प्रहरी र थुनुवाका लागि पुस्तकालय
जिल्ला प्रहरी कार्यालय (जिप्रका) कास्कीले प्रहरी कर्मचारी, सेवाग्राही र थुनुवालाई लक्षित गरी पुस्तकालय चलाएको छ। जिप्रका कास्की हाताभित्रै छुट्टै भवनमा पुस्तकालय चलाइएको हो।
आफैँले चलाएको गोली लागेर सेनाका जवानको मृत्यु
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा कार्यरत नेपाली सेनाका एक जवानको आफैँले चलाएको गोली लागेर मृत्यु भएको छ ।
हरियाली धान खेत र बस्ती
खरा महानगरपालिका–१६ ढिकीडाँडाबाट देखिएको हरियाली धान खेत र बस्ती ।
खयरखोला क्षेत्रमा रङ्गीचङ्गी फूल
समुन्द्री सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने खयरखोला क्षेत्रमा फुलेको फूल । बर्खायाममा म्याग्दीका लेकाली क्षेत्र रङ्गीचङ्गी फूल फुलेर रमणीय बनेका छन् ।
बन्द स्वास्थ्य इकाई सञ्चालनमा
हिमाल पारीको गाउँपालिका चुमनुब्री गाउँपालिका – ३ जगतमा दुई महिनादेखि बन्द स्वास्थ्य इकाई सञ्चालनमा आएको छ ।
मुण्डे–कीर्तिपुर–बन्दिपुर सडकखण्ड कालोपत्रे
नवलपुरको देवचुली मुण्डे–कीर्तिपुर–बन्दिपुर सडकखण्ड कालोपत्रे भएको छ । कालोपत्रे हुँदा यहाँका स्थानीयलाई सहज भएको छ ।
लाखौँ खर्चेर किनेको खेत हेर्दाहेर्दै बन्यो बगर
स्याङ्जाको हरिनास गाउँपालिका–५ का रामु लम्साल क्षेत्रीले तीन वर्ष अगाडि ५२ लाख खर्चेर पाँच रोपनी खेत किन्नुभयो।
गलकोटमा डेङ्गी र स्क्रब टाइफसका ५८ बिरामी बढे
जिल्लामा साउनयता २६ जनामा डेङ्गी पुष्टि भएको छ । डेङ्गी पुष्टि भएकामध्ये गलकोट नगरपालिकामा मात्रै २४ जना छन् ।
२६ केजीसम्म निकासी हुने यार्सागुम्बा अब आधा केजी मात्रै !
यार्सागुम्बाको सङ्कलन तथा निकासी हुने हिसाबले हेर्दा निकै धेरै हुने जिल्लाका रूपमा रहेको म्याग्दीमा पछिल्लो समय राज्यको निकायमा अनुमति लिन आउने सङ्ख्या न्यून हुँदै गएको छ ।
म्याग्दे गाउँपालिकाको दोस्रो आवधिक योजना तयार
जिल्लाको म्याग्दे गाउँपालिकाले दोस्रो आवधिक विकास योजना तयार गरेको छ । गाउँपालिकाले समृद्ध म्याग्दे निर्माण गर्ने लक्ष्यसहित विभिन्न पक्षलाई समेटेर आवधिक विकास योजना (२०८१/८२-२०८५/८६) तयार गरेको हो ।
अनलाइनमार्फत जीवनसाथी खोज्न ‘लमी’
पछिल्लो समय ‘स्टार्टअप’ व्यवसायमा युवा पुस्ताको आकर्षण बढ्दो छ । सिर्जनशील सोच भएका यहाँका केही युवाहरूले अनलाइनमार्फत जीवनसाथी खोज्न सघाउने ध्येयले ‘लमी म्याट्रिमोनी सर्भिसेस’ कम्पनी खोलेका छन् ।
पहिरोमा पुरिएका रमेशको सब फेला
उत्तरी गोरखामा पहिरोमा पुरिएका एक जनाको सब फेला परेको छ । फेला परेको सब आरुघाट गाउँपालिका–८ लामागाउँका २४ वर्षीय रमेश परियार भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
तीन दिनपछि सञ्चालनमा आयो कालीगण्डकी कोरिडोर
तीन दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । मङ्गलबार साँझदेखि परेको भारी वर्षापछि बागलुङ नगरपालिका-१० दब्ल्याङमा खसेको पहिरोको कारण कोरिडोर पूर्णरुपमा अवरुद्ध भएको थियो ।
