कपिलवस्तुको दुई सुरक्षित खानेपानीयुक्त वडा घोषणा
कपिलवस्तुको बाणगंगा नगरपालिकाको दुई वडा सुरक्षित खानेपानीयुक्त वडा घोषणा भएको छ । लुम्बिनी प्रदेश पर्यटन, ग्रामीण तथा शहरी विकास राज्यमन्त्री रीना नेपालले पालिकाको वडा १ र ४ लाई सुरक्षित खानेपानी वडा घोषणा गर्नुभयो ।
चिसोका कारण अस्पतालमा बिरामी बढे
बुटवल र आसपासका क्षेत्रमा चिसो बढेपछि यस क्षेत्रका स्थानीयमा रुघाखोकी, निमोनियाको बिरामी बढेको छ । ज्यालादारी, मजदुरी गरेर गुजारा गर्ने विपन्न समुदायका मानिस चिसोबाट बढी प्रभावित भएका छन् ।
मानवसेवा आश्रमका ज्येष्ठ नागरिकलाई ५० थान कम्बल वितरण
केही दिनयता चलेको शितलहर र हुस्सुले बाँकेमा अत्यधिक चिसो बढेपछि कर्मचारी मिलन केन्द्रले मानवसेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई ५० थान कम्बल वितरण गरेको छ ।
डुडुवामा सडक निर्माण सुरु
बाँकेको डुडुवा गाउँपालिकाले पालिकाभित्रको सबैभन्दा ठूलो सडक निर्माण सुरु गरेको छ। गाउँपालिकाको अति विकट क्षेत्र मानिने रामनगर पाँझा पीसीसी (प्लेन सिमेन्ट कङ्क्रिट) सडक निर्माणको कार्य सुरु गरिएको पालिकाले जनाएको छ। सडक निर्माणपश्चात् गाउँपालिकाको वडा नं. २ अन्तर्गत डुडुवा, नालापारि, रामनगर, पाँझा, चौफेरी, कृषि चौफेरी, बोर्डर चौफेरी, छिटाइपुर्वाका करिब साढे तीन सयभन्दा बढी घरधुरी र नरैनापुर गाउँपालिकाका केही मानिसले प्रत्यक्ष लाभ लिनेछन् भने कृषिकर्मका लागि पनि सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो।
नारायणीमा सौन्दर्य बाँध
भारत सरकारले नवलपरासीस्थित नारायणी नदीमा करिब ५० करोड रुपियाँको लागतमा ठूलो प्रोटेक्सन (सुरक्षा) बाँध निर्माण गरिरहेको छ। नारायणी नदी (गण्डक नदी)को सौन्दर्य र त्रिवेणीधामदेखि गण्डक ब्यारेजसम्मको सडक बाँध संरक्षणका लागि नदीको पश्चिमतर्फ ‘मेका फेरि कन्सेप्ट’मा ‘रिफ्लेक्सन’ बाँध निर्माण गरिरहेको हो।
बाँकेमा तीन महिनापछि भेटिए कोभिड सङ्क्रमित बिरामी
बाँकेमा करिब तीन महिनापछि कोभिड सङ्क्रमित बिरामी भेटिएका छन् । नेपालगञ्जको जमूनाह नाका परीक्षणकाक्रममा भारतबाट फर्कदैंगरेकी जाजरकोटकी ३० बर्षीया महिलामा कोभिड सङ्क्रमण देखिएको हो ।
गुल्मीमा भुस्याहा कुकुरको आतङ्क, स्थानीय हैरान
गुल्मीको मुख्य सडक र बजारमा भुस्याहा कुकुरको आतङ्क मच्चिएकाे छ । केही महिना शान्त रहेको तम्घासमा पुनः भुस्याहा कुकुरको आतंक मचिँदा नियन्त्रण र ब्यबस्थापन गर्न सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ ।
बाँकेका दुई गाउँपालिकामा टेलिकमका थप टावर जडान हुने
बाँकेका दुई दुर्गम गाउँपालिकामा नेपाल टेलिकमले थप टावर जडान गर्ने भएको छ । टेलिकमले राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा थप टावर जडान गर्नुभएको हो ।
