खोपारामा चौँरीपालन र धौलागिरी हिमाल
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खोपारा लेकको खर्कमा थुप्रिएका चौँरीगाई र पृष्ठभूमिमा देखिएको धौलागिरी हिमालको दृश्य। समुन्द्र सतहदेखि तीन हजार छसय ६० मिटर उचाइमा रहेको खोपारा लेक पहाडी भूगोल, हिमाल, सुर्योदय, सुर्यास्तको दृश्य अवलोकनका लागि पर्यटकबीच आकर्षण बन्दै गएको छ ।
ठूलो परिणाममा लागूऔषधसहित होटल सञ्चालक प्रक्राउ
लागूऔषध बिक्री गर्दै गर्दा पोखरामा होटल सञ्चालक र म्यानेजरलाई कास्की प्रहरीले पक्राउ गरेको छ।
धानमा फेद कुहिने रोग
बागलुङको धानमा फेद कुहिने रोग देखिएको छ । सो रोगले धानको बोट मर्न थालेपछि किसान निराश बनेका छन् ।
गोरखामा पाँच करोड राजस्व सङ्कलन
जिल्ला प्रशासन कार्यालय गोरखाले पाँच करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
कास्कीबाट कन्याकुमारी हिँडे डुलुवा
बेला-बेलामा नेपालदेखि भारतसम्मका पर्यटकीय स्थलको लामो भ्रमण गर्दै आएको डुलुवा टोली बिहीबार बिहान कास्कीबाट कन्याकुमारी प्रस्थान गरेको छ। टोली रक्सौल हुँदै भारतको दक्षिणी सीमामा पर्ने तमिलनाडुको कन्याकुमारीसम्म पुगेर फर्किनेछ।
स्याङ्जामा सार्वजनिक जग्गा सरकारको मातहत ल्याइँदै
नागरिकले अतिक्रमित गरेका सरकारी तथा सार्वजनिक जग्गा सरकारको मातहतमा ल्याउन जिल्ला प्रशासन कार्यालय स्याङ्जा जुटेको छ।
बाढीले आरुघाट-लार्के भञ्ज्याङ सडक अवरुद्ध
उत्तरी गोरखाको धार्चे गाउँपालिका अन्तर्गत आरुघाट–लार्के भञ्ज्याङ सडक अवरुद्ध भएको छ । बुधबारदेखि परेको अविरल वर्षाका कारण धार्चे गाउँपालिका–७ खानीबेसीको खोलामा बिहीबार बिहान ७ बजे आएको बाढीले सडक अवरुद्ध भएको हो ।
सुन्तलामा कत्लेकीराको प्रकोप बढेसँगै कास्कीका किसान चिन्तित
कत्लेकीराका प्रकोपबाट रोग उत्पन्न भई सुन्तलाको बगैँचा कालम्मे भई फल्न छोडेपछि कास्कीका किसान चिन्तित छन् । ‘सिक्टर ग्रिनिङ रोग’का कारण करिब डेढ दशकयता सखापोउन्मुख अवस्थामा रहेको कास्कीको सुन्तलामा पछिल्लो समय कत्लेरोगको प्रकोप बढेको देखिन्छ ।
गोरखामा एक घर बगायो, ११ घर उच्च जोखिममा
बुधवार राती आएको भीषण वर्षाले एक घर बगाएको छ भने ११ घर उच्च जोखिममा परेको छ । धार्चे गाउँपालिका – ५ सिङला स्थित पुरन गाउँमा घर माथिबाट आएको लेदो सहितको बाढी र पहिरोले तेज बहादुर गुरुङको घर बगाएको छ भने सिङला बस्ती नै उच्च जोखिमामा परेको हो ।
गण्डकी चिनाउँदै प्रदेश सङ्ग्रहालय
गण्डकी अञ्चलका छ, धौलागिरिका चार र लुम्बिनीको नवलपरासी (नवलपरासी सुस्तापूर्व) गरी ११ जिल्ला रहेको गण्डकी प्रदेशका पृथक् विशेषता छन् । मानव विकास सूचकाङ्कमा अघि रहेको यो प्रदेश हिमालदेखि पहाड हुँदै तराईसम्म फैलिएको छ । भूगोलसँगसँगै यसका सामाजिक, सांस्कृतिक विविधता र मौलिकतासमेत छन् । गण्डकीका यिनै मौलिकता, सम्पदा र सम्भावनाबारे जानकारी दिने थलो बनेको छ, प्रदेश सङ्ग्रहालय पोखरा ।
गुरुङ सम्पदा पदमार्गमा जोडियो तिमाङ
एक हप्ताअघि पोखरामा भव्य कार्यक्रम गरी घोषणा गरिएको गुरुङ सम्पदा पदमार्गको अन्तिम बिन्दु मनाङको तिमाङ रहेको छ । कास्कीको मादी गाउँपालिकाको ताङतिङदेखि मनाङको तिमाङसम्मलाई गुरुङ सम्पदा पदमार्ग घोषणा गरिएको हो । सडक सञ्जालको विकाससँगै पर्यटकीय पदमार्ग हराउने र छोटिने क्रम बढिरहेको अवस्थामा यो काम भएको हो । गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशको संयोजन एवं नेपाल पर्यटन बोर्डको प्रवर्धन र कास्कीको मादी गाउँपालिका, लमजुङको क्व्होलासोँथार र मस्र्याङ्दी गाउँपालिकाका साथै मनाङको चामे गाउँपालिकाको सहयोगमा काम भएको हो । स्थलगत अध्ययन अनुसन्धानपछि पदमार्गको औपचारिक रूपमा घोषणा गरिएको हो ।
माछापुच्छ्रे हिमाल
