दुना टपरी व्यवसायमा जोडिँदै महिला
अर्जुन चौपारी गाउँपालिका १ मा जिरोमा मेसिनबाट पातका दुना टपरी बनाउन थालिएको छ । यहाँको भगवतीमाई बहुउद्देश्यीय सहकारी लिमिटेडले मेसिनबाट साल, कटुस, चिउरी लगाएका पातबाट दुना टपरी बनाएर बिक्री वितरण गर्न थालेको हो ।
गोरखा पहिरो : चार जनाको शव फेला
उत्तरी गोरखामा पहिरोमा पुरिएका एकै घरका तीनसहित चार जनाको शव फेला परेको छ । धार्चे गाउँपालिका–५ सिङलास्थित रेसेगाउँमा सोमबार पहिरोले पुरिएको अवस्थामा घरभन्दा ३० मिटर तल जीतबहादुर गुरुङ, ६० वर्षीय बुबा सुलाल कान्छा गुरुङ र जीत बहादुरको कृषि फर्ममा काम गर्ने कामदार ३३ वर्षीय रमेश गुरुङको शव पुरिएको अवस्थामा फेला परेको हो ।
फलामको पुल राखेपछि यातायात सञ्चालन
बाढीका कारण पूर्ण रूपमा अवरुद्ध मनाङ प्रवेशको एक मात्र सडक सञ्चालनमा आएको छ । चामे गाउँपालिका-१ तिमाङस्थित स्याक्र्यु झरनामा फलामको पुल राखेपछि यातायात सञ्चालनमा आएको हो ।
नारायणगढ-बुटवल सडक खण्ड विस्तार : ४६.९८ प्रतिशत वित्तीय प्रगति
स्तरोन्नति र निर्माणका लागि भत्काइएका राजमार्ग, नारायणगढ–बुटवल सडक खण्डको छ वर्षको अवधिमा ५२ प्रतिशत मात्रै काम सम्पन्न भएको छ।
म्याग्दीका स्थानीयद्वारा आठ करोड ७१ लाख आन्तरिक आम्दानी
म्याग्दीका स्थानीय तहले गत आर्थिक वर्ष २०८०/०८१ मा साढे आठ करोडभन्दा बढी आन्तरिक आम्दानी गरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा आठ करोड ७१ लाख ७० हजार दुई सय २८ रुपियाँ आन्तरिक आम्दानी गरेका हुन् ।
सुक्खा क्षेत्रमा सौर्य ऊर्जामार्फत सिँचाइ
जिल्लाको देवघाट गाउँपालिका-२ बेसारघारीमा ३५ हेक्टर क्षेत्रफलमा अहिले सिँचाइ पुगेको छ ।
पहिरोमा पुरिएको अवस्थामा शव फेला
उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङलास्थित रेसेगाउँमा एकै घरका ३ जनासहित पहिरोमा पुरिएका ५ जनामध्ये १ जनाको शव सोमबार दिउँसो १२ः४५ बजे भेटिएको छ ।
मेलाको आम्दानीले विद्यार्थीलाई पोसाक र यातायात सुविधा
यहाँको जलजला गाउँपालिका–९ बनौँमा सञ्चालित बनौँ युवा क्लबद्वारा सञ्चालित मेलाको आम्दानीले स्थानीय बनौँ माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई पोसाक वितरण गर्नाका साथै निःशुल्क विद्यालय आवजावत गर्न यातायात सुविधा मिलाइएको हो ।
श्रद्धालुको पर्खाइमा पार्वती गुफा
पर्वतको कुश्मा नगरपालिका–१ पाङ र वडा २ खुर्कोटको सिमाना रहेको पार्वती गुफा प्रचार अभावमा ओझेलमा रहेको छ । धर्मग्रन्थमा उल्लेख भएअनुसार हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव पती पाउँ भनी कठोर तपस्या गरेको उक्त स्थान लामो समयसम्म संरक्षण र प्रचार अभावका कारण ओझेलमा परेको हो ।
एसइई ग्रेड वृद्धिका लागि परीक्षा केन्द्र तोकियो
गोरखामा ग्रेड वृद्धि परीक्षाको लागि सोमबार ६ वटा केन्द्र तोकिएको छ । ग्रेड वृद्धि परीक्षाको लागि गोरखामा २ हजार ४ सय ६५ परीक्षार्थीको सहभागिता रहने जिल्ला शिक्षा तथा समन्वय इकाई गोरखाका प्रमुख रमेशराज मैनालीले जानकारी दिनुभयो ।
गलेश्वरधाममा बिहानैदेखि भक्तजनको भिड
साउनको दोस्रो सोमबार म्याग्दीको बेनी नगरपालिका –९ मा रहेको धार्मिकस्थल गलेश्वरधाममा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।
