छ वर्षमा पनि बनेन अधिकारीचौरमा पुल
बागलुङको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरको अस्तु–ओडारबोट जोड्ने मोटरेवल पुल निर्माण थालिएको छ वर्ष भयो तर छ वर्षमा पुलको ४० प्रतिशत काम पनि हुनसकेको छैन । पुलको दुईतिर पिलर उठाएको वर्षौँ भए पनि अरु काम भने हुनसकेको छैन ।
सडक विस्तारको एक वर्ष म्याद थप
नारायणगढ–बुटवल सडक विस्तारको ठेक्का लिएको निर्माण कम्पनीको एक वर्ष म्याद थप गर्ने तयारी गरेको छ । बुटवल–नारायणगढ सडक विस्तारको काम ९० दशमलब ६६ प्रतिशत अर्थात सडक विस्तारको अधिकांश काम सक्नुपर्नेमा तर सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्ट्रक्शन इञ्जिनियरिङ कर्पोरेट लिमिटेडले जम्मा १८ दशमलब ४४ प्रतिशत मात्र काम सकेको छ ।
वालिङमा मिनी रङ्गशाला निर्माण गरिँदै
वालिङमा मिनी रङ्गशाला बनाउन शुरु गरिएको छ । वालिङस्थित खेल मैदानलाई मिनी रङ्गशालाका रुपमा विकास गर्न शुरु गरिएको हो । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । यस अन्तर्गत राष्ट्रिय महिला फुटवल प्रतियोगिता वालिङमा सञ्चालन गरिने र त्यसका लागि खेलमैदान व्यवस्थापनमा नगरपालिका लागेको छ ।
नवयुवालाई मेयर कप उपाधि
प्रथम मेयर कप पुरुष खुला फुटबल प्रतियोगिताको उपाधि व्यास नगरपालिका–१ स्थित नव युवा क्लब ‘ए’ हाइस्कुलटारले जितेको छ । दमौलीमा सञ्चालित प्रतियोगितामा बुधबारको फाइनल खेलमा नव युवाले न्यु बुद्ध एफसी भानु–१ लाई ३–० गोलले हरायो ।
एउटै पार्टीका एक सय एक जना सांसदका आकाङ्क्षी
आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनका लागि स्याङ्जामा राजनीतिक सरगर्मी बढेको छ। दलहरूले केन्द्रको निर्देशनअनुसार उम्मेदवार चयन गर्ने प्रक्रिया अगाडि बढाएसँगै राजनीति सरगर्मी बढेको हो। दुईवटा प्रतिनिधिसभा सदस्य र चारवटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको यस जिल्लामा नेपाली कांग्रेसबाट प्रत्यक्ष र समानुपातिकका लागि १०१ जनाले सांसद बन्ने आकाङ्क्षा देखाएका छन्। कांग्रेस पार्टी केन्द्रीय समितिले सङ्घ र प्रदेशका लागि उम्मेदवार छनोट गरी पठाउन परिपत्र गरेपछि सांसद बन्ने दौडमा आकाङ्क्षीहरू धेरै देखिएका हुन्। सङ्घ र प्रदेशबाट प्रत्यक्षमा एक महिलासहित तीन जना र समानुपातिकमा एक महिलासहित दुई जना सिफारिस गरी पठाउनुपर्ने व्यवस्था छ।
सुन्दर कुँडुले फेदी
जिल्लाको बागलुङ नगरपालिका–४ स्थित कुँडुले फेदी । जहाँ पछिल्लो केही वर्षयता तीव्र रुपमा बस्ती विस्तार भइरहेको छ ।
‘गुँदेताल’संरक्षण अभावले लोप हुने अवस्थामा
