हाट जाने होइनौ तिमी.......
जाजरकोटी जनजनका मुखमा यो गीत निकै चर्चित छ । जाजरकोटबाट नुन लिन पैदल नेपालगञ्ज जानुपर्ने समयमा अधिकांश हटारुले यही गीत गाउँदै बाटो कटाउँथे । गाउँले सबै मिलेर हाट भर्न जान्थे । एक महिना लगाएर गाउँ फर्कंदा नुन, तेल, मसला, कपडालगायत सरसामान ल्याउँथे । बाटो कटाउने उही गीत हुन्थ्यो साथी, ‘हाट जाने होइनौ तिमी हटारु पठाउने.. ।’
जनताको मन छुने गरी काम गर्छु : मुख्यमन्त्री
लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको छ । आइतबार बसेको प्रदेश सभाको १०औँ अधिवेशनअन्तर्गतको १०औँ बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
गुल्मीमा आगलागी नियन्त्रण सम्बन्धी डेमो प्रर्दशन
इतबार विदाको दिन । तम्घास बजारमा खासै चहलपहल थिएन् । सरकारी कार्यालयहरु बन्द थिए । तर तम्घास चिदिचौरमा भने वरिपरि मानिसहरुको भिड देखिन्थ्यो । चिदिचौर अगाडी रहेको महेन्द्र माध्यमिक विद्यालय पनि बन्द थियो । अघिपछिका दिनमा चिदिचौरमा बजार गर्न हिडिरहेका मानिस देखिन्थे । यस दिन चिदिचौरको वातावरण अन्य दिनमा भन्दा फरक देखिन्थ्यो ।
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
लुम्बिनी प्रदेश सरकारको आर्थिक बर्ष २०७९–८० को नीति तथा कार्यक्रम पारित भएको छ । आईतवार बसेको प्रदेश सभाको १० औं अधिवेशन अन्तर्गतको १० औं बैठकले प्रदेश सरकारको आर्थिक बर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
तीनसय किसानलाई कृषि उपकरण वितरण
रुपन्देही सिद्धार्थनगरका तीनसय बढी किसानलाई विभिन्न कृषि उपकरण प्रदान गरिएको छ । दोगहरी स्मार्ट कृषिगाउँ कार्यक्रमको स्वीकृत आर्थिक वर्ष २०७८–७९ अन्तर्गत सिद्धार्थनगर–१० का किसानहरुलाई कृषि उपकरण उपलव्ध गराइएको हो । कृषि ज्ञान केन्द्र रुपन्देहीबाट अनुदान प्राप्त सामग्री वितरण गरिएको छ ।
हावाहुरीबाट केराखेतीमा क्षति, १६ हजार बोट नष्ट
पश्चिम नेपालको बाँके–बर्दियामा शनिबार साँझ आएको तीव्र गतिको हावाहुरीबाट फलफूलमा ठूलो क्षति पुगेको छ । अत्यधिक तिव्र गतिमा आएको हावा हुरीबाट दुबै जिल्लाका केरा र आँप खेतीलाई ठूलो क्षति पुगेको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ ।
बुटवलको खानेपानी समस्या समाधानमा मुहानको खोजी
बुटवलमा भैरहेको खानेपानी समस्याबारे गोरखापत्रले समाचार प्रकाशन गरेसँगै यहाँका जनप्रतिनिधिहरुले चासो देखाएका छन् । बुटवल उपमहानगरपालिकामा खानेपानी समस्याबारे जानकारी लिन जनप्रतिनिधिले स्थलगत अवलोकन गरेका हुन् ।
कालीगण्डकी करिडोरमा पहिरोको सास्ती
कालीगण्डकी कोरिडोरमा बारम्बार पहिरो खस्ने समस्याले यात्रु र सवारीलाई समस्या पर्ने गरेको छ । यसअघि नेपाली सेनाले बम विस्फोट गरी कोरिडोरको हर्मिचौर–पूर्तिघाट सडकखण्ड सामान्य अवस्थामा फर्काए पनि पानी परेपछि पहिरो खस्ने समस्या यथावत् रहेको छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापा कोरिडोरमा बारम्बार पहिरो खस्ने समस्याले यात्रु र सवारीलाई समस्या पर्ने गरेको बताउनुहुन्छ ।
