उच्च शिक्षा पढ्ने विद्यार्थीलाई अनुदान
सरकारले माध्यमिक तहसम्मको पठन पाठन निःशुल्क उपलब्ध गराउँदै आएको छ । उच्च शिक्षा पढ्नका लागि भने विद्यार्थीले शुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।
गलेश्वरमा चार लाख भेटी सङ्कलन
बेनी नगरपालिका-९ स्थित गलेश्वर मन्दिरमा महाशिवरात्रिका दिन चार लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । महाशिवरात्रि पर्वका अवसरमा शुक्रबार गलेश्वरमा पूजाआजा र दर्शन गर्न आएका भक्तजनले चढाएको भेटी बिहान गनिएको हो ।
पानी नसुक्ने चट्टानमाथि बराह जलकुण्ड
कहीँ कतैबाट पानीको स्रोत देखिँदैन तर बाह्रै महिना पानी सुक्दैन गलेश्वरस्थित बराह जलकुण्डमा । हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थलको रूपमा रहेको बेनी नगरपालिका–९ स्थित गलेश्वरधाम मन्दिर परिसरमा रहेको बराह जलकुण्डमा कहिल्यै पानी सुक्दैन ।
खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु
स्याङ्जाको वालिङमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । वालिङ भलिबल क्लबको चौथो वार्षिकोत्सवको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता गरिएको हो ।
उत्पादनले बजार नपाउँदा महिला उद्यमी मर्कामा
बागलुङको तमानखोला गाउँपालिका-३ तमान गाउँका १५ जना उत्साहित महिला मिलेर ढाका उद्योग सञ्चालन गर्नुभयो । उहाँहरूले निरन्तर ढाका बुन्न थाल्नुभयो तर आफ्ना उत्पादनले बजार नपाउँदा अहिले निराश बन्नुभएको छ ।
विषादी बेच्न र छर्कन छुट्टाछुट्टै इजाजत लिनुपर्ने
गण्डकी प्रदेश सरकारले विषादीको बिक्री, भण्डारण, ओसारपसार र व्यावसायिक प्रयोगलाई नियमन गर्न कानुनी प्रबन्ध गर्दै छ । सरकारले प्रदेश सभामा जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता गराएको हो ।
ठेकेदार खोज्न गुहार्दै स्थानीय प्रशासन
पाँच वर्षदेखि कालीगण्डकी कोरिडोरको खोलामा पक्की पुुल बनाउँदै गरेका ठेकेदार निर्माण अलपत्र पारी भागेपछि स्थानीय बासिन्दा ठेकेदारको खोजी गर्न माग गर्दै जिल्ला प्रशासनमा पुुगेका छन् ।
आगोले जलेर बालकको मृत्यु, दुई मलामी घाइते
तनहुँमा आगोले जलेर एक बालकको मृत्यु भएको छ भने दुई जना मलामी गएका घाइते भएका छन् ।
मुख्यमन्त्रीद्वारा श्रेष्ठको सालिकमा माल्यार्पण
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखा नगरपालिका –६ स्थित उद्योग वाणिजय संघको प्राङ्गणमा स्थापना गरिएको गोरखाको संस्थापक उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा सामाजिक व्यक्तित्व चूडानारायण किसान बाबु श्रेष्ठको स्मरण गर्दै सालिकमा माल्यार्पण गर्नुभएको छ ।
महिला उद्यमी व्यापार प्रदर्शन तथा प्रवर्द्धन मेला सुरु
तनहुँको दमौलीमा तीन दिने महिला उद्यमी व्यापार प्रदर्शन एवम् प्रवर्द्धन मेला सुरु भएको छ । ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गरिएको अनसनचौतारी, खुलाचौरमा फागुन २७ गते सम्म चल्ने छ ।
महिला दिवसका अवसरमा बेनीमा प्रभातफेरी
११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा म्याग्दीको बेनीमा प्रभातफेरी आयोजना गरिएको छ । जिल्ला समन्वय समितिको अगुवाइमा आयोजना गरिएको प्रभातफेरीमा महिला अधिकारकर्मी, विभिन्न सङ्घ संस्था, कर्मचारी र राजनीतिक दलमा आबद्ध महिलाको सहभागिता रहेको थियो ।
बसाइँसराइले उजाडिएको गाउँमा रमाइरहेका पौडेल दम्पती
वरपरका छरछिमेक बसाइँसराइ गरेर कोही चितवन, कोही गैँडाकोट त कोही पोखरा गएका छन् । दिनप्रति दिन गाउँ सुनसान बन्दै छ ।