सात तालको बाटिका सहर लेखनाथ, लेखनाथ सात तालले परिचित छ । यहाँका ताल संरक्षणमा पछिल्ला वर्ष सरकारी निकायबाट कुनै चासो दिइएको छैन । पोखरा–२६ लेखनाथमा रहेको गुँदेताल संरक्षणको अभावमै छ ।
बाहिरबाट भित्रिएको अण्डासँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादन घट्यो
जिल्लामा अण्डाको उत्पादन घट्न थालेको छ । गत आर्थिक वर्षमा आत्मनिर्भर नजिकै पुगेको उत्पादनको तथ्याङ्क यस वर्ष घटेको हो । जिल्लाभर वर्षमा ७७ लाख ५६ हजार गोटा अण्डा उत्पादन भइरहेको तथ्याङ्क भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङसँग छ । यो तथ्याङ्क गत आर्थिक वर्षमा ८० लाखको हाराहारीमा थियो ।
चार दशकपछि पोखरामा बृहत् प्रतियोगिता हुँदै
मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् ।
पहिरोले मध्य पहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध
मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध भएको छ । पहिरोका कारण पर्वतको कुश्मा नगरपालिका ८ दोबिल्ला स्थित सुन्दरे खोलामा सडक अवरुद्ध बनेको हो ।
दमौली अस्पतालको स्तरोन्नतिको जग्गा प्राप्त
लामो समयसम्मको प्रयासपछि तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पताललाई जग्गा प्राप्त भएको छ। अस्पताल विकास समितिले धेरै पहिलादेखि नै जग्गा प्राप्तीको लागि पहल कदमी गरिरहेको भएपनि भोगचलनको लागि हालै स्विकृत पाएको हो।
‘अन्डरग्राउन्ड’ खाली गर्न सूचना जारी
पोखरा महानगरपालिकाले पार्किङ प्रयोजनका लागि अनुमति लिएका भवनलाई भूमिगत तला खाली गर्न ‘अल्टिमेटम’ दिएको छ। महानगरले सार्वजनिक सूचना निकालेर ३५ दिनभित्र भूमिगत तला खाली गरी पार्किङ प्रयोजनमा ल्याउन भनेको छ। पोखराको मुख्य बजार क्षेत्र न्युरोड, चिप्लेढुङ्गा र महेन्द्रपुलका भवनको भूमिगत तलामा मोबाइल पसल, फर्निचर, कपडा पसल, गोदाम, रेस्टुरेन्ट, दोहोरी साँझलगायतका व्यवसाय चल्दै आएका छन्। पोखरा महानगरपालिकाभित्र पार्किङ प्रयोजनका लागि नक्सा स्वीकृत गरी निर्माण भएका भूमिगत तलासहितका भवनहरूको भूमिगत तलालाई पार्किङमा प्रयोग नगरी अन्य प्रयोजनमा प्रयोगमा ल्याउनुभएका घरधनीलाई आजको मितिले ३५ दिनभित्र खाली गरेर पार्किङका रूपमा प्रयोगमा ल्याउनुहुन अनुरोध गरिन्छ। अन्यथा कानुनबमोजिम हुने बेहोरा जानकारी गराइने सूचनामा भनिएको छ।
एकै जनाले फलाउँदै तीन करोडको स्याउ
