• १६ वैशाख २०८१, आइतबार

सेवा प्रभावकारी बनाउँदै नेपाल टेलिकम

blog

नेपाल टेलिकम तनहुँ कार्यालय । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, चैत्र ८ गते ।
सरकारी कार्यालयहरु सार्वजानिक बिदाका दिन र शनिबार बन्द हुन्छन् । अन्य दिन कार्यालय समय बिहान १० देखि ५ बजेसम्म गरी सात घण्टा मात्रै चल्छन् तर तर नेपाल टेलिकम तनहुँले भने बिहान ७ देखि बेलुकी ७ बजेसम्म गरी १२ घण्टा सेवा दिँदै आएको छ ।

सेवाको सुनिश्चितता र सहजताका लागि मङ्सिर पहिलो सातादेखि शनिबार र सार्वजानिक बिदाको दिन खुला राखिएको एवम् फागुन १ गतेदेखि बिहान १० देखि साँझ ७ बजेसम्म कार्यालय सञ्चालनमा ल्याइएको नेपाल टेलिकम दमौली, तनहुँ शाखाले जनाएको छ । 

सेवाग्राहीको सिम कार्ड लिने र इन्टरनेट सेवाको काम र मर्मत सेवा जतिबेला पनि पर्ने भएकाले सार्वजनिक बिदा भनेर कार्यालय बन्द नगरिएको कार्यालय प्रमुख प्रविन नेपालीले जानकारी दिनुभयो । नेपालीले भन्नुभयो, ‘‘सेवा अबरुद्ध भएको बेला कसलाई भन्ने, कता भन्ने समस्या नहोस् भन्नका लागि न्यूनतम एक जना प्राविधिक र एकजना प्रशासनिक कर्मचारी जुनसुकै बेला कार्यरत हुने गरी खटाउने व्यवस्था मिलाएका छौं ।’’

फोन र इन्टरनेटको समस्या आए तत्कालै सेवा दिने गरी प्रबन्ध मिलाइएको नेपालीले बताउनुभयो । समस्या भएको जानकारी पाउनासाथ तुरुन्त सेवा दिनका लागि प्राविधिक पुग्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । नेपालीका अनुसार विशेष गरी इन्टरनेट सेवामा अवरोध आउँदा तत्काल सेवा दिन नसकेमा उपभोक्तालाई असर पर्ने भएकाले सार्वजानिक बिदामा कार्यालय खुला कार्यालय समय अवधि बढाइएको हो ।

ग्राहकको काउन्टर नियमित खुल्दा सेवाग्राहीलाई सहजै सेवा लिन सहज भएको छ । तनहुँका १० वटै पालिकामा ४ जी र बजार क्षेत्र अधिकांशमामा फाइवर इन्टरनेट सेवा सञ्चालनमा छ । कार्यालयले प्रमुख नेपालीले भन्नुभयो, ‘‘केही समयका लागि खाना नभए भोकै बस्न तयार हुन्छ तर इन्टरनेट बिना एकै छिन पनि बस्न नसक्ने भएकाले काउन्टर खुला राख्ने व्यवस्था मिलाएका हौं ।’’

तनहुँका केही स्थानमा राम्रोसँग नेपाल टेलिकमको नेटवर्क नटिप्ने समस्या रहेको र त्यसलाई समाधान गर्न तीन वटा टावर थप गर्न लागिएको कार्यालय प्रमुख नेपालीले जानकारी दिनुभयो । अन्य समयमा १२ घण्टा र सार्वजानिक बिदाको दिन बिहान १० देखि दिउँसो १ बजेसम्म काउन्टर खुला रहेको कार्यालयले जनाएको छ ।