• १२ मंसिर २०८१, बुधबार

ओझेलमा लरैना मन्दिर

blog

घोराही उपमहानगरपालिका–९ स्थित धार्मिक लरैना मन्दिर । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, पुस १३ गते । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले राम्रो सम्भावना बोकेको लरैना मन्दिर ओझेलमा परेको छ । राज्यले संरक्षण र प्रवद्र्धनमा ध्यान नदिँदा वराहक्षेत्र वाशुदेव धार्मिक स्थलमा रहेको लरैना मन्दिर ओझेलमा परेको हो । 

घोराही उपमहानगरपालिका–९, लरैनामा स्थानीयवासीले २०४५ सालमा वराहक्षेत्र वाशुदेव मन्दिरको निर्माण गरेर यस क्षेत्रको विकासको थालनी गरेको हो । राज्यको सहयोग नहँुदा यस क्षत्रे विकासमा पछि परेको छ । 

करिब एक बिगा १४ कट्ठा क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा स्थानीयवासी तथा केही व्यक्तिको पहलमा मन्दिर निर्माण गरिएको छ । झन्डै एक सय वर्ष पुरानो धार्र्मिक महत्व बोकेको मन्दिर प्रचारप्रसार अभावसँगै राज्यले विकासमा ध्यान नदिँदा पछाडिपरेको श्यामेस चौधरीले बताउनुभयो । 

यस क्षेत्रको धार्मिक महत्वसँगै पर्यटकीय सम्भावना रहे पनि राज्यबाट विकासको कुनै पनि पहल नभएको उहाँको गुनासो छ । लरैना मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको जानकारी चौधरीले दिनुभयो ।

सन्तान नहुने मानिसले यस मन्दिरमा आएर भाकल गरी पूजापाठ गरे सन्तान प्राप्त गर्ने जनविश्वास रहेको स्थानीय बताउँछन् । मन्दिर संरक्षणसँगै विकासका लागि स्थानीयवासीका तर्फबाट प्रयास भए पनि राज्यको सहयोग नपाउँदा मन्दिर ओझेलमा परेको नारायणपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष महेन्द्र दाहाल बताउनुहुन्छ ।

धार्मिक महìव बोकेको क्षेत्र रहेकाले पनि यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने उहाँको भनाइ छ । लरैया मन्दिरलाई वराह भगवान्का १२ भाइमध्ये कान्छो भाइ रहेको जनविश्वाससँगै पूजापाठ गर्ने प्रचलन छ  । 

यस क्षेत्रलाई वराह भगवान् कान्छो भाइ रहेको जनविश्वाससँगै यहाँ आएर तालमा नुहाउने र पूजा गर्ने प्रचलन छ । त्यही जनविश्वासका साथ माघेसङ्क्रान्तिमा पूजापाठसँगै मेला लाग्ने गरेको गर्छ । माघेसङ्क्रान्तिमा दाङसँगै बाँके, बर्दियालगायत विभिन्न क्षेत्रबाट दर्शनार्थी आउने गर्छन् ।