विद्युतीय सवारी साधन अबको भविष्य : मन्त्री मगर
लुम्बिनी प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री पूर्मति ढेंगा मगरले विद्युतीय सवारी साधन अबको भविष्य भएको बताउनुभएको छ ।
बेपत्ता युवकको शव इनारमा फेला
कपिलवस्तुको कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका तीन दिनदेखि बेपत्ता युवकको शव इनारमा फेला परेको छ ।
बन्द नहरलाई युवाले मर्मत गरी सुचारु गरे
राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरमा लामो समयदेखि बन्द अवस्थामा रहेको सिँचाइ नहर मर्मत गरी पानी सञ्चालनमा ल्याइएको छ । नहर बन्द हुँदा किसानलाई समस्या भएपछि नेपाली कांग्रेसमा आवद्ध युवाले श्रमदान गरेर आफ्नै खर्चमा नहरको मर्मत सम्भार गरी नहरमा पानी सञ्चालन गरेका हुन् ।
विद्यालय बन्द गरेर यार्सा टिप्न पाटनतिर
रुकुमपूर्वमा शिक्षक र विद्यार्थी यार्सागुम्बा सङ्कलन गर्न हिँडेपछि विद्यालय बन्द भएका छन् । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका १, २ र ३ नम्बर वडाका अधिकांश विद्यार्थी यार्सा सङ्कलनका लागि पाटनतिर जाने गरेका छन् ।
नवलपरासीमा ड्रागन फ्रुटको खेती शुरु, किसान उत्साहित
पश्चिम नवलपरासीको वर्दघाट नगरपालिकाको विभिन्न स्थानमा किसानहरुले ड्रागन फ्रुटको खेती शुरु गरेका छन् । नवलपरासीमा पहिलो पटक नमुना खेतीको रुपमा १४ महिना पहिला रोपिएको ड्रागन फ्रुटले निर्धारित समयमा नै उत्पादन दिन थालेपछि वर्दघाट नगरपालिका ६ का किसान देवीदत्त सापकोटा हर्षित हुनुभएको छ ।
जिसस बाँकेको प्रमुखमा चौधरी र उपप्रमुखमा कार्की विजयी
जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा नेपाली कांग्रेसका ज्ञानेन्द्रकुमार चौधरी निर्वाचित हुनुभएको छ।
खानलाई पर्यटन प्रवर्द्धन पुरस्कार
नेपालगञ्ज, जेठ २७ गते। पर्यटनको प्रवर्द्धन र विकासका लागि निरन्तर कलम चलाएको भन्दै गोरखापत्र दैनिकका नेपालगञ्ज समाचारदाता सिराज खान सम्मानित हुनुभएको छ। पाँच हजार रुपियाँ नगद राशीसहितको सो पुरस्कार होटल व्यवसायी संघको शुक्रबार नेपालगञ्जमा भएको १८ औं साधारणसभा र १० औं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा प्रदान गरिएको हो। होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष हिराध्वज शाह, लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले र होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम कँडेलले संयुक्त रुपमा सो पुरस्कार र कदरपत्र प्रदान गर्नुभयो। सँगै पर्यटन पवद्र्धन पुरस्कार २०७७ बाट पत्रकारमा रुपा गहतराज, आषिस गुप्ता र रुपनी जिएम सम्मानित हुनुभएको छ। सो कार्यक्रममा सफल व्यवसाय गर्ने विभिन्न होटल व्यवसायी र अधिवेशनमा सहयोग गर्ने विभिन्न व्यवसायिक प्रतिष्ठानलाई पनि सम्मानित गरिएको थियो। उक्त अधिवेशन र साधारणसभामा बोल्ने अधिकांश वक्ताले कोभिड महामारीका कारण दुई वर्षदेखि होटल व्यवसाय सबैभन्दा बढी मारमा परेकोले सो व्यवसायलाई पुनः माथि उकास्न सरकारले विशिष राहात कार्यक्रम ल्याउनुपर्ने माग गरेका थिए।
