• १२ साउन २०८१, शनिबार

अटो दुर्घटनामा एमाले नेता अर्यालको मृत्यु

blog

स्वर्गीय भुपलाल अर्याल

बोमलाल गिरी

नवलपुर, चैत ७ गते । अटो दुर्घटनामा परेर नवलपुरमा एमाले नेताको मृत्यु भएको छ । अरु दुईजना घाइते भएका छन् । दुर्घटनामा एमालेका जिल्ला कमिटी सदस्य भुपलाल अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मध्यविन्दु नगरपालिका वडा नं. ११ कोटथर गरगरेको भित्री सडक खण्ड दमारबाट अरुणखोलातर्फ आँउदै गरेको ग.प्र.०४–००१ ह ००४ नम्बरको अटो चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा घाइते अर्यालको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो । 

दुर्घटनामा मध्यविन्दु–१० की टिका देवी काफ्ले र तोयनाथ पोख्रेल घाइते हुनुभएको र उहाँहरुको  चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिनुभयो । 

दुर्घटनामा मृत्यु भएका अर्याल नयाँ बेलहानी गाविसका पूर्व गाविस अध्यक्षसमेत हुनुहुन्थ्यो ।