ढोरपाटनमा सामूहिक स्याउखेती
स्याउखेतीको उच्च सम्भावना रहेको बागलुङको ढोरपाटन क्षेत्रमा पछिल्लो समय सामूहिक रूपमा व्यावसायिक स्याउखेती थालिएको छ । परम्परागत रूपमा हुँदै आएको स्याउखेतीले बजार लिन नसकेपछि इटालीबाट ल्याएको आधुनिक स्याउका बिरुवाले ढोरपाटन उपत्यका क्षेत्रको जग्गा विस्तारै ओगट्न थालेको छ ।
माछापालनप्रति किसानको आकर्षण बढ्दो
बर्दघाट सुस्तापूर्वमा माछापालनप्रति किसानको आकर्षण बढ्दै गएको छ । जिल्लामा पछिल्लो तीन वर्षमा माछापालनतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा पनि वृद्धि भएको पाइएको छ । नेपाल मत्स्य केन्द्रले यस जिल्लालाई माछापालनका लागि उत्कृष्ट क्षेत्र प्रमाणित गरेको छ ।
तनहुँको टुटेपानी होमस्टे
तनहुँको भानु नगरपालिका–१३ स्थित टुटेपानी घरबास (होमस्टे) । यहाँका गुरुङ समुदायले घरबास सञ्चालन गरेर आन्तरिक पाहुना आकर्षित गरिरहेका छन् ।
बडिगाड पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो, एक बेपत्ता
बागलुङको बडिगाड गाउँपालिका पहिरोमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।
डेंगु सङ्क्रमण बढेपछि तनहुँका चार विद्यालय बन्द
डेंगु सङ्क्रमणको बिरामी बढेपछि नियन्त्रणको प्रयास स्वरूप आँबुखैरेनीका गाउँपालिकाका चार विद्यालयहरू बन्द गरिएको छ ।
नवलपुरका सबै पालिकामा शुक्रबार सार्वजनिक बिदा
नवलपुरका स्थानीय तहले शुक्रबारका लागि जिल्लाका सबै पालिकामा सार्वजनिक बिदा दिएका छन्। ३०औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको अवसरमा सबै स्थानीय तहले सार्वजनिक बिदा दिइएका हुन्।
आँधीखोला गाउँपालिकाद्वारा विद्यालयलाई सामग्री प्रदान
आँधिखोला गाउँपालिकाले पालिका भित्रका विद्यालयलाई शैक्षिक तथा भौतिक सामग्रीहरू प्रदान गरेको छ ।
नारायणघाट–बुटबल सडक : कावासोतीमा सम्पर्क कार्यालय राख्न माग
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्ड गत जेठ ११ गते नवलपुरको थुम्सी जङ्गलमा फसेको एउटा ट्रकका कारण २२ घण्टासम्म अवरुद्ध भयो।
बाढी पहिराेको उच्च जोखिममा नवलपुर
नवलपुर जिल्ला भौगोलिकताका आधारमा तीनतले जिल्ला हो । उच्च, मध्य र तल्लो भागमा विभाजित रहेको जिल्ला पहाडी र समथर भएकाले बाढी, पहिरो, र डुबानको जोखिमयुक्त क्षेत्र हो ।
अस्पताल शिलान्यास भएको चार वर्षसम्म अलपत्र
सम्झौता बमोजिम काम भएको भए २०८० असारमै कास्कीको मादी गाउँपालिकाको आधारभूत अस्पतालले नयाँ भवनबाट सेवा सुरु गरिसक्ने थियो ।
नागलाई खुसी पार्न नागपूजा गरिने
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी भोलि परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा तस्बिर टाँसेर मनाइँदै छ ।
‘ढल्किँदो उमेरले विद्यालय जान छेकेन नवीनलाई
गोरखाको भीमसेन थापा गाउँपालिका–२, तान्द्राङस्थित ओख्लेका नवीन भट्ट उमेरले अहिले ५१ वर्ष पुग्नुभयो । दुई छोरा र एक छोरीलाई हुकाई सक्नुभएका नवीनको अब छोराछोरीको कमाई खाएर परिवारसँग रमाएर बस्ने उमेर पनि नभएको होइन ।
बेनीघाट-आरखेत सडक अवरुद्ध
गोरखाको बेनीघाट–आरुघाट सडक खण्ड अवरुद्ध भएको छ । गोरखामा बुधबारदेखि निरन्तर रूपमा परेको अविरल वर्षाका कारण गण्डकी गाउँपालिका–५ दर्बुङस्थित लक्ष्मिचोकमा गएको ठुलो पहिरोले सडक अवरुद्ध हुनुका साथै आवतजावतमा समस्या भएको हो ।