सिद्धार्थनगरमा छाडा चौपाया
लक्ष्मण पौडेलभैरहवा, जेठ २७ गते। सिद्धार्थनगरमा छाडा चौपाया व्यवस्थापन चुनौतीपूर्ण हुने देखिएको छ। छाडा चौपाया व्यवस्थापनलाई मध्यनजर गर्दै नगर प्रमुख इश्तियाक अहमद खानले शपथ ग्रहणकै दिन पहिलो प्राथमिकतामा कान्जी हाउस निर्माण गर्ने घोषणा गर्नुभएको थियो।यसअघि निवर्तमान नगर प्रमुख हरिप्रसाद अधिकारीले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा नगर क्षेत्रभित्र अव्यवस्थित रुपमा छाडिएका छाडा चौपाया व्यवस्थापनका लागि ५४ लाख ५० हजार विनियोजन गर्नुभएको थियो। एक वर्षमा समस्या समाधान हुने दाबीका साथ नगरपालिकाले लाखौँ रुपियाँ लगानी गर्ने योजना बनाए पनि आर्थिक वर्ष सकिन लाग्दा कान्जी हाउस कहाँ बनाउने बारे टुङ्गो समेत लागेको छैन। छाडा पशु चौपायाका कारण रुपन्देहीमा सवारी साधन दुर्घटना समेत बढिरहेको छ। साथै नगरलाई समेत कुरुप बनाइरहेको छ। नगरपालिकाका अनुसार हालसम्म कान्जी हाउस सम्बन्धी कुनै पनि प्रक्रिया सुरु भएको छैन। सिद्धार्थनगर–११ स्थित नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा कान्जी हाउस बनाउने भनिए पनि यसबारे कुनै टुङ्गो छैन।वडा नम्बर ११ सिसवास्थित सार्वजनिक जग्गामा कान्जी हाउस (पशु बन्दी गृह) निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गरेर सञ्चालनमा ल्याउने भनिएको थियो। नगरभित्र रहेका छाडा चौपायालाई त्यहाँ राखेर संरक्षण, उपचार र पालनपोषण गर्नेगरी नगरपलिकाको स्वामित्वमा करिब ४-५ बिघा जग्गा सो क्षेत्रमा रहेको वडाध्यक्ष दिलीप यादवले बताउनुभयो। कान्जी हाउस निर्माणका लागि प्रयोगमा ल्याउने भने पनि स्थानीयले अवरोध गरेपछि प्रक्रिया अगाडि बढेको छैन। संविधानमा स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद–३ अन्तर्गत दफा-११ को उपदफा २ मा छाडा पशु चौपाया नियन्त्रण गर्ने अधिकार स्थानीय तहलाई सुनिश्चित गरेको छ । यस्ता कार्यमा नगरपालिकाले अग्रसरता देखाएपछि नगरवासी उत्साहित भएका थिए। तर, बजेट विनियोजनपछि पनि अवस्थामा सुधार नभएपछि उनीहरू निराश बनेका छन्। कान्जी हाउसका लागि यत्रो बजेट विनियोजन गर्नु नगर इतिहासमै पहिलो हो। कान्जी हाउसका साथसाथै थप चार लाख बजेट नगरपालिकाले छाडा चौपाया व्यवस्थापनको यातायातमा खर्च गर्नका लागि छुट्याएको थियो। भलुही र बाउन्नकोटीमा रहेको गौशालाका लागि २–२ लाख बजेट नगरपालिका क्षेत्रमा दुर्घटनामा परेका चौपायाको उपचार र छाडा चौपाया व्यवस्थापनको यातायातमा सो रकम खर्च हुने गरी विनियोजन गरिएको थियो। छाडा चौपायाले सहरको सुन्दरीकरणमा ह्रास पुर्याउनुका साथै दुर्घटना पनि बढाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार पछिल्लो तीन वर्षमा छाडा चौपायाबाट हुने दुर्घटनाको संख्यामा वृद्धि भएको छ।