• १३ साउन २०८१, आइतबार

राधाकृष्ण मन्दिरबाट बिरुवाटार जाने सडक कालोपत्रे हुँदै

blog

गण्डकी प्रदेशको औद्योगिक क्षेत्रको रुपमा प्रख्यात गोरखाको पालुङटार नगरपालिकाको कार्यालयदेखि बिरुवाटार जोड्ने सडक कालोपत्रे हुँदै । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, चैत ८ गते ।
गण्डकी प्रदेशको औद्योगिक क्षेत्रको रुपमा प्रख्यात गोरखाको पालुङटार नगरपालिकाको कार्यालयदेखि बिरुवाटार जोड्ने सडक कालोपत्रे हुने भएको छ । पालुङटार नगरपालिका – ५ राधाकृष्ण मन्दिरदेखि बिरुवाटारसम्म १० किलो मिटर सडक कालो पत्रे हुने भएको हो ।

पालुङटार नगरपालिकाको विशेष पहलमा भौतिक पूर्वाधार कार्यालय गोरखाको बजेटमार्फत कालोपत्रे गर्न लागिएको हो । सडक कालोपत्र योजनाका लागि अमर कन्ट्रक्सन प्राईभेट लिमिटेड कम्पनीसँग २०७६ साल असार १६ गते सम्झौता भएर काम अघि बढेको पूर्वाधार कार्यालय गोरखाका निर्मित प्रमुख गणेश सुबेदीले जानकारी दिनु भयो ।

उहाँका अनुसार २०७९ साल चैत ३० गते सम्पन्न गरिसक्नु पर्ने भएता पनि निर्माण कम्पनीले विविध कारण देखाई काममा ढिला सुस्ती गरेको थियो । कार्यालयले निर्माण कम्पनीलाई ताकेता गरेपछि कामले गति लिएको बताइएको छ । २०८०/०८१ असार मसान्तसम्म म्याद थप भएर काम अघि बढेको हो ।

राधाकृष्ण मन्दिरबाट बिरुवाटार जाने बाटो गौरबको आयोजना भएकाले पालुङटार नगरपालिकाले बजेट ब्याबस्थाका लागि जनप्रतिनिधिको टिम नै गण्डकी प्रदेशका मुख्यमन्त्री र भौतिक पूर्वाधार मन्त्रालयमा पुगेर आवश्याक बजेट माग गरिए अनुसार बजेट व्यावस्थापन भएको पालुङटार नगरपालिकाका प्रमुख  बिबश चिन्तनले बताउनु भयो ।

पालुङटार नगरपालिकाले बजेट व्यावस्थापनका लागि केन्द्रीय सरकारसँग पनि आवश्याक बजेटका लागि निरन्तर पहल र समन्वय गरिरहेको उहाँले बताउनु भयो । पालुङटार नगरपालिकाको बिरुवाटार गोरखा, लम्जुङ र तनुहँको संगम स्थल भएकाले बाटो कालो पत्रे भएमा सो क्षेत्रका बासिन्दालाई कालोपत्रे बाटोबाट तनुहँ र लमजुङका विभिन्न ठाउँमा व्यावसायिक केन्द्रबिन्दु हुने भएकाले यस ठाउँलाई निकै फाइदा हुने विश्वास रहेको  ७ का वडा अध्यक्ष अर्जुन कुमालले बताउनु भयो ।

यता भौतिक पूर्वाधार कार्यालय गोरखाका ईन्जिनियर सुनिल कुशाहका अनुसार आर्थिक वर्ष २०८०/०८१ असार मसान्त भन्दा पहिले नै निर्माण कम्पनीले बाटोकालोपत्रे सम्पन्न हुने गरी तीव्र रुपले काम अघि बढाइएको छ ।

पूर्वाधार कार्यालय गोरखाको २३ करोड ३८ लाख आठ हजार ७४२ रुपियाँ लागतमा पूर्वाधार कार्यालय र निर्माण कम्पनीबिच १० किलो मिटर बाटो कालोपत्रे, दायाँ बायाँ नाली बनाउने सम्झौतामा उल्लेख गरिएको थियो ।  ७.५ मिटर बाटो चौडाइ १० किलो मिटर लम्बाई, सब बेश र सब ग्रेड फाइनल भएकाले सडककालोपत्रेका लागि सबै तयारी पूरा भएको र अबको केहि दिनमा कालोपत्रे सम्पन्न हुने विश्वास लिएको पूर्वाधार कार्यालय गोरखाले जनाएको छ ।