दुर्घटना घटाउन ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रम सञ्चालन
विद्यार्थीहरुलाई ट्राफिक सचेतना प्रदान गर्ने उद्देश्यका साथ जिल्ला ट्राफिक कार्यालय बाँकेले ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रम सञ्चालन गरेको छ ।
चिकित्सकले तीन महिना दुर्गममा सेवा गर्नुपर्ने
लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारूले सरकारी सेवामा कार्यरत चिकित्सकले कम्तीमा तीन महिना रूपमा दुर्गम क्षेत्रमा सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ ।
जनतालाई सर्वसुलभ तरिकाले काठ उपलब्ध हुन्छ : मुख्यमन्त्री केसी
नारद कोहारतौलिहवा, जेठ २४ गते । प्रदेश सरकर वन सम्बन्धी ऐन नियम बनाएको कारण सम्पूर्ण जनतालाई सर्वसुलभ तरिकाले काठ उपलब्ध हुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बताउनुभएको छ । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशले कपिलबस्तुको जितपुरमा आयोजना गरेको अन्र्तक्रिया तथा सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सबै सामुदायिक वनले आ–आफ्नो नियमअनुसार राजश्व तिर्ने, संरक्षण गर्ने र लाभ पाउने व्यवस्था प्रदेश सरकारले गरेकाले आउने दिनमा वनभित्र चोरी निकासी नहुने मुख्यमन्त्री केसीले बताउनुभयो ।प्रदेशको ५९ प्रतिशत वनको स्रोत भएकाले समृद्ध प्रदेश बनाउन यसले कोसेढुंगा सावित हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले वन क्षेत्रलाई मात्रै व्यवस्थित ग¥यो भने पर्यटकीय प्रर्वद्धनमा पनि ठूलो टेवा पुग्ने बताउनुभयो ।”आउने आर्थिक वर्षदेखि लुम्बिनी प्रदेशको सबै सरकारी निकायमा आफ्नै प्रदेशमा उत्पादित फर्निचरको प्रयोग हुने समेत उहाँले बताउनुभयो । यसको लागि एउटा ठूलो अभियान सञ्चालन गर्ने उहाँले बताउनुभयो ।
रुपन्देहीमा श्रमिक अस्पताल स्थापनाका लागि स्थान खोजी गरिँदै
सरकारले स्थापना गर्न लागेको श्रमिक अस्पतालका लागि रुपन्देहीमा सम्भाव्य स्थानको खोजी गर्न थालिएको छ ।
जमुनाहा नाकामा स्वास्थ्य मापदण्ड पालनामा कडाइ सुरु
भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि भारतका ठूला सहरबाट फर्किने नेपालीहरुमा पनि सङ्क्रमण देखिन थालेको छ ।
बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते
पूर्व पश्चिम राजमार्ग अन्तरर्गत बाँकेको सम्शेरगञ्जमा यात्रुबाहक बस अनियन्त्रित भै पल्टिएर दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् ।
बिनापाठ्यपुस्तक कक्षा सञ्चालन
रुकुमपूर्वका विद्यालयमा पाठ्यपुस्तकबिनै पठनपाठन सुरु हुँदा असहज भएको भन्दै विद्यार्थीको गुनासो बढ्दै गएको छ । स्थानीय तहको निर्वाचनलगत्तै विद्यालय खुले पनि अधिकांश विद्यार्थीसँग पाठ्यपुस्तक छैन । जेठ महिना सकिनै लाग्दा पनि जिल्लामा पाठ्यपुस्तक पुग्न सकेका छैनन् ।
गोली लागेर एकको मृत्यु
बर्दियाको खाता जैविक मार्गलगायत आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण बढेको भन्दै आन्दोलनमा उत्रिएका आन्दोलनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीके गोली लागी एकजनाको मृत्यु भएको छ ।
सामूहिक बलात्कार गरेको आरोपमा सात पक्राउ