पछिल्लो तीन वर्ष रुपन्देहीको बुटवलबाहेक यस क्षेत्रमा दर्जनभन्दा बढी सवारी साधन दुर्घटना छाडा चौपायाकै कारण भएको छ। सडकमा छाडिएका चौपायाका कारण ठूलो दुर्घटना हुने जोखिम कायम छ। भैरहवाको मुख्य बजार बैंक रोड, गल्लामण्डी, वीपीपथ, लुम्बिनी रोड, आवारोड, हाटबजार, मिलनचोक, नारायणस्थान, सिद्धार्थराज मार्गलगायतका स्थानमा पशु चौपायाकोले आवगमनमा पनि अवरोध हुने गरेको छ।
प्रमुखमा गोला प्रथाबाट एमालेका आचार्य निर्वाचित
कपिलवस्तु जिल्ला समन्वय समितिको निर्वाचनमा प्रमुखका उम्मेदवारले बराबर मत प्राप्त गरेपछि गोला प्रथाबाट नेकपा (एमाले) का बाबुराम आचार्य निर्वाचित हुनुभएको छ । दुबै उम्मेदवारले १० – १० मत प्राप्त गरेपछि गोला प्रथाबाट नेतृत्व चयन गरिएको हो ।
गुल्मीमा जेसिबी पल्टिदा चालकको मृत्यु
गुल्मीमा जेसिबी पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छातर्फ आउँदै गरेको लु१क ४७७१ नम्बरको जेसिबी सडकदेखि करिब पाँच सय मिटर तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको हो ।
कपिलवस्तुमा नक्कली नागरिकता पेश गर्ने दुईजना पक्राउ
कपिलवस्तुमा नक्कली नागरिकता पेश गरी नागरिकता बनाउन खोजेको आरोपमा दुईजना पक्राउ गरेका छन् ।
लुम्बिनी कपास उद्योगमा आगलागी
रुपन्देहीको सैनामैनामा रहेको लुम्बिनी कपास उद्योगमा आगलागी भएको छ । सैनामैना नगरपालिका–६ कलौनी स्थित पुरानो बजार नजिक रहेको लुम्बिनी कपास उद्योगमा बिहानदेखि आगो लागेको हो ।
विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन
बाँकेमा विद्युतीय सवारीका लागि पहिलो पटक चार्जिङ प्वाइन्ट (स्टेसन) सञ्चालन भएको छ । कोहलपुर चौराहास्थित बीबी इन्टरप्राइजेजले विद्युतीय सवारीका लागि चार्जिङ प्वाइन्ट (स्टेसन) सञ्चालन गरेको हो ।
कपिलवस्तुको वन क्षेत्रबाट बालुवा तस्करी
कपिलवस्तुको बाणगङ्गा नगरपालिकाका नदी किनारको वन क्षेत्र उत्खनन गरेर बालुवा तस्करी भएको छ । नगरपालिकाको वडा ६ रुधौलाघाट नाकासँग जोडिएको वन क्षेत्रबाट बालुवा तस्करी भएको हो । नदीको सतहमा बालुवा पाउन छाडेपछि वन क्षेत्र आसपासबाट बालुवा निकाल्न थालिएको छ ।
अत्यधिक गर्मी र ‘लु’का कारण बाँकेको जनजीवन अस्तव्यस्त
बाँकेमा तातो हावा ‘लु’ चल्ने क्रम बढ्दै गएपछि यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । गर्मी सुरु भएसँगै बाँकेमा तापक्रम बढेर ४४ डिग्री पुगेको छ ।
लुम्बिनीको नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता
