स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र विश्वसनीय बनाउनुपर्छ : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र विश्वसनीय बनाउनुपर्ने बताउनुभएको छ ।
सहकारीमार्फत आलु चिप्स, गुन्द्रुक र सिस्नोको धुलो बजारीकरण
उच्च भागमा पाइने स्वादिष्ट आलु, सिस्नो र जङ्गलमा पाइने बाँकोलाई ब्रान्डिङ गर्न थालिएको छ । यहाँको जैमिनी नगरपालिका–३ उपल्लो दमेकको एक महिला सहकारीले आलुको चिप्स, गुन्द्रुक र सिस्नोको धुलो उत्पादन गरेर बजारीकरण गर्न थालेको हो ।
विश्वकै उच्च स्थानमा गल्फ प्रतियोगिता
विश्वकै उच्च स्थानमा गल्फ प्रतियोगिता हुने भएको छ । यही भदौ १ गते लोमान्थाङको मुस्ताङ गल्फ क्लबमा उक्त प्रतियोगिता हुन लागेको हो ।
‘वडाध्यक्ष २०७९ जनताले हो’ गीतमा जनप्रतिनिधिका कथा
जनप्रतिनिधिका कथाव्यथा समेटिएको तीज गीत ‘वडा अध्यक्ष २०७९ जनताले हो’ सार्वजनिक भएको छ । पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीको शब्द तथा अभिनय रहेको गीतमा गायिका तुलसी क्षेत्री र गायक रामप्रसाद ढकालको स्वर रहेको छ ।
९५० घरमा खानेपानीको धारा
हिमाली जिल्ला म्याग्दीको पश्चिम क्षेत्रका तीन वटा स्थानीय तहमा उपभोक्ताको सहभागितामै नौ सय ५० घरमा स्वच्छ पिउने पानीको धारा जडान गरिएको छ ।
बगरमा स्याउ बगैँचा
मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ र टुकुचे नजिकै रहेको स्याउ बगैँचा । केही वर्षअघि कालीगण्डकीको बगर रहेको यस ठाउँमा स्याउ खेती गरेर कृषकहरुले बगैँचामा परिणत गरेका छन् ।
‘फेरिल’ उपन्यास सार्वजनिक
सीमान्तकृत अल्पसङ्ख्यक दरै र दराई समुदायलाई मुख्य पात्रका रूपमा चित्रण गरी रचना गरिएको उपन्यास ‘फेरिल’ अर्थात् परिवर्तन लोकार्पण गरिएको छ । लेखक माधव बिडारीद्वारा लिखित सो उपन्यासमा सो समुदायको संस्कार, संस्कृति, अवस्था र मौलिकपनालाई समावेश गरिएको छ ।
आँबुखैरेनी अस्पतालमा शल्यक्रिया कक्ष तयार
तनहुँको आँबुखैरेनी अस्पतालमा शल्यक्रिया कक्ष तयार पारिएको छ । विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाइएको थियो । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित सो अस्पतालले छिट्टै शल्यक्रिया सेवा दिने तयारी समेत गरेको छ ।
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
कास्कीमा छ सय ४९ नयाँ उद्योग थपिए
जिल्लामा गत एक वर्षका अवधिमा छ सय ४९ नयाँ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालय कास्कीमा दर्ता भएका उद्योगमध्ये लुघउद्योग १३ र साना छ सय ३६ वटा छन् ।
श्रद्धालुको पर्खाइमा पार्वती गुफा
पर्वतको कुस्मा नगरपालिका–१, पाङ र २ खुर्कोटको सीमामा रहेको पार्वती गुफा प्रचार अभावमा ओझेलमा परेको छ । धर्मग्रन्थमा उल्लेख भए अनुसार हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव पति पाउँ भनी कठोर तपस्या गरेको उक्त स्थान लामो समयसम्म संरक्षण र प्रचार अभावका कारण ओझेलमा परेको हो । गुफाको अग्रभागमा हात्तीका ठुला सुँडका आकृतिका साथै पार्वती माताको ठुलो पत्थरमा स्वआकृतिको मूर्ति रहेको छ । गुफाबाट निस्केको पानी करिब दुई किलोमिटर तल कालीगण्डकी नजिकैको पहराबाट एक हजार धाराको छहरा निस्किएको छ । स्थानीय कमलप्रसाद पौडेलले भन्नुभयो, “अलौकिक स्थान रहेको भए पनि यसको प्रचार हुन सकेको छैन । सीता माताको जन्मस्थान जनकपुर जस्तै पार्वती माताको जन्मस्थान पाङको विकास हुनुपर्ने हो तर सरकारी तवरबाट पर्याप्त सहयोग नहुँदा ओझेलमा परेको छ ।” पाङ पार्वती माताको जन्मभूमि हो भनेर योगी नरहरि नाथले आफ्नो पुस्तक ‘देश दर्शन’ मा उल्लेख गर्नुभएको भए पनि पर्याप्त पूर्वाधार र प्रचार अभावमा उक्त स्थान विकास हुन नसकेको स्थानीयको भनाइ छ । यस ठाउँलाई सरकारले समेत धार्मिक गन्तव्यका रूपमा विकास गरी काम गर्नुपर्ने स्थानीयको माग छ ।
बिमा ठगी गर्न आफ्नै पसलमा आगो लगाउने दुई जना पक्राउ
कास्की प्रहरीले बिमा ठगी गर्न आफ्नै पसलमा आगो लगाउने र त्यसमा सहयोग गर्ने गरी दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी पोखरा महानगरपालिका वडा नं. ६ लेक साइड, नारेश्वरस्थित आफ्नै सपिङ सेन्टरमा आगो लगाउने पोखरा–१७ निवासी २६ वर्षीय सुजन गहतराज र गहतराजलाई सघाउने ४३ वर्षीय पवन नेपाललाई शनिवार पक्राउ गरेको थियो ।
