सडक दुर्घटनामा मृत्यु हुनेको अनुपात बढ्दो
नवलपुरमा सडक दुर्घटनाबाट मृत्यु हुनेको अनुपात वार्षिकरूपमा बढ्दो देखिएको छ । दुर्घटनामा कमी ल्याउन साथै मृत्युदरमा कम गराउन जनचेतना कार्यक्रम दिनहुँ हुनेगरेको भए पनि मृत्यु हुनेको दरमा भने वृद्धि भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
पहिरोमा पुरिएका ५ को खोजीकार्य जारी
उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङलास्थित रेसेगाउँमा एकै घरका ३ जनासहित पहिरोमा पुरिएर ५ जना बेपत्ताको खोजीकार्य जारी रहेको छ ।
यातायात व्यवसायीको आन्दोलनमा पत्रकारमाथि हातपात, चार पक्राउ
यातायात व्यवसायीले सात बुँदे माग राख्दै पोखरामा गरेको आन्दोलनमा दुई पत्रकारमाथि हातपात भएको छ। पत्रकार भएको परिचय दिँदै दिँदै उनीहरुले पृथ्वीचोकमा पत्रकार सुरज थापा र बिनु थापामाथि कुटपिट गरेका हुन्।
उर्लेर आउँदा मर्स्याङ्दीको भेल...
त्यो दिन सम्झँदा लिलराम गुरुङ झस्याङ्ग हुनुहुन्छ । २०७८ असार १ गतेको कुरा हो । अघिल्लो रातदेखि झरी परिरहेकाले उहाँ परिवारसँग घरमै हुनुहुन्थ्यो । अपराह्नको समय थियो । घरछेउबाट मर्स्याङ्दी नदी गड्गडाउँदै बगिरहेको थियो । अघिपछि सुसाउँदै मर्स्याङ्दीमा मिसिने घट्टे र स्यार्कुखोलाले पनि त्यो दिन रूप फेरेका थिए ।
एक सयको क्षमता भएको कारागारमा सात जनामात्र कैदी
देशकै कम कैदीबन्दी रहने मनाङको कारागार भवन ठूलो र सुविधासम्पन्न छ ।
गण्डकीमा सार्वजनिक यातायात ठप्प
गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प भएका छन् ।
पहिरोमा पुरिएका दुईको हेलिकोप्टरबाट उद्धार
उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङलास्थित रेसेगाउँमा गएको परिरोमा परी गम्भिर घाइते भएका २ जनालाई हेलिकप्टरबाट उद्धार गरिएकाे छ।
पानीघट्ट बगाएपछि पिसानीमा समस्या
उत्तरी गोरखको धार्चे गाउँपालिका –२ को रुन्चेतमा ३ वटा पानीघट्ट बाढीले बगाएको छ । करिब ३ सय घरधुरीलाई अन्न पिसानीका लागि अहिले समस्या परेको छ ।
पर्यटक भित्र्याउन भानुमा फुटबल प्रतियोगिता
फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने प्रमुख उद्धेश्यले १७ औं भानु कप फुटबल प्रतियोगिता हुने भएको छ ।
गोरखामा पहिरोमा परी एकै घरका ३ जना सहित ४ बेपत्ता, दुई घाइते
उत्तरी गोरखाको धार्चे गाउँपालिका – ५ सिङला स्थित रेसेगाउँमा एकै घरका ३ जना सहित पहिरोमा पुरिएर ४ जना बेपत्ता भएका छन् । रेसेगाउँमा कृषि फार्म र नजिकै रहेको घरमा पहिरोमा पुरिएर ४ जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका हुन् ।
मार्चे लेक
धौलागिरी हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिकास्थित मार्चे लेक । चौँरी, गाईभैँसी, भेडाबाख्राको चरन क्षेत्र मार्चे लेक पर्यटकीय गन्तव्यको रुपमा समेत रहेको छ ।
सूर्यास्तको दृश्य
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ खोपारा लेकबाट शनिबार देखिएको सूर्यास्तको दृश्य । समुद्री सतहदेखि ३६१० मिटरको उचाइमा अवस्थित खोपारालेक सूर्योदय, सूर्यास्त, पहाडी भूगोल र हिमशृङ्खलाको अवलोकनका लागि मनमोहक छ ।
