गण्डकीका गाउँबस्ती छिचोल्दै सडक
केही वर्षअघिसम्म सबेरै उठेर डोकामा तरकारी बेच्न म्याग्दीको बेनीबजार झर्ने पर्वतका कृष्णप्रसाद आचार्यको दैनिकी अहिले फेरिएको छ । मिलनचोक–सल्यान सडक कालोपत्र भएपछि डोकोमा तरकारी बोकेर बेच्न बजार धाउनुपर्ने बाध्यता हटेको आचार्यले बताउनुभयो ।
पचपन्न वर्षदेखि सारङ्गी रेट्दै रामबहादुर
पाँच वर्षको उमेरदेखि बुबा धनबहादुर गन्दर्भको पछि लागेर सारङ्गी रेट्दै हिँडेको सम्झना रामबहादुरका स्मृतिमा अझै ताजै छन् ।
एसइई ग्रेड वृद्धि परीक्षा : गोरखामा २४ सय परीक्षार्थी सहभागी हुँदै
गोरखामा माध्यमिक शिक्षा परीक्षा (एसइई ) को ग्रेड वृद्धि परीक्षाको लागि झण्डै २४ सय परीक्षार्थी सहभागी भएका छन् ।
लोपाेन्मुख चाइनिज सालकको उद्धार
गोरखामा लोपाेन्मुख चाइनिज सालकको उद्धार गरिएको छ । मङ्गलबार दिउँसो ३ बजे आरुघाट गाउँपालिका – ९ धमलाचोकको एक स्थानियको घरमा छिरेपछि स्थानियवासीले प्रहरीलाई खबर गरेपछि ईलाक प्रहरी कार्यालय आरुघाटको प्रहरी टोलीले उद्धार गरी डिभिजन वन कार्यालय गोरखामा बुझाएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले जानकारी दिनुभयो ।
बेपत्ता बालक मृत फेला
नवलपुरको कावासोती ४ हसौरामा मङ्गलबारदेखि हराइरहेका ३० महिने बालक खोला किनारमा मृत अवस्थामा फेला परेका छन् ।
बागलुङ बडिगाड पहिरो : उद्धारका लागि घटनास्थल पुग्यो हेलिकोप्टर
मङ्गलबार बिहान बागलुङको बडिगाड गाउँपालिका १० आरुपाटामा गएको पहिरोमा परेर घाइते भएकाहरुको उद्धारका लागि करिब २१ घण्टापछि हेलिकोप्टर घटनास्थल नजिक अवतरण गरिएको छ ।
म्याग्दीका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत जमिनमा सिँचाइ सुविधा
यहाँका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलव्ध छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले २०७४ सालमा प्रदेश सरकार स्थापनापछि आर्थिक वर्ष २०८०/८१ सम्म सञ्चालन गरेका आयोजनामार्फत छ हजार तीन सय २६ हेक्टर जमिनमा सिँचाइ र पाँच हजार सात सय ६६ घरमा ‘एक घर, एक धारा’ जडान भएका जनाएको छ ।
निःशुल्क एम्बुलेन्सले बिरामीलाई सहज
जलजला गाउँपालिका–७, धाइरिङका ७४ वर्षीय चन्द्रे परियारलाई उपचारका लागि पोखराको अस्पतालमा पुग्ने र फर्किने पैसा जुटाउने चिन्ता थियो । टाउकाको शल्यक्रिया गर्नुभएका परियारलाई जलजला गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क एम्बुलेन्सले घरबाट पोखरास्थित अस्पताल लैजाने र ल्याउने सेवा प्रदान ग¥यो । पालिकाले सञ्चालन गरेको निःशुल्क एम्बुलेन्स सेवा पाएपछि परियारको मुहारमा खुसी छायो ।
नाबालिका करणी गरेको आरोपमा युवक पक्राउ
नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
राजमार्गको पहिरो एक महिनासम्म पनि हटाइएन
सिद्धार्थ राजमार्गको स्याङ्जा सडकखण्डमा ठाउँ ठाउँमा पहिरो गएको छ । गएको असार तेस्रो हप्ता आएको अविरल वर्षले सिद्धार्थ राजमार्गको स्याङ्जा खण्डलाई अस्तव्यस्त बनाएको हो । झन्डै ९० किलोमिटरको स्याङ्जा खण्डमा एक सयभन्दा धेरै पहिरो गएको छ । पहिरोका कारण केही दिन अवरुद्ध भएको सडक एकतर्फी सञ्चालन गरियो । एकतर्फी सञ्चालन गरेको पनि एक महिना पूरा भएको छ तर अहिलेसम्म सडकको पहिरो पूर्ण रूपमा हटाइएको छैन अर्थात् सडक एकतर्फी रूपमा नै सञ्चालनमा छ ।
लाग्दैन निद्रा नारायणी किनारमा
मनसुनजन्य प्रकोपका कारण नवलपुर उच्च जोखिममा रहेको जिल्ला हो । यहाँ मनसुनका कारण सबैभन्दा बढी प्रभावित हुने स्थानीय तह मध्यविन्दु, गैँडाकोट, देवचुली र कावासोती नगरपालिका हुन् । त्यस्तै विनयीत्रिवेणी र हुप्सेकोट गाउँपालिका पनि बाढीपहिरोको उच्च जोखिममा छन् । बाढीपहिरोका कारण यहाँ बर्सेनि ठुलो जनधनको क्षति हुने गरेको छ ।
बागलुङ बडिगाड पहिरो : मृतकको सङ्ख्या आठ पुग्यो