लुम्बिनी प्रदेश सभाको बैठक पुस १८ गते आह्वान
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाको बैठक पुस १८ गतेका लागि आह्वान गर्नुभएको छ ।
चिसो ह्वात्तै बढेपछि जनजीवन कष्टकर
तीन दिनदेखि चिसो ह्वात्तै बढेपछि बाँकेलगायत पश्चिम तराको जनजीवन कष्टकर बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन प्रभावित छ ।
शिक्षक नहुँदा विद्यार्थीले पाएनन् पढ्न
अर्घाखाँचीको वराहनेटा आधारभूत विद्यालयमा कक्षा ७ को गणित विषयको नियमित पढाइ हुनसकेको छैन। सदरमुकाम सन्धिखर्कमा रहेको सो विद्यालयमा शिक्षकको अभावमा उक्त विषयको पठनपाठन हुन नसकेको हो।
छिप्रिदहको संरक्षण गरिँदै
रुकुमपूर्वको सिस्ने गाउँपालिका–६, रुकुमकोटमा रहेको ऐतिहासिक छिप्रिदह संरक्षणका लागि मन्दिर र पार्क निर्माणको काम अघि बढेको छ। रुकुमकोट सहरीकरण उन्मुख भएपछि बढेका विभिन्न गतिविधिका कारण छिप्रिदह सङ्कटका परेको भन्दै स्थानीय सरकारले छिप्रिदह संरक्षण तथा मन्दिर निर्माण योजना ल्याएको हो।
मुख्यमन्त्री सम्मेलन स्थगित
लुम्बिनी प्रदेश सरकारले गर्ने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ । पुस १५ गते लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन गर्ने कार्यक्रम स्थगित भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
हुस्सुका कारण उडान प्रभावित, अस्पतालमा बिरामी बढे
बाँकेमा दुई दिनदेखि सुरु भएको सित लहर र हुस्सुका कारण चिसो अत्यधिक बढेको छ । मंगलबारदेखि सुरु भएको शितलहर र हुस्सुले गर्दा चिसो धेरै बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।
सामान आयातमा कडाइ गरेपछि राजश्व घट्यो
बिलासिताका वस्तु भन्दै सरकारले लामो समयसम्म केही सामानको आयातमा प्रतिबन्ध र केही सामानको आयातमा कडाइ गरेपछि यसको प्रत्यक्ष असर भन्सार राजश्वमा परेको छ । जसका कारण भैरहवा भन्सारको राजश्व सङ्कलन लक्ष्यको तुलनामा झण्डै आधा मात्र छ ।
स्थानीयलाई विद्युतीय आगलागी नियन्त्रण गर्न सिकाइँदै
चेतनाको अभावले नेपालगञ्जमा घरेलु र विद्युतीय आगलागीको जोखिम अत्यधिक बढेपछि बाँकेको टोल टोलमा आगलागी नियन्त्रण गर्ने तरिका सिकाउन थालेको छ ।
राप्ती शान्ति उद्यानमा पर्यटकको आकर्षण बढ्यो
दाङमा सामुदायिक वनको जमिनलाई पार्कका रुपमा विकास गरेपछि पछिल्लो समय तुलसीपुर उपमहानगरपालिका –७ गणेशपुरस्थित राप्ती शान्ति उद्यानमा दिनहुँजसो भीडभाड लाग्नेगरेको छ ।
अध्ययनसँगै पुर्ख्यौली पेसा