फेसबुकमार्फत चिनजान भएका १७ वर्षका हेमराज थारुले आफ्नो जन्मदिन मनाउन भन्दै भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराजलगायत सातजनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
डुबान रोक्न नालाको सरसफाइ शुरु
वर्षाको समयमा ढल र नाला थुनिएर नेपालगञ्ज जलमग्न हुने देखिएपछि यस पटक यहाँ वर्षा शुरु हुनुभन्दा अगावै ढल र नालाको सरसफाइ गर्न थालिएको छ । ढल र नालामा फोहर थुप्रिएर पानीको निकास नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेकाले केही ठाउँमा दैनिक ज्यालादारीमा जनशक्ति परिचालन गरेर जेसिभीमार्फत सरसफाइको काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।
रक्तसञ्चार भ्यान हस्तान्तरण
नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाद्वारा सञ्चालित नवलपुर रक्तसञ्चार सेवाका लागि रक्तसञ्चार भ्यान हस्तान्तरण गरिएको छ । नेपाल हिल्फे बाइलंग्रिस इभि जर्मनीबाट रक्तसञ्चार केन्द्रका लागि भ्यान हस्तान्तरण गरिएको हो ।
बस दुर्घटनाका मृतक नौ जनाकाे सनाखत
कपिल ज्ञवालीसिद्धार्थनगर, जेठ २३ गते । रुपन्देहीको रोहिणीमा आइतबार भएको बस दुर्घटनाका मृतक नौ जनाकै सनाखत भएको छ । मृतक सबैको शव परिवारले बुझेका छन् ।जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रबाहक बस रोहिणी पुलबाट खोलामा खस्दा बसमा सवार ३२ जनामध्ये एक महिला र ८ जना पुरुषको मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताउनुभयो । दुर्घटनामा परेर मृत्यु हुनेहरूमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, तिलोत्तमा–२,योगीकुटीका ५६ वर्षका विष्णु पौडेल, रुपन्देही ओमसतिया गाउँपालिका–४ का ६५ वर्षका राजेन्द्र्रसाद पाण्डे, तिलोत्तमा नगरपालिका–८ की ३७ वर्षकी तुलसी बस्याल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षका दिनेश दास छन् ।त्यस्तै, बुटवल उपमहानगरपालिका–६ आदर्शनगर बस्ने ४० वर्षका अरविन्द शर्मा, ५० वर्षका नागेन्द्र शर्मा, महोत्तरी पिप्रहवा– ५का ३० वर्षका चन्दन यादव र सीतामढी भारतका ४५ वर्षका सञ्जय गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।घाइते सबैको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते २३ जनामध्ये २१ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । सामान्य घाइते दुई जना डिस्जार्ज भएका छन् । घाइते २१ जनामध्ये १५ जनाको अवस्था गम्भीर र बाँकीको मध्यम रहेको प्रहरीले जनाएको छ ।चालक निदाएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख केशव केसीले बताउनुभयो ।
लोकप्रियताका लागि महत्वाकाङ्क्षी निर्णय
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाका स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिले लोकप्रियताका लागि प्रचारमुखी र महत्त्वाकाङ्क्षी निर्णय सार्वजनिक गर्न थालेका छन् । सातवटा पालिकामा हरेकजसोले यस्तो निर्णयमा प्रतिबद्धता व्यक्त गर्न थालेको पाइएको छ ।
रुपन्देही बस दुर्घटनामा परेका आठ मृतकको सनाखत
जनकपुरबाट भैरहवा आउँदैगरेको लु.२ ख. ३८४१ नम्बरको यात्रुबाहक बस रूपन्देहीको रोहिणी नदीमा दुर्घटना हुँदा ९ जनाको मृत्युभएकामध्ये आठ जनाको सनाखत भएको छ ।
अर्घाखाँची जिससमा एमाले प्यानलै निर्विरोध
