि पक्की सडकले जोडिएका छन् । तर तमानखोलाका कुनै पनि सडक पक्की छैनन् ।