सोमबार रातिको अविरल वर्षाका कारण बाढी र पहिरोमा परेर बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ ।
पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु
बागलुङको बडिगाड गाउँपालिका–१०, स्थित आरुपाटामा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ ।
कारागारमा अनियमितता भएको कैदीबन्दीको गुनासो
यहाँस्थित जिल्ला कारागारमा आर्थिक अनियमितता र बेथिति भोग्नु परेको कैदीबन्दीले गुनासो गरेका छन् । कारागारमा आर्थिक अनियमिता, आन्तरिक मूल्यवृद्धि र मनोमानी हुने गरेको गुनासो कैदीबन्दीले गरेका हुन् ।
शीतभण्डार निर्माणपछि बेनीका किसानलाई राहत
फलफूल र तरकारीजन्य उत्पादन सस्तोमा बेच्नुपर्ने बाध्यतामा रहेका म्याग्दीको बेनी नगरपालिकाका किसानहरुले कोल्डस्टोर (शीत भण्डार) निर्माण भएपछि राहत महसुस गरेका छन् ।
पाँच करोड ५० लाखमा गाउँपालिका भवन निर्माण
दक्षिण पर्वतको पैयूँ गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । पैयूँ गाउँपालिका-४ हुवासस्थित भकुण्डे वगरमा भवन बनेको हो ।
पहिरोमा चार घर पुरिए, एकजनाको मृत्यु
बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ भने एकजनाको मृत्यु भएको छ । भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो ।
आम्दानीको बलियो स्रोत भुइँकटहर खेती
बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् । स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त छन् । पहाडी क्षेत्रअन्तर्गत पर्ने यो गाउँका किसानका लागि भुइँकटहर आम्दानीको बलियो स्रोत बनेको छ ।
कालीगण्डकी नदीमाथि चिटिक्कको काठे पुल
मुस्ताङको घरपझोङ गाउँपालिकामा पर्ने जोमसोम बजारस्थित कालीगण्डकी नदीमाथि रहेको काठको पुल । काठको मात्र प्रयोग गरेर निर्माण गरिएको यो पुल जीर्ण बनेपछि घरपझोङ गाउँपालिकाले यस वर्ष मर्मतसम्भार गरेको छ ।
हिदीमा ‘एक घर, एक धारा’
म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । नेपाल स्वास्थ्यका लागि पानी ९नेवा०, मङ्गला गाउँपालिका र समुदायको रु ४६ लाख ८४ हजार दुई सय ५१ को लागतमा आयोजना निर्माण भएको हो ।
सबैभन्दा बढी उजुरी स्थानीय सरकारको
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा स्याङ्जाबाट परेका उजुरीमध्ये सबैभन्दा बढी स्थानीय सरकारका दर्ता भएका छन् । सूचना अधिकारी जगदीशचन्द्र शिवाकोटीले आर्थिक वर्ष २०८०/८१ मा पोखरास्थित अख्तियारको कार्यालयमा स्याङ्जाबाट १६८ उजुरी दर्ता भएको बताउनुभयो । दर्ता भएका उजुरीमा सङ्घीय सरकारका २१, प्रदेश सरकारका १९ र स्थानीय सरकारका १२८ रहेका छन् ।
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।
होमस्टेको आकर्षण बन्दै पानीघट्ट
मनाङमा घरबास (होमस्टे) को सङ्ख्या बढ्दै गएको छ । अन्नपूर्ण पदमार्गमा पर्यटनका लागि पुग्ने स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा होमस्टे पर्ने गरेको हो । मनाङका होमस्टेमा पाहुनालाई अर्गानिक तथा रैथाने खानेकुराले स्वागत गर्ने गरिएको छ । होमस्टेमा आउने पाहुनालाई उनीहरूले पानीघट्टले पिसानी गरेको खाद्यवस्तुबाट विभिन्न परिकार बनाएर खुवाउने गरेका छन् । ताचै–८ का वडाध्यक्ष याद घलेले नासोँ गाउँपालिका–८, ताचैमा रहेको ताचै होमस्टेले पानीघट्टमा पिसेको पिठोबाट विभिन्न परिकार बनाएर खुवाउने गरेको बताउनुहुन्छ । पाहुनाले पनि मिठो मानेर खाएको उहाँको भनाइ छ ।
राम्चेगाउँवासीलाई भिर कतिबेला खस्ने हो भन्ने पिर
बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ राम्चेमा बस्दै आउनुभएका ८० वर्षीय जयबहादुर चितौरेलाई पछिल्लो समय पहिरोले गाउँ नै लैजाने हो कि भन्ने चिन्ताले सताउने गरेको छ । बाजेको पालादेखि राम्चेगाउँमा बस्दै आउनुभएका उहाँलाई बर्सेनि पहिरोले बस्ती क्षेत्रको जमिन कटान गर्दै लगेकाले कुनै दिन गाउँ नै पहिरोले निल्ने हो कि भन्ने त्रासले रात कटाउन मुस्किल पर्ने गरेको छ ।