मुस्ताङी स्याउको स्वाद धेरैको जिब्रोमा झुन्डिएको छ । हिमालपारिको जिल्ला मुस्ताङमा व्यावसायिक रूपमा स्याउ खेती गरेर स्वादिलो स्याउ घरघरमा पु-याउने थोरै किसानमध्ये घरपझोङ गाउँपालिका–५, ढुम्बाका कर्म गुरुङ अग्रस्थानमा हुनुहुन्छ । उहाँ मुस्ताङमा व्यावसायिक रूपमा स्याउखेती गर्ने पहिलो व्यक्ति मानिनुहुन्छ । मुस्ताङको सदरमुकाम जोमसोम पारिपट्टि रहेको क्षेत्रमा उहाँको मुख्य रूपमा स्याउखेती रहेको भए पनि अन्यत्र सात स्थानमा बगान छ । गत वर्ष उत्पादन राम्रो नभएको अवस्थामा झन्डै दुई करोड रुपियाँको स्याउ बेचेको दाबी गर्ने गुरुङ यस वर्ष तीन करोड रुपियाँको बिक्री हुने अनुमान गर्नुभयो । उहाँले भन्नुभयो, “यस वर्ष स्याउको बोटमा लागेको फल र बजार मूल्यका आधारमा तीन करोड रुपियाँ आउने अपेक्षा गरेको छु ।”
कर्मचारी बस दुर्घटनामा १५ घाइते
तनहुँमा बस दुर्घटना हुँदा १५ जना कर्मचारी घाइते भएका छन् ।
चितुवाको आक्रमणबाट आमाछोरा घाइते
तनहुँमा चितुवाको आक्रमणबाट आमा र छोरा घाइते भएका छन् । व्यास नगरपालिका–११ राम्चेडिही, पातीघारी बस्ने ४९ वर्षीया दिलमाया गुरुङ र उहाँको ९ वर्षीय छोरा शङ्कर गुरुङलाई आक्रमण गरी घाइते बनाएको हो ।
खोेलाबाट पानी तान्न ऊर्जा नचाहिने
स्याङ्जाको गल्याङ नगरपालिका–११, लबरकोटमा आधुनिक हाइपम्पबाट लिफ्टिङ सिँचाइ योजनाको परीक्षण सुरु भएको छ। इन्धन तथा बिजुलीको प्रयोगबिना गरिने यो लिफ्टिङ नेपालकै पहिलो भएको गल्याङ जिल्ला सिँचाइ डिभिजन कार्यालयको दाबी छ। यो स्तरको जलाशयबाट पानी तान्ने मेसिन नेपालकै पहिलो भएको सिँचाइ डिभिजन कार्यालय स्याङ्जाका प्रमुख हरिदत्त पौडेलको भनाइ छ।
सौर्य बत्तीको बेवास्ता ‘स्मार्ट लाइट’ को योजना
पोखरा महानगरको तथ्याङ्कअनुसार हालसम्म महानगरका क्षेत्रमा दुई हजार सडक बत्ती जडान भएका छन् तर जडान भई नियमित मर्मत सम्भार नहुँदा अधिकांश सडक बत्ती बल्न छाडेका छन्। महानगरले सडक बत्ती जडानमा अहिलेसम्म ३० करोडभन्दा बढी खर्च गरिसकेको छ। नौ वर्ष पहिले महानगरका विभिन्न क्षेत्रमा पहिलो पटक सौर्य सडक बत्ती जडानको थालनी गरिएको थियो। सुरुमा पर्यटकीय क्षेत्र लेकसाइडसहित मुख्य बजार क्षेत्र न्युरोडमा मात्र जडान गरिएको थियो। महानगरले एक पटक आफैँले र एक पटक चीन सरकारको सहयोगमा सडक बत्ती राखेको थियो। पोखरामा सौर्य सडक बत्ती जडान हुँदाताका लोडसेडिङ थियो। लोडसेडिङ हुँदा अँध्यारो भएको मौका पारेर अवाञ्छित गतिविधि हुने गरेको गुनासोपछि नगरवासीको सुरक्षाका लागि भन्दै त्यो बेला सौर्य सडक बत्ती जडान गरिएको थियो।
हाइपम्प लिफ्टिङ सिंचाई आयोजना सञ्चालन
स्याङजाको गल्याङ नगरपालिका ११ लवरकोटमा आधुनिक हाइपम्पबाट लिफ्टिङ सिंचाई योजनाको परीक्षण शुरु भएको छ । इन्धन तथा बिजुलीको प्रयोग नगरी गरिने यो लिफ्टिङ नेपालकै पहिलो भएको गल्याङ जिल्ला सिंचाई डिभिजन कार्यलय स्याङ्जाका प्रमुख हरिदत्त पौडेलले बताउनुभयो ।
