घलेगाउँको पर्यटन प्रवर्द्धन गर्न फुटबल प्रतियोगिता
फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै नमूना क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा आगामी वैशाख १ गतेदेखि ‘सातौँ स्मार्ट भिलेज आमन्त्रण गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ ।
पोखरा विमानस्थलमा मानवीय सहायता स्थल बनाइँदै
गएको कात्तिक २२ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा दुई चिनियाँ जहाज आएका थिए । जहाज अवतरण भइसकेपछि पनि आधा घण्टासम्म इन्जिन बन्द गर्न मिलेन । रुकुमपश्चिमका भूकम्पपीडितलाई जहाजले ल्याएको राहत निकाल्ने ठुलो क्षमताको लिफ्टर विमानस्थलमा थिएन । पछि बाहिरबाट लिफ्टर मगाएर सामान झारियो ।
बारीबाटै आलु बिक्री, किसान खुसी
औद्योगिक प्रयोजनका लागि तनहुँका कृषकले उत्पादन गरेको आलु बिक्री भएको छ । आलु फल्नुअघि नै खरिद सम्झौता भएबमोजिम आलु बिक्री भएपछि कृषक खुसी भएका छन् । उत्पादन गर्ने किसान र आलुका परिकार बनाउने कम्पनीबिच आलु खरिद गर्ने विषयमा आलु फल्नुअघि नै द्विपक्षीय सम्झौता गरिएको थियो । समुदायस्तरमा प्रशोधनयोग्य आलु प्रवर्धन कार्यक्रम अन्तर्गत किसान र कम्पनीबिच सम्झौता गरिएबमोजिम बिक्री भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
नवलपुरमा छ हजारले एसइई दिँदै
नवलपुरमा यस वर्ष ६ हजारभन्दा बढी विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् ।
एक अर्ब बराबरको खानेपानी आयोजना सञ्चालन हुने
गोरखाको अजिरकोट गाउँपालिकामा खानेपानीको लागि करिब १ अर्ब बराबरको आयोजना सञ्चालनमा आउने भएको छ ।
चार हजार १२४ ले एसईई दिंदै
स्याङ्जामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार हजार १२४ जना विद्यार्थीले परीक्षा दिने भएका छन् ।
घोडेपानीमा लालीगुराँसको सुन्दरतामा रमाउँदै पर्यटक
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय स्थल घोडेपानी पुनहिल क्षेत्रका डाँडापाखा फुलेको लालीगुराँसले छोपिन थालेका छन्। लालीगुराँसले डाँडापाखा रमणीय देखिन थालेपछि आन्तरिक एवम् बाह्य पर्यटकको घोडेपानीमा चहलपहल बढेको छ।
जीर्ण भवनबाट सेवा दिँदै प्रहरी
पवित्र तीर्थस्थल मुक्तिनाथमा प्रहरीको आफ्नै भवन निर्माणको क्रममा रहेको छ भने छोसेरमा रहेको प्रहरी चौकीका लागि पनि जग्गा प्राप्त भएको छ ।
अव्यवस्थित बसोवासीलाई पुर्जा वितरण
पर्वतमा सातसय ७९ जना भूमिहीन अवस्थामा रहेका दलित तथा सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई व्यवस्थापन गर्न सुरु गरिएको छ ।
अन्नपूर्णको खिबाङ गाउँका घरघरमा खानेपानीका धारा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ खिबाङ गाउँका घरघरमा खानेपानीका धारा निर्माण गरिएको छ । खानेपानी योजना सम्पन्न भएसँगै घरघरमा पानी वितरण हुन थालेपछि एक गाग्री पानी लिन एक घण्टा पैदल हिँड्नुपर्ने खिबाङवासीको वर्षौदेखिको बाध्यता हटेको छ । घरको आँगनमै पानी आउन थालेपछि खिबाङवासीहरु खुसी भएका छन् ।
सडक विस्तारका लागि घर भत्काउन आग्रह
विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्डको कामलाई सहयोग गर्न तनहुँको शुक्लागण्डकी नगरपालिकाले स्थानीय बासिन्दालाई आग्रह गरेको छ ।
राष्ट्रपति पौडेल तनहुँ आउनुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ आउनु हुने भएको छ । राष्ट्रपति म्याग्दे गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटनका लागि आउन लाग्नुभएको हो ।
राधाकृष्ण मन्दिरबाट बिरुवाटार जाने सडक कालोपत्रे हुँदै
गण्डकी प्रदेशको औद्योगिक क्षेत्रको रुपमा प्रख्यात गोरखाको पालुङटार नगरपालिकाको कार्यालयदेखि बिरुवाटार जोड्ने सडक कालोपत्रे हुने भएको छ । पालुङटार नगरपालिका – ५ राधाकृष्ण मन्दिरदेखि बिरुवाटारसम्म १० किलो मिटर सडक कालो पत्रे हुने भएको हो ।
कृषिलाई प्रथम स्थानमा राखी अगाडि बढेका छौँ