पहिरोमा परी चारजना बेपत्ता, दुई घाइते
उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिड्लास्थित रेसेगाउँमा पहिरोमा परी चारजना बेपत्ता भएका छ भने दुईजना घाइते भएका छन् । पहिरोले एउटा घर र गोठ बगाउँदा परिचय नखुलेका चारजा बेप
डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध
पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो ।
पाल्पा दरबारको ढोका निर्माणमा ढिलाइ
तानसेनको पाल्पा दरबार परिसरमा निर्माणाधीन मूल ढोकाको काममा ढिलाइ भएको छ । गत २०८१ साल असार १५ भित्र मूलढोका निर्माण गरेर सक्नुपर्ने सम्झौता भए पनि सो अवधिमा निर्माणको काम सम्पन्न हुन सकेन ।
नवलपुरमा आठ जनामा डेंगु संक्रमण
नवलपुरमा आठ जनामा डेंगु सङ्क्रमण भेटिएको छ । असारको दोस्रो हप्तादेखि हालसम्म नवलपुरमा आठ जनामा डेंगु संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
चार दिनदेखि कालीगण्डकी कोरिडोर बन्द
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको कालीगण्डकी कोरिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प छ । बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरोले सडकको ट्रयाक नै बगाउँदा चार दिनदेखि कोरिडोर ठप्प रहेको छ ।
‘देशको आवश्यकताले एमाले–कांग्रेस एक ठाउँमा’
नेकपा (एमाले) का सचिव पद्माकुमारी अर्यालले देशको आवश्यकताले एमाले र कांग्रेस एक ठाउँमा आएको बताउनुभएको छ ।
४५ करोडमा बन्दै छ गण्डकी प्रदेशसभा भवन
प्रदेश संरचना स्थापनाको सात वर्षपछि गण्डकी प्रदेशसभाको नयाँ भवन निर्माण प्रक्रियाअघि बढेको छ। सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले बनाएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बमोजिम ४४ करोड ९९ लाख ६० हजार तीन सय ७६ रुपैयाँ लागतमा भवन बनाउन लागिएको हो।
सुशासन र अर्थतन्त्र सुधार सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को गठबन्धन सरकारको प्राथमिकतामा सुशासन र अर्थतन्त्र सुधार रहेको बताउनुभएको छ ।
आँधीखोलामा बेपत्ता विद्यार्थी मृत भेटिए
स्याङ्जाको आँधीखोलामा पौडी खेल्नेक्रममा बेपत्ता भएका विद्यार्थी मृत अवस्थामा भेटिएका छन् ।
माछाको परिकारले बढाए पर्यटक
पोखराको विजयपुरवारिको लेखनाथ क्षेत्र सात तालबाट चर्चित छ । यहाँका सातवटै ताल रामसार सूचीमा सूचीकृत छन् । तर लेखनाथ क्षेत्रमा तालका कारण नभई यहाँका पाइने माछाका परिकारले चर्चित छ ।
दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना
तनहुँमा एक वर्षको अवधिमा दुई हजार बढी रोपनी क्षेत्रफलमा फलफूल, लिची, आँप आदिको क्षेत्र विस्तार गरिएको छ ।
कृषि उपजलाई बजार अभाव
१५ वटा मुर्रा भैँसी र आठ वटा होलिस्टिन जातका गाईपालन गर्नुभएका अन्नपूर्ण गाउँपालिका-६ बिरौटाका कृष्ण र शिव बरुवालले सञ्चालन गरेको धौलागिरि बहुउद्देश्यीय कृषि फार्ममा दैनिक एक सय ४० लिटर दूध उत्पादन हुन्छ ।