शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                राधाकृष्ण डुम्रे
वालिङ, चैत ७ गते। स्याङ्जाको चापाकोट नगरपालिका–९ स्थित सामुदायिक वनमा बेवारिसे अवस्थामा नवजात शिशु (छोरी) भेटिएको छ।
जंगलमा सालनालसहित भेटिएको शिशुको चापाकोट नगर अस्पतालमा प्राथमिक उपचार गरेर थप उपचारका लागि पोखरा पठाइएको छ। स्थानीयले सालनाल सहितको शिशु रहेको जानकारी प्रहरीलाई गराएका थिए।
सालनालसहित भेटिएको शिशु कस्को हो भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो। शिशुमा कमिला लागेको र गम्भीर अवस्थामा रहेको प्रहरीको भनाइ छ।