धौलागिरि आइसफल पदमार्गका ताल तलैया ओझेलमा
म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आइसफल पदमार्गका मनोरम तालतलैया ओझेलमा परेका छन् ।
नाटकबाट सङ्कलित रकम वृद्धाश्रमलाई
वालिङ नगरपालिका–८ को साइनभिलेज इन्टरनेशनल एकेडेमीले सडक नाटक प्रदर्शनीबाट सङ्कलन भएको रकम वृद्धाश्रमलाई सहयोग गरेको छ ।
हिमालको काखमा पहेँली बराह ताल
म्याग्दीको रघुगंगा गाउँपालिका –७ चिमखोलामा रहेको सुन्दर पहेँली बराह तालमा पुग्ने व्यवस्थित पदमार्ग नहुँदा ओझेलमा परेको छ ।
बडिगाड पहिरो : तीन बालबालिका अझै बेपत्ता
बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ ।
मुस्ताङमा स्याउ खेती
मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा रहेको शीतोष्ण बागबानी फार्ममा फलेको उच्च घनत्वका जातको स्याउ । मुस्ताङमा पछिल्लो समय इटालीबाट आयात गरिएको उच्च घनत्वका जातको स्याउ खेती बिस्तारले तिब्रता पाएको छ ।
दश लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
तमानखोला गाउँपालिकाले तमान गाउँमा रहेको पञ्चायत घर रु १० लाख खर्चेर जीर्णोद्धार गरेको छ । स्थानीय स्रोत प्रयोग गरी जीर्णोद्धार भएको यो घरलाई सङ्ग्रहालय र पुस्तकालयका रूपमा विकास गरिने भएको हो ।
बसाइँसराइ रोक्ने प्रयासमा छौँ
पुतलीबजार नगरपालिका स्याङ्जा सदरमुकाम अवस्थित पालिका हो । २०५३ सालमा साबिकका पुतलीबजार, करेन्डाँडा, सातुपसल, गणेशपुर र चण्डीकालिका गरी पाँच गाविस मिलेर यो पालिका बनेको थियो । २०७३ सालमा पुतलीबजारमा टक्सार, पौवेगौँडे, ठुलाडिही, बहाकोट, कोल्मा, राङभाङ र पेल्काचौर गाविस गाभिन पुगे । १४ वडा रहेका पालिकाको पूर्वमा कास्की र तनहुँ, पश्चिममा आँधीखोला र अर्जुनचौपारी गाउँपालिका तथा भिरकोट नगरपालिका, उत्तरमा कास्की जिल्ला र फेदीखोला गाउँपालिका दक्षिणमा बिरुवा गाउँपालिका र भिरकोट नगरपालिका पर्दछन् । १४७.१९ वर्गकिमी क्षेत्रफल रहेको पालिकाको सदरमुकाम पुतलीबजारबाट पोखरा एक घण्टामा पुगिन्छ । सिद्धार्थ राजमार्गको २७ किमी दुरी यही पालिकाभित्र पर्दछ । २०७९ सालको स्थानीय तहको चुनावमा यो नगरपालिकाको प्रमुखमा निर्वाचित तुलसीराम रेग्मीसँग गोरखापत्रकर्मी राधाकृष्ण डुम्रेले गर्नुभएको कुराकानी :
जन्मथलो फर्किने पाइलट मल्लको योजना अधुरै
नुवाकोटमा आज दुर्घटना भएको एयर डाइनेस्टीको ९ एन–एजेडी हेलिकप्टरका पाइलट अरुण मल्लको जन्मथलो म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवती हो ।
मनै लोभ्याउने गाईखुरे झरना
झर्झराउँदो झरना । पहाडबाट झर्दै गरेको पानी । हरियालीका साथै फेदमा सुन्दर पोखरी । असी मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ ।
गलेश्वरमा गत वर्ष ५८ लाख भेटी सङ्कलन
बेनी नगरपालिका-९ मा रहेको म्याग्दीको प्रमुख धार्मिकस्थल गलेश्वर मन्दिरमा एक वर्षको अवधिमा ५८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ ।
मिलनचोक–लेखफाँट–सालिजा सडक स्तरोन्नतिको तयारी
करिब दुई दशक अघि ट्रयाक खोलिएको जलजलाको मिलनचोक–लेखफाँट–सालिजा जोड्ने सडक स्तरोन्नति हुने भएको छ ।