पाँच पर्यटकले गुमाए ज्यान
मनाङ क्षेत्रको भ्रमणमा आएका पाँच जना पर्यटकले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०८०/८१ मा पाँच जनाले ज्यान गुमाएका हुन । विपत्को जोखिम न्यूनीकरण गर्ने उद्देश्यले चार हजार ९१६ मिटर उचाइमा अवस्थित तिलिचो ताल जाने पदमार्ग र थोराङ्ला भन्ज्याङ पार गर्ने अन्नपूर्ण पदमार्गको अनुगमन गरिएको थियो । जोखिमयुक्त मानिने अन्नपूर्ण पदमार्ग विश्व पर्यटकको आकर्षणको केन्द्र भए पनि जोखिम मानिएको छ । अधिकांश पर्यटकले लेक लागेर ज्यान गुमाउनु परेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । २०८० असोज १७ मा डुम्रे–बेँसीसहर–चामे सडकखण्ड अन्तर्गत नासोँ गाउँपालिका–३, खोत्रोमा भिरबाट लडेर ६९ वर्षीय अमेरिकी नागरिक चाल्र्स केथ डेविसले ज्यान गुमाएका छन् । असोज २४ मा मनाङ–खाङ्सार–तिलिचो पैदलमार्ग अन्तर्गत ङिस्याङ गाउँपालिका–९, टोडाँडामा लेक लागेर ३५ वर्षीय चेत्तिय क्यान्डी भन्ने भारतीय नागरिक मोहमद रिजिमले ज्यान गुमाएका छन् ।
‘अन्नपूर्ण पदमार्गमा मौसमलाई ख्याल नगर्दा पर्यटकले ज्यान गुमाउँछन्’
अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) इकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलले आर्थिक वर्ष २०८०र८१ मा मात्रै यहाँ पाँच पर्यटकले ज्यान गुमाएको जानकारी दिनुभयो ।
माछापालनबाट वार्षिक २० करोडको आम्दानी
नवलपुर माछापालनमा आत्मनिर्भर जिल्लाका रूपमा विकास हुँदै गएको छ । माछाका लागि वातावरण अनुकूल र कमाई पनि राम्रै हुने भएपछि नवलपुरका युवा अरू पेसा छाडेर माछापालनमा लागेका छन् ।
पालुङटारको दुई वडाबाट १५ करोडको लिची बिक्री
गोरखाको पालुङटार नगरपालिकामा यस वर्ष लिची बिक्रीबाट १५ करोड रुपियाँको कारोबार भएको छ। यस वर्ष गत वर्ष भन्दा पनि बढी लिची उत्पादन भएको छ। गत साल लिची उत्पादनबाट ७ र ८ नम्बर वडामा १२ करोड रुपियाँ आम्दानी भएको थियो।
पर्वतमा ढुसीको सङ्क्रमणले धानबाली नष्ट
यहाँका कृषकले लगाएको धानबाली ढुसीको सङ्क्रमणले नष्ट हुन थालेको छ । धान रोपेको एक महिनामा ढुसी रोगका कारण धानका गाँजहरू मर्दै जान थालेपछि कृषक चिन्तित बनेका छन् ।
‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण
जिल्लाको मङ्गला गाउँपालिका–२ र्यालेखोरमा लिफ्ट प्रविधिबाट खानेपानी आयोजना निर्माण भएको छ । सौर्य ऊर्जाको प्रयोग गरेर र्यालेखोर बस्ती मुनीको मुहानबाट पानी तानेर घरघरमा धारा जडान गरी वितरण गरिएको हो ।
नारायणगढ-बुटवल सडकः वर्षाले रोकिएको निर्माण कात्तिक १५ पछि मात्र सुरु हुने
नारायणगढ–बुटवल सडकखण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सञ्चालन हुने भएको छ । नेपालमा मनसुन सुरु भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ पछि काम सुरु गर्नेगरी कार्यतालिका सरकारी पक्षलाई उपलब्ध गराएको हो ।
गोरखामा ८६ प्रतिशत रोपाइँ सम्पन्न
गोरखामा ८६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
‘शिक्षा क्षेत्रलाई व्यवस्थित तथा प्रभावकारी बनाइने’
प्रेस चौतारी कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले विद्यालय शिक्षा ऐन निर्माणमा शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिले छलफललाई निरन्तरता दिएको बताउनुभयो ।
सार्वजनिक बसको प्रदूषण जाँच
पोखरा महानगरपालिकाभित्र सञ्चालित सार्वजनिक यातायातको प्रदूषण जाँचकाे काम सुरु गरिएको छ ।
ट्याङ्की हेरेर चित्त बुझाउँछन् ज्यामरुककोटवासी
खानेपानीको समस्या भोग्दै आएका बेनी नगरपालिका –२ ज्यामरुककोटका स्थानीयहरु गाउँमा पानी संकलन गर्ने ठूलो ट्याङ्की निर्माण भएपछि पिउने पानीको समस्याबाट मुक्त हुने आशामा थिए । तर आशा निराशामा परिणत भएको छ ।
एकीकृत शिक्षा ऐन जरुरी छ : मन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले देशको शिक्षा क्षेत्रलाई सबल र प्रभावकारी बनाउन एकीकृत शिक्षा ऐन जरुरी भएकोमा जोड दिनुभएको छ । प्रेस चौतारी कास्कीले आइतबार पोखरा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले विद्यालय शिक्षादेखि विश्वविद्यालय तहसम्म परिमार्जन र पुनर्संरचना जरुरी रहेको औँल्याउनुभयो ।