• २६ असोज २०८१, शनिबार

पुल नहुँदा दसैँमा यात्रा कष्टकर

blog

बन्दीपुर-६ स्थित पुल नभएको बगर खोला। तस्बिरः अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असोज २५ गते। पृथ्वी राजमार्गको वैकल्पिक रुपमा रहको  बुद्धसिंह मार्गको तीन स्थानमा खोलामा पानीको प्रवाह धेरै हुँदा दसैँको समयमा यात्रुलाई आवत जावतको समस्या परेको छ। खोलामा पानीको प्रवाह धेरै हुँदा समस्या परेको स्थानीयले बताएका छन्।

बुद्धसिंह मार्ग सरोकार समिति संयोजक सिद्धान्त थापा मगरले पानीको प्रवाह नघट्दा अझैसम्म यात्रुलाई समस्या भएको बताउनुभयो। 

व्यास नगरपालिका-१४ मा पर्ने ढाँडखोला, बन्दीपुर गाउँपालिका-६ को बगर खोला र आँबुखैरेनी गाउँपालिका-६ र बन्दीपुर गाउँपालिका-६ मा पर्ने भुत खोलामा पानी धेरै हुँदा सवारी साधन चलाउन नसकिएको थापाले बताउनुभयो। 

थापाका अनुसार हिउँदा पानी कम भएपछि सो क्षेत्रमा गाडी चलाउन मिल्छ वर्षायाममा भने तिन वटै ठाडो खोला भएकोले आवतजावतमा समस्या पर्ने गरेको छ। स्थानीयको समस्या गण्डकी प्रदेश सरकारलाई जानकारी गराइएको भए पनि सुनुवाइ नभएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा बताउनुहुन्छ। खोलामा पुलन नहुँदा विरामी, जेष्ठ नागरिक तथा महिला र बालबालिकालाई समस्या हुने गरेको अध्यक्ष थापाले बताउनुभयो।