केबलकारको निर्माणाधीन भवनबाट खसेर मजदुरको मृत्यु
नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा रहेको मौलाकाली केबलकारको निर्माणाधीन भवनबाट खसेर एक मजदुरको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका-१ स्थित मौलाकालिका मन्दिर नजिकै रहेको मौलाकाली केबलकार प्रालिको टप स्टेसनमा रहेको निर्माणाधीन भवनको चौथो तल्लाबाट खसेर मजदुरको ज्यान गएको हो ।
मौलाकालिका केबलकारको भवनबाट लडेर मजदुरको मृत्यु
नवलपुरको गैडाकाेट नगरपालिका वडा नम्बर १ मा रहेको मौलाकालीका केबलकारको निर्माणाधीन भवनबाट लडेर एक जना मजदुरको मृत्यु भएको छ।
मुस्ताङमा लटरम्म फलफूल
हिमालपारीको जिल्ला मुस्ताङमा अहिले विभिन्न फलफूलहरु लटरम्म फलेर मनमोहक देखिन थालेको छ । मुस्ताङमा स्याउ मात्रै नभएर आरु, आरु बखडा, ओखर, खुर्पानी, कागजी बदाम, नास्पातीलगायतका फलफूलहरुको पनि राम्रो उत्पादन हुन्छ ।
पोखरा महानगरले तोक्यो मलको मूल्य
पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि रासायनिक मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ ।
होमस्टेको आकर्षण बन्दै पानीघट्ट
पर्यटक आकर्षणको केन्द्रबिन्दु बन्दै गएको मनाङमा होमस्टेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । अन्नपूर्ण पदमार्गमा पर्यटनका लागि पुग्ने स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिजोआज होमस्टे परेको छ ।
लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक अर्काका परिपूरक
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक अर्काका परिपूरक रहेको बताउनुभएको छ। मानव अधिकारको विषय सामान्य नभई अत्यन्त गम्भीर विषय रहेको बताउँदै भट्टले यसको पालनका लागि सबै पक्ष उत्तिकै जिम्मेवार रहनुपर्ने बताउनुभयो।
बाढीले सयाैँ रोपनी धानखेत बगरमा परिणत
गोरखाको बेनीखोलामा आएको बाढीले दुई सय रोपनी धान खेत बगरमा परिणत भएको छ ।
वृद्धको शव फेला
गोरखाको पालुङटारमा एक वृद्धको शव फेला परेको छ ।
म्याग्दी र कालीगण्डकी नदीमा पक्की पर्खाल
कालीगण्डकी र म्याग्दी नदी कटानको उच्च जोखिममा रहेको सदरमुकाम बेनी बजार र वरपरका बस्ती संरक्षण गर्न सञ्चालित नौ वटा ठुला संरक्षण योजना सम्पन्न भएका छन् । दुई वर्षअघिदेखि जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गतको रूपताल संरक्षण परियोजना पोखराले बेनी बजार संरक्षण आयोजना सञ्चालन गरेको थियो ।
ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
बिहीबार साँझ भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
नवलपरासी पूर्वका अधिकांश स्थानमा सकियो रोपाइँ
बर्दघाट सुस्तापूर्वका अधिकांश खेतमा रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफलमध्ये हालसम्म ९३ प्रतिशतमा रोपाइँ सकिएको नवलपुर कृषि ज्ञान केन्द्रले जनाएको छ ।