जिल्ला समन्वय समिति अर्घाखाँचीमा नेकपा (एमाले) का उम्मेदवारहरु प्यानलै निर्विरोध निर्वाचित हुनुभएको छ । पाँचदलीय गठबन्धनले निर्धारित समयमा उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । मतदातामध्ये ८ जना बहुमत एमालेको पक्षमा भएपछि गठबन्धनबाट उम्मेदवारी दर्ता समेत नभएपछि उहाँहरु निर्विरोध हुनुभएको हो ।
लुम्बिनीमा थन्किएका विद्युतीय बस दुई महिनापछि सञ्चालनमा आउने
लुम्बिनीमा त्यत्तिकै थन्किएका विद्युतीय सवारी साधन अब दुई महिनापछि सञ्चालनमा ल्याइने भएको छ।
पाल्पाका स्थानीय तहलाई चार अर्ब आठ करोड बजेट
रेखीराम रानापाल्पा, जेठ २२ गते। पाल्पाका १० स्थानीय तहलाई आगामी आर्थिक वर्ष २०७९/०८० का लागि चार अर्ब आठ करोड २१ लाख बजेट विनियोजन भएको छ। गएको जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको बजेटमा पाल्पाका दश पालिकालाई चार अर्ब आठ करोड २१ लाख बजेट छुट्टयाइएको हो।विनियोजित रकममध्ये समानीकरण अनुदानमा एक अर्ब १४ करोड ८३ लाख, सशर्त अनुदानतर्फ दुई अर्ब ७७ करोड १३ लाख, समपूरक अनुदान ११ करोड २० लाख र विशेष अनुदान पाँच करोड पाँच लाख रकम रहेको छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका स्थानीय तहलाई अघिल्लो वर्षभन्दा यो वर्ष २६ करोड ४६ लाख बढी रकम विनियोजन गरिएको छ। जिल्ला सदरमुकाम तानसेनलाई समानीकरण अनुदानमा १७ करोड ६१ लाख, शसर्त अनुदानमा ४५ करोड ४२ लाख, समपूरक अनुदान तीन करोड र विशेष अनुदानमा ५० लाख गरेर जम्मा ६६ करोड ५३ लाख विनियोजन गरिएको छ। यस्तै रामपुर नगरपालिकालाई जम्मा ४९ करोड ८१ लाख विनियोजन भएको छ। सोमध्ये समानीकरण अनुदानमा १३ करोड ३७ लाख, सशर्त अनुदान अन्तर्गत ३४ करोड २४ लाख, समपूरक अनुदानमा एक करोड ७० लाख र विशेष अनुदानमा ५० लाख रकम रहेको छ।रैनादेवी छहरा गाउँपालिकालाई समानीकरण अनुदानमा ११ करोड ५५ लाख, सशर्त अनुदान अन्तर्गत ३२ करोड १० लाख, विशेष अनुदान एक करोड २० लाख र समपूरक अनुदान ८० लाख गरेर ४५ करोड ६५ लाख विनियोजन भएको छ। रिब्दीकोट गाउँपालिकाका लागि समानीकरण अनुदानमा नौ करोड ८० लाख, सशर्त अनुदान अन्तर्गत २४ करोड ९४ लाख र समपूरक अनुदानमा ७० लाख गरी ३५ करोड ४४ लाख बजेट विनियोजन गरिएको अर्थ मन्त्रालयले जनाएको छ। माथागढी गाउँपालिकामा विनियोजित कूल ३८ करोड ६३ लाख रकम विनियोजन गरेकोमध्ये समानीकरण अनुदानमा ११ करोड ३३ लाख, सशर्त अनुदानमा २६ करोड ३० लाख र समपूरक अनुदानमा एक करोड रहेको छ। रम्भा गाउँपालिकालाई ३४ करोड २५ लाख विनियोजन गरिएको छ। रम्भाको समानीकरण अनुदानमा १० करोड ३१ लाख, सशर्त अनुदान अन्तर्गत २३ करोड चार लाख र समपूरक अनुदानमा ९० लाख बजेट विनियोजन गरिएको छ।तिनाउ गाउँपालिकाका लागि ३० करोड ५४ लाख रकममध्ये समानीकरण अनुदानमा नौ करोड ६२ लाख, सशर्त अनुदान अन्तर्गत २० करोड ४७ लाख र विशेष अनुदानमा ४५ लाख रकम विनियोजन गरिएको छ। बगनासकाली गाउँपालिकाका लागि ३४ करोड ७३ लाख विनियोजन भएको रकममध्ये समानीकरण अनुदानमा १० करोड ७० लाख, सशर्त अनुदान अन्तर्गत २२ करोड ९३ लाख, समपूरक ७० लाख र विशेष अनुदान ४० लाख रहेको छ। पूर्वखोला गाउँपालिकालाई विनियोजित ३२ करोड ८८ लाख रकममध्ये समानीकरण अनुदानमा नौ करोड ९५ लाख, सशर्त अनुदान अन्तर्गत २० करोड ९३ लाख, समपूरक अनुदान ७० लाख र विशेष अनुदानमा एक करोड ३० लाख रहेको छ।निस्दी गाउँपालिकामा समानीकरण अनुदानमा १० करोड ५९ लाख, सशर्त अनुदान अन्तर्गत २६ करोड ७६ लाख, समपुरक अनुदानमा एक करोड ३० लाख र विशेष अनुदानमा एक करोड १० लाख गरी ३९ करोड ७५ लाख विनियोजन भएको छ।