शिवालयमा धार्मिक पुस्तकालय स्थापना
बेनी नगरपालिका –९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर क्षेत्रभित्र चन्दा सहयोग जुटाएर धार्मिक पुस्तकालय स्थापना गरिएको छ ।
स्कुल बस दुर्घटना अपडेट : आमा र छोराको मृत्यु
आरतीका छोरा अन्दाजी पाँच वर्षीय प्रिन्सको पनि उपचारका क्रममा ११ : ४५ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ ।
किसानलाई अनुदानमा हाते ट्याक्टर
तनहुँको घिरिङ गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ ।
पोखरामा स्कुल बस दुर्घटनामा २९ जना घाइते, एक कर्मचारीको निधन
पोखरामा सोमबार बिहान स्कुल बस दुर्घटना हुँदा २९ विद्यार्थी घाइते भएका छन् । पोखरा महानगरपालिका–२१ फुर्सेखोलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना भएको हो ।
चर्दै गरेका पशु चौपाया
बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–७ राजकुतस्थित नरसिंहकोटको चरन क्षेत्रमा चर्दै गरेका पशु चौपाया ।
भेडाका बथान
मुस्ताङको दहबकुी चरनखर्कमा रहेका भेडाका बथान । परम्परागत घुम्ती गोठमा राखेर गरिने भेडाबाख्रालाई उच्च हिमाली क्षेत्रमा पुर्याइएको छ ।
धार्चे पहिरो : बेपत्ताको खोजी जारी
उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी सुरु गरिएको छ ।
आय आर्जन बढाउन सामुमदायिक वनभित्र उद्यान निर्माण
सामुदायिक वनको संरक्षण गरेसँगै अन्य गतिविधि सञ्चालनतर्पm उपभोक्ता समूहले चासो देखाउन थालेका छन् । वन पैदावारको विकल्पका रूपमा समूहले आम्दानीका अन्य स्रोतको पहिचान गरी उपयोग गर्न सुरु गरेका हुन् ।
गण्डकीमा सडक सञ्जाल विस्तारमा उच्च प्राथमिकता
गण्डकी प्रदेश सरकारले पछिल्लो एक वर्षमा दुई सय ३३ किलोमिटर पक्की सडक निर्माण गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न भएका क्रमागत बहुवर्षीय र सालबसाली आयोजनामार्फत सडक कालोपत्र र ढलान भएको जनाएको छ ।
खोप्रा लेकमा चौँरीको रगत पिउने मेला
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५, शिख स्थित पर्यटकीय स्थल खोप्रा लेकमा चौँरी गाईको आलो रगत पिउने मेला चलेको छ ।
सञ्चारमन्त्रीद्वारा मानवसेवा आश्रम भवनको निरीक्षण
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यहाँ निर्माणाधीन मानवसेवा आश्रम भवनको निरीक्षण गर्नुभएको छ । बेँसीसहर नगरपालिका-९ पाखाथोकमा निर्माणाधीन मानवसेवा आश्रमको उहाँले स्थलगत निरीक्षण गर्नुभएको हो ।
किसानलाई 'कृषि एम्बुलेन्स'
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले किसानले उत्पादन गरेको कृषि उपजको ढुवानीका लागि कृषि एम्बुलेन्सको व्यवस्था गरेको छ। सङ्घीय सरकार र गाउँपालिकाको लागत साझेदारीमा ३६ लाख १२ हजार रुपियाँमा एम्बुलेन्स तयार पारेर सञ्चालन गर्न लागेको हो ।
निजीभन्दा अब्बल बन्दै सरकारी विद्यालय
कुनै समय ओझेलमा परेको बागलुङ नगरपालिका-८ सिगानाको सिगाना माध्यमिक विद्यालय लामिचौर तीन वर्ष यता चर्चामा छ । झट्ट हेर्दा जिल्ला सदरमुकामको निजी विद्यालयभन्दा राम्रो देखिने त्यही विद्यालयमा तीन वर्ष अघि शौचालय र खानेपानीको समेत अभाव थियो ।