तनहुँको म्याग्दे गाउँपालिका साबिकका तीन गाविस छाङ, जामुने र मनपाङ समायोजन भई गठन गरिएको हो । समावेश भएका साबिकका गाविसलाई विभाजन गरी सात वटा वडा बनाइएका छन् । यस गाउँपालिकाको सिमाना पूर्वमा व्यास नगरपालिका, पश्चिममा भिमाद र शुक्लागण्डकी नगरपालिका, उत्तरमा शुक्लागण्डकी र व्यास नगरपालिका, दक्षिणमा भिमाद नगरपालिका र ऋषिङ गाउँपालिका रहेका छन् । पृथ्वी राजमार्गले बिच भागबाट छिचोलेकाले यस पालिकाका अधिकांश वडामा सडकको पहुँच पुगेको छ । मगर जाति बाहुल्य रहेको यो गाउँपालिका सुन्तला तथा आलु खेतीका लागि प्रख्यात छ । यस गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका तर्फबाट निर्वाचित श्रीप्रसाद श्रेष्ठसँग तनहुँ समाचारदाता अमरराज नहर्कीले गर्नुभएको कुराकानी :
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
नवलपुरमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । बुधबार राति १ बजे मध्यविन्दु ११ दमार चोकस्थित भित्रि सडक खण्डमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु ७६ प १६२१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
दुई हजार तीन सय ८० खानेपानी आयोजना निर्माण
ट्रष्टको बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा सम्पन्न कार्यशालामा ६१ हजारभन्दा बढी धारा जडान गरेर खानेपानी वितरण गरिएको ट्रष्टका कार्यक्रम निर्देशक दीपककुमार श्रेष्ठले बताउनुभयो ।
सेवा प्रभावकारी बनाउँदै नेपाल टेलिकम
सरकारी कार्यालयहरु सार्वजानिक बिदाका दिन र शनिबार बन्द हुन्छन् । अन्य दिन कार्यालय समय बिहान १० देखि ५ बजेसम्म गरी सात घण्टा मात्रै चल्छन् तर तर नेपाल टेलिकम तनहुँले भने बिहान ७ देखि बेलुकी ७ बजेसम्म गरी १२ घण्टा सेवा दिँदै आएको छ ।
माछापुच्छ्रेमा तेहेरो शुल्क
कास्कीको माछापुच्छ्रे गाउँपालिकाले फेरि पर्यटकसँग प्रवेश शुल्क उठाउने तयारी गरेको छ । गाउँपालिकाले सूचना निकालेर चैत १ गतेदेखि पर्यटकसँग पर्यटन शुल्क उठाउने जनाएको थियो । कर्मचारी व्यवस्थापन र पर्यटन व्यवसायीसँग समन्वय हुँदै गरेको जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले केही दिनमै फेरि शुल्क उठाउन सुरु गरिने जानकारी दिनुभयो । फस्ट क्यापमा शुल्क उठाउन पालिकाले दुई कर्मचारी खटाएको छ ।
लैला : सुस्ता बचाऊ अभियानकी खम्बा
नवलपरासीपश्चिम सुस्ता गाउँपालिका–५ की नुरजहाँ बेगमले भारतमा विवाह गर्नुभयो । प्रसङ्ग झन्डै ३५ वर्षअघिको हो । भारत कुशीनगर रमकोलाका बद्री आलमसँग विवाह गर्नुभएकी नुरजहाँ चार दिन मात्र आफ्नो घरमा बस्नुभयो । भारतले निरन्तर नेपालको सुस्तामा अतिक्रमण गरिरहेकाले नेपाली भूमि जोगाउन आफ्नो आवश्यकता रहेको नुरजहाँलाई महसुस भयो । नुरजहाँले नेपाल आउन पतिलाई निकै आग्रह गर्न थाल्नुभयो ।
अटो दुर्घटनामा एमाले नेता अर्यालको मृत्यु
अटो दुर्घटनामा परेर नवलपुरमा एमाले नेताको मृत्यु भएको छ । अरु दुईजना घाइते भएका छन् । दुर्घटनामा एमालेका जिल्ला कमिटी सदस्य भुपलाल अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चिमखोला गाउँ
परम्परागत ढुङ्गाले छाएको घरहरु रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ कोे चिमखोला गाउँ । चिमखोला थाली नाचको उद्गम थलो हो ।
सालनालसहित नवजात शिशु भेटियो
स्याङ्जाको चापाकोट नगरपालिका–९ स्थित सामुदायिक वनमा बेवारिसे अवस्थामा नवजात शिशु (छोरी) भेटिएको छ।
बरेङ गाउँपालिकामा घरमा सुत्केरी हुने न्यून
बरेङ गाउँपालिका जिल्ला सदरमुकाम बागलुङ बजारदेखि दक्षिणमा पर्छ । छरिएका बस्ती र स्वास्थ्य संस्थाको सहज पहुँच नहुँदा दुई वर्षअघिसम्म गर्भवतीहरू घरमै सुत्केरी हुने गर्दथे । अहिले यो अवस्था निकै परिवर्तन भएको छ ।
प्लास्टिकका भाँडाले माटोका भाँडा लोप हुँदै
बढ्दो आधुनिकतासँगै प्लास्टिकका भाँडा प्रयोग हुन थालेपछि माटोका भाँडाले बजार पाउन छाडेको छ । बजारमा सहजरुपमा पाइने प्लास्टिकका भाँडाका कारण माटोका भाँडा लोप हुने अवस्थामा पुगेको हो ।