नेकपा एमाले गोरखाको जिल्ला अधिवेशन आजबाट सुरु
नेकपा एमालेको आठौँ जिल्ला अधिवेशन आज २ बजेबाट सुरु हुने भएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय उपमहासचिव पृथ्बी सुब्बा गुरुङले गोरखा नगरपालिका-८ को चाईनिजधारामा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा एक कार्यक्रमका बिच उद्घाटन गर्नुहुने नेकपा एमाले गोरखाका उपाध्यक्ष कृष्ण नेपालीले जानकारी दिनुभयो ।
गलेश्वर मन्दिरमा दर्शनार्थीको भिड
हिन्दूधर्मावलम्बीहरुको पवित्र तीर्थस्थलको रूपमा रहेको बेनी नगरपालिका–९ स्थित गलेश्वरधाम मन्दिरमा दर्शनार्थीहरुको भिड लागेको छ ।
झोलुङ्गे पुल सञ्चालन
बागलुङ बजारदेखि पर्वतको जलजला गाउँपालिका जोड्न कालीगण्डकी नदीमाथि निर्माण भएको ५२४ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा आएको छ । उक्त पुल निर्माण योजना सम्पन्न गर्नुपर्ने मितिभन्दा चार महिनाअगावै सम्पन्न भएको हो । लक्ष्यभन्दा अगावै पुल निर्माण गरेर व्यवसायीले उदाहरण प्रस्तुत गरेका छन् ।
छेम्दीमा ‘एक घर, एक धारा’
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको छेम्दी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेयलफेयर ट्रष्टको आर्थिक र प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरेका हुन् ।
उपप्रमुखद्वारा प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला
गोरखा नगरपालिकाको १३ औ नगर सभा समापन पछि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको छ । उपप्रमुख सहित नेपाली काङ्ग्रेसबाट निर्वाचित नगर सभाका सदस्यहरूले बिहीबार एक बिज्ञाप्ती जारी गर्दे नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले नगर सभाको प्रतिवेदनहरू माथि छलफल नगराएको भन्दै प्रमुख प्रशासकीय अधिकृतको व्यवहार प्रति आपत्ति जनाएका छन् ।
पशुपतिमा शनिबारसम्म २४ घण्टा सशस्त्र प्रहरीको स्वास्थ्य सेवा
शिवरात्रिको अवसरमा भक्तजनको सुविधाको लागि सशस्त्र प्रहरी बलले पशुपतिनाथ मन्दिर परिसरमा २४ घण्टा स्वास्थ्य सेवा प्रदान गरेको छ।
गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन नौ दिनमै अन्त्य गरिएको छ ।
खोले साग बिक्रीबाट मनग्य आम्दानी
नवलपुर जिल्लाको सिमसार क्षेत्रमा पाइने पालुङ्गे (खोले) सागको माग बढ्दो छ । गर्मी मौसममा अन्य सागको उत्पादन कम हुने भएकाले पनि खोले सागको माग बढ्दो छ।
सात दशक नाघेका रामबहादुरको लोभ लाग्दो कागती खेती
उमेरले ७० वर्ष पुगिसकेको छ । आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता दिलाउन स्थानीय वडा कार्यालयले सिफारिस गरिसकेको छ ।
मुग्लिन–पोखरा सडक विस्तार : दमौलीका ५० घरधनीले बुझे मुआब्जा
मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ सदरमुकाम दमौलीका ५० घरधनीले पहिलो किस्ताबापतको मुआब्जा बुझेका छन् ।
‘बहादुर शाह’ उपन्यास लोकार्पण
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री चिरञ्जीवी वाग्लेको ‘बहादुर शाह’ नामक उपन्यास लोकार्पण गरिएको छ । उपन्यासको ज्येष्ठ नागरिक नारायणभक्त अर्यालले गर्नुभएको हो ।
अन्योलमा गण्डकीको सत्ता-राजनीति
केन्द्रमा भएको सत्तासमीकरण परिवर्तनको असर गण्डकी प्रदेश सरकारमा पनि देखिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीलाई पदमुक्त गरेको भोलिपल्ट बुधबार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।