गुल्मीको इस्मा गाउँपालिका–२, हस्तीचौरकी सम्झना नेपाली १८ वर्ष हुनुभयो । सदरमुकाम तम्घासकै सिद्धबाबा माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गर्नुभएकी सम्झना अहिले जुत्ता सिलाउन व्यस्त हुनुहन्छ । स्नातक तह अध्ययन गर्ने सुरसारमा रहेकी सम्झना १२/१३ वर्षको उमेरदेखि नै जुत्ता सिलाउन बुवा चन्द्रबहादुर नेपालीसँग सिकेको बताउनुहुन्छ ।
अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण
राष्ट्रिय भूमि आयोग रुपन्देहीले अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न सुरु गरेको छ । नापजाँचको काम सकिएकाले जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो । पहिलो चरणमा बुटवल उपमहानगरपालिका र रुपन्देहीकै मायादेवी गाउँपालिकाको १८ जनालाई जग्गा प्रमाणपुर्जा वितरण गरेको हो ।
ओझेलमा लरैना मन्दिर
धार्मिक तथा पर्यटकीय दृष्टिकोणले राम्रो सम्भावना बोकेको लरैना मन्दिर ओझेलमा परेको छ । राज्यले संरक्षण र प्रवद्र्धनमा ध्यान नदिँदा वराहक्षेत्र वाशुदेव धार्मिक स्थलमा रहेको लरैना मन्दिर ओझेलमा परेको हो । घोराही उपमहानगरपालिका–९, लरैनामा स्थानीयवासीले २०४५ सालमा वराहक्षेत्र वाशुदेव मन्दिरको निर्माण गरेर यस क्षेत्रको विकासको थालनी गरेको हो । राज्यको सहयोग नहँुदा यस क्षत्रे विकासमा पछि परेको छ ।
सङ्कटमा प्रकृतिका कुचीकार–गिद्ध : पर्यावरणका लागि खतरा
चौपायाको सिनो फाल्ने ठाउँमा झुण्डका झुण्ड देखिने गिद्ध अहिले हराएका छन् । दश–पन्ध्र वर्ष पहिलेसम्म अग्ला सिमलका रुख तथा गाउँघर नजिकै मृत चौपायाको सिनो फाल्ने ठाउँतिर प्रकृतिका कुचीकार उपनामले परिचित गिद्धको बास हुन्थ्यो ।
महोत्सवमा कुस्तीको मस्ती (फोटो फिचर)
दंगल अर्थात् पहलमानबीच हुने लडाइँ कुस्ती प्रतियोगिता । सातौँ चन्द्रौटा महोत्सवमा रोमाञ्चक खेल कुस्ती सुरु भएपछि दर्शकको आर्कषण बढेको छ । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा सोमबारबाट कुस्ती प्रतियोगिता सुरु भएको छ । कुस्ती खेलतर्फ युवाको आकर्षण बढाउन प्रतियोगिता सञ्चालन भएको छ ।
सुन्तला नबिकेपछि जुस तयार
जिल्लाको सिस्ने गाउँपालिका–७ र ८ मा उत्पादन भएको सुन्तलाले बजार नपाएपछि किसानहरुले खेर जान नदिएर जुस तयार गरेका छन् । यस वर्ष यहाँ सुन्तला उत्पादनमा वृद्धि भए पनि पर्याप्त बजार पाउन नसकेको जनाएको छ ।
ढुङ्गा बिछ्याएर अस्थायी पुल
रोल्पा–दाङ सडकखण्डको ग्वार खोलामा ढुङ्गा बिछ्याएर हिउँदे पुल तयार पारिएको छ। मध्यदाङको बिजौरी, श्रीचौर हुँदै रोल्पाको होलेरी दहवन र सल्यान जोड्न ढुङ्गा बिछ्याएरै हिउँदे पुल बनाएका छन्। तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा पर्ने खोलामा पालिकाकै बजेटबाट पुल निर्माण गरे पनि रुन्टीगढी गाउँपालिका–८, रानीबास क्षेत्रमा ग्वार खोलाको पानीको बहाव बढेकाले यातायातका साधन सञ्चालनमा कठिनाइ हुँदै आएको छ।