माछापुच्छ्रे नमुना पदमार्ग अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित कोर्चां डाँडा भ्यू पोइन्टुबाट देखिएको माछापुच्छ्रे हिमालको दृश्य ।
बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण
रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले रु ५० करोडको लागतमा म्याग्दी, कालीगण्डकी र राहुघाट नदीको किनारमा कम्पोजिट, काउन्टर फोर्ट र ग्राभिटी प्रविधिको पर्खाल निर्माण गरेको हो ।
किसानलाई अनुदानमा हातेट्रयाक्टर
गाउँघरमा गोरु पाल्ने प्रचलन हराउँदै गएपछि र कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले घिरिङ गाउँपालिकाले किसानलाई अनुदानमा हातेट्रयाक्टर वितरण गरेको छ । गाउँपालिकाले किसानलाई पचास प्रतिशत अनुदानमा हातेट्रयाक्टर वितरण गरेको हो ।
वाल्मीकि आश्रम जान भारतले बाटो नदिएपछि ...
नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाका स्थानीय जनश्रमदान गरेर वाल्मीकि आश्रमसम्म पुग्ने पहुँच मार्ग निर्माणमा जुटेका छन् । भारतले नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ मा रहेको झोलुङ्गे पुलदेखि वाल्मीकि आश्रमसम्म पुग्ने पहुँच मार्ग निर्माणका लागि आवश्यक पर्ने मेसिनरी सामान लैजान बाटो प्रयोग गर्न नदिएपछि स्थानीयले जनश्रमदान गरेरै पहुँच मार्ग बनाउन सुरु गरेका हुन् ।
स्याङ्जामा सडक कालोपत्रेको काम तीव्र
प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय स्याङ्जाले एकै वर्षमा ४३.२ किलो मिटर कालोपत्रे र ढलान गरेको छ । पूर्वाधारले आर्थिक वर्ष ०८०-८१ मा ३०.२ किमी कालोपत्रे र १३ किमी ढलान गरेको हो ।
बगरफाँटका दुईसय घरमा खानेपानी वितरण
बेनी नगरपालिका २ बगरफाँटमा घरघरमा मिटर सहितको खानेपानीका धारा निर्माण गरिएको छ ।
विद्युतीय रोपवे सञ्चालन गर्दै गण्डकी गाउँपालिका
गोरखाको गण्डकी गाउँपालिकाभित्र उत्पादित तरकारी ढुवानी सहजताका लागि विद्युतीय रोपवे सञ्चालन हुने भएको छ । यही आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट गण्डकी गाउँपालिकाको ५० लाख रुपियाँ र गण्डकी प्रदेश सरकारको ४० लाख गरी कुल ९० लाख रुपियाँ बजेटबाट विद्युतीय रोपवे सञ्चालन हुने भएको हो ।
बेनीघाट-आरुघाट सडक तीन सातादेखि अवरुद्ध
गोरखाको बेनीघाट–आरुघाट सडक खण्ड तीन सातादेखि अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको छ । गत असार २८ गते परेको अविरल वर्षाले भीमसेन थापा गाउँपालिका–५ र सहिद लखन गाउँपालिका–९ बुङकोट जोड्ने ज्यादुरखोलामा मोटेरबेल पुलको दुई साइड बाढीले बगाउँदा आवतजावतमा समस्या भएको हो ।
लेकसाइडको पसलमा आगलागी
पोखरा महानगरपालिका –६ लेकसाइड नारेश्वर चोकमा रहेको सपिङ सेन्टरमा आगलागी भएको छ । गएराति सवा २ बजे मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भएको हो ।
मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमण बढ्दो
वर्षायामसँगै डेंगुको सङ्क्रमण बढ्न थालेको छ ।
म्याग्देको पाँच वर्षे आवधिक योजना निर्माण
तनहुँको म्याग्दे गाउँपालिकाले पाँच वर्षे आवधिक योजना निर्माण गरेको छ ।
अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा
गएरातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्गको वालिङ पाल्पा सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
बेनी जोगाउने नौ वटा संरक्षण आयोजना सम्पन्न
कालिगण्डकी र म्याग्दी नदी कटानको उच्च जोखिममा रहेको सदरमुकाम बेनी बजार र वरपरका बस्ती संरक्षण गर्न सञ्चालित नौ वटा ठुला संरक्षण योजना सम्पन्न भएका छन् । दुई वर्ष अघिदेखि जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतको रुपताल संरक्षण परियोजना पोखराले बेनी बजार संरक्षण आयोजना सञ्चालन गरेको थियो ।