सडक सुविधाले बढायो बाँच्ने रहर
तमानखोला गाउँपालिका–६ नर्जाखानीका मीनबहादुर छन्त्यालले आठ दशक पार गर्नुभयो । जीवनको आठ दशकको अवधिमा छन्त्यालले कयौँ दुःखकष्ट भोग्नुभयो । अझै पनि उहाँ हट्टाकट्टा हुनुहुन्छ ।
बलेनीको पानीबाट मुक्त आमा
खिया लागेको टिनको छाना, त्यही टिनको छानाबाट खसेको बलेनीको पानीले भरिएका तीनवटा गाग्री। आँगनभरि झारैझार र काँक्रोको झाल। त्यही घरमा ८० वर्षीय वृद्धा एकल महिलाको बसोबास छ। बलेनीको पानी बस्तुभाउलाई खुवाउन र कपडा धुनका लागि मात्र प्रयोग गर्न सकिन्छ तर अर्जुनचौपारी–५, काउरेकी वृद्धा पूर्णकला पौडेलले भने विगत सात वर्षबाट बलेनीको पानी पिउँदै आउनुभएको छ। तीन छोरीको विवाह र श्रीमान्को निधन भएपछि १२ वर्षबाट एक्लै बस्दै आउनुभएकी वृद्ध पौडेल शारीरिक रूपमा अशक्त भएपछि सात वर्षदेखि बलेनीको पानी खाएर जीवन निर्वाह गरिरहनुभएको छ।
मन्त्री छँदा आफ्नै खेत सिँचाइ
गण्डकी प्रदेशका पूर्वमन्त्री रामशरण बस्नेतले सरकारी स्रोतबाट आफ्नै खेतमा सिँचाइ योजना बनाउनुभएको छ। गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री रहेका बेला बस्नेतले सिरानचोक गाउँपालिका–५ जरेबरमा रहेको खेतमा भूमिगत डिप ट्युबवेल सिँचाइ आयोजना निर्माण गराउनुभएको हो। “अहिले बस्नेतलगायतले आफ्नो खेतमा मात्र पानी प्रयोग गर्नुभएको छ। हामीलाई दिने कुरा छ तर दिनुभएको छैन,” स्थानीय सुरेश बानियाँले भन्नुभयो। बस्नेतको जग्गामा बनेको उक्त आयोजनाको पानी प्रयोग गरी बस्नेतका एक आफन्तले भने माछा पालेका छन्। अन्यले पानी प्रयोग गर्न पाएका छैनन्। “हाम्रो खेत माथि छ। हामीलाई कुलो पनि छैन बरु अलि माथि बनाइदिएको भए सबैलाई हुन्थ्यो,” अर्का स्थानीय मीनबहादुर तामाङले भन्नुभयो, “यो आफ्नै लागि मात्र बनाएकोजस्तो देखिन्छ।”
बिउँतिदै ताराखोलाको ‘तारा खेल’
आदिवासी जनजाति समुदायका लागि निकै लोकप्रिय मानिन्छ छ ‘तारा खेल’ । लोपोन्मुख हुने अवस्थामा पुगेको यो खेल पछिल्लो समय पुनः चर्चित बनिरहेको छ ।
तामाङलाई विश्वकै उच्चस्थानमा आयोजित गल्फ उपाधि
विश्वकै अग्लो स्थानमा आयोजित प्रथम गल्फ प्रतियोगिताको उपाधि श्याम तामाङले जित्नुभएको छ । हिमालपारीको जिल्ला मुस्ताङको लोमन्थाङ गाउँपालिकाको लो–थाङ स्थित विश्वकै अग्लो स्थानमा रहेको गल्फ कोर्समा शनिबार भएको पहिलो प्रतियोगितामा तामाङले २२ अंक जोड्दै पहिलो हुनुभएको हो ।
कांग्रेसको नेतृत्वमा सरकार बनाउन गठबन्धन आवश्यक छ : पाण्डे
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले फेरि कांग्रेसको नेतृत्वमा सरकार बनाउन गठबन्धन आवश्यक रहेको बताउनु भएको छ।