• १२ साउन २०८१, शनिबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

blog

बोमलाल गिरी
नवलपुर, चैत ८ गते । नवलपुरमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । बुधबार राति १ बजे मध्यविन्दु ११ दमार चोकस्थित भित्रि सडक खण्डमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु ७६ प १६२१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । मोटरसाइकलमा तीन जना सवार थिए ।

नवलपुर प्रहरीका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार मध्यबिन्दु नगरपालिका ११ का ३० वर्षीय अनिल बिकको उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो ।

दुर्घटनामा मध्यविन्दु ११ का २५ वर्षीय अजय ठकुरी र मोटरसाइकल चालक २८ वर्षीय कृष्णबहादुर बिक घाइते हुनु भएको छ । ठकुरीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन रेफर गरिएको छ भने विकलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।