माछा मार्ने क्रममा डुबेर मृत्यु
नारद कोहारतौलिहवा, जेठ २२ गते । कपिलबस्तुको विजयनगरमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर गाउँपालिका १ का ४५ वर्षीय जोकबहादुर खन्गाहा रहेको कपिलबस्तुका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताउनुभयो । खन्गाहाको शनिबार साँझ माछा मार्ने क्रममा चिरही खोलामा डुबेर मृत्यु भएको उहाँले बताउनुभयो ।माछा मार्न खोलामा गएका खन्गााहालाई खोलामा डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खन्गाहाको शवलाई पोस्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगंज लगिएको छ ।शवलाई पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।
गुल्मीमा मृत अवस्थामा चितुवा फेला
गुल्मीमा जंगली चितुवा मृत अबस्थामा फेला परेको छ ।जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्वर ३ को लूम्छामा मृत अवस्थामा चितुवा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिनुभयो ।
अत्यधिक गर्मीले मौसमी बिरामी बढे
अत्यधिक गर्मीका कारण पश्चिम तराईको जनजीवन नराम्ररी प्रभावित भएको छ । केही दिनयता एक्कासि गर्मी बढेपछि मौसमी बिरामीको सङ्ख्या पनि बढ्न थालेको छ । मौसमी रोगका कारण बाँकेको नेपालगञ्ज र कोहलपुरस्थित अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको भीड बढ्न थालेको छ ।गर्मी बढेसँगै दिनानुदिन बिरामीको सङ्ख्या पनि बढ्दै गएको स्वास्थ्यकर्मी बताउँछन् । विशेषगरी मौसमी ज्वरो, झाडापखाला, टाउको दुख्ने र शरीर चिलाउने जस्ता समस्या देखिएका छन् ।
अवरुद्ध कालीगण्डकी करिडोर खुल्यो
पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर खुलेको छ । शनिवार साँझ जिल्लाको हर्मिचौर अर्वेनी सडकखण्डको गरगरेमा सडक माथिबाट ढुंगा सहित पहिरो खसेका कारण सडक अवरुद्ध भएको थियोे ।
क्षयरोगको औषधि अभाव हुँदा डेढ सय विरामी प्रभावित
दाङमा क्षयरोगका बिरामीको लागि औषधि अभाव भएको छ । १४ वर्ष मुनिका बच्चाका लागि ‘एचजेडआर’ नामक औषधि अभाव रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका क्षयरोग फोकल पर्सन रेणु आचार्यले जानकारी दिनुभयो ।
रोहिणी खोलामा बस खस्दा नौको मृत्यु, २३ घाइते
भैरहवा–परासी सडक खण्ड अन्तर्गत रुपन्देहीको रोहिणी खोलामा यात्रुवाहक बस दुर्घटनाग्रस्त हुँदा नौ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवाका लागि छुटेको लु२ख ३८४१ नम्बरको बस पुलबाट खोलामा खसेको हो ।
साइरन बजाएर यात्रु ओसार्ने एम्बुलेन्स कारवाहीमा
निकै हतार गरेर साइरन बजाउदै अघि बढेको एम्बुलेन्सलाई प्रहरीको आशंकापछि जाँच गर्दा नक्कली विरामी फेला पारेको छ । रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि पक्राउ गरी कारबाही प्रकृया अघि बडाएको छ । बा२झ १७४३ नंको एम्बुलेन्स भाडामा यात्रु बोकेको अवस्थामा ट्राफिक कारबाहीमा परेको हो ।