कबिन्द्र नेपालमणिग्राम (रुपन्देही), जेठ २५ गते। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश सभाको बुधबार बसेको दशौं अधिवेशनको छैठौं बैठकमा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले सरकारले तयार गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। ‘सम्मृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश’ बनाउने संकल्पका साथ लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा प्रदेशको कृषि, स्वास्थ्य, उद्योग र पर्यटन क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख शेरचनले लुम्बिनी प्रदेशलाई आत्मनिर्भर बनाउन कृषि उत्पादनलाई बढाउने तथा निर्यातलाई प्रोत्साहन र आयातलाई निरुत्साहन गर्ने नीति अवलम्बन गर्ने उल्लेख गर्नुभयो। लुम्बिनी प्रदेशलाई लगानीको हब बनाउन लगानी सम्मेलन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। त्यसैगरी लगानीमैत्री वातावरण निर्माण गर्ने, रोजगारी सिर्जना गर्ने, गरिबी न्यूनिकरण तथा प्रदेशको स्थायी राजधानी व्यवस्थापनका लागि नीति तथा कार्यक्रममा जोड दिइएको छ।लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र पाल्पाको रामपुरदेखि रोल्पाको कपुरकोट जोड्ने जीवराज आश्रित कृष्णसेन इच्छुक राजमार्ग निर्माणलाई प्रदेशकै गौरवको आयोजनाको रुपमा नीति तथा कार्यक्रमले प्राथमिकता दिएको छ। त्यसैगरी अर्घाखाँचीको नौमुरे जलविद्युत आयोजनालाई संघीय सरकारसँग सहयोग र समन्वयमा निर्माण अघि बढाउने, बुटवललाई आर्थिक र कपिलवस्तुलाई सांस्कृतिक राजधानीका रुपमा विकास गर्ने संकल्प नीति तथा कार्यक्रममा गरिएको छ। मृर्गौला, मुटु रोगी र क्यान्सर जस्ता रोगका बिरामीलाई दुई लाख रुपैयाँ उपचार खर्च दिने व्यवस्था नीति तथा कार्यक्रममा गरिएको छ। सुत्केरीलाई पोषण खर्च दिने र गर्भवतीलाई अति आवश्यक बेला निःशुल्क हवाई सेवा उपलब्ध गराउने कार्यक्रममा उल्लेख गरिएको छ। नीति तथा कार्यक्रममा छोरीको शिक्षा प्रदेश सरकारको प्राथमिकता भन्ने नारा आत्मसाथ गरेर कार्यक्रम सञ्चालन गर्ने, रुपन्देहीको छपियामा विज्ञान प्रयोगशाला स्थापना गर्ने, युवा स्वरोजगार कार्यक्रम संचालन गर्ने, प्रदेशका विभिन्न स्थानमा खुला व्यायामशाला निर्माण गर्ने, मुख्यमन्त्री खेलकुद कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। नीति तथा कार्यक्रममा कृषिलाई बढी जोड दिँदै प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन विभिन्न कृषि प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ। कृषि उत्पादन अन्तर्गत आयात घटाउने र निर्यातलाई बढाउन कृषिमा विभिन्न अनुदान, सुलभ ऋण, सहयोग तथा कृषिमा रोजगारी बढाउन आयमूलक कार्यक्रमका साथै रैथाने बालको संरक्षणलाई प्राथमिकतामा राखिएको छ। ‘एक स्थानीय तह एक नमूना उत्पादन’ नीति लागू गर्ने, कृषि अनुदानलाई प्रतिफलमा आधारित बनाउने, स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गर्ने, चक्लाबन्दी कार्यक्रमलाई प्रोत्साहन गर्ने र बाँझो जमिन राख्न नपाउने नीतिलाई कडाईका साथ लागू गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ।त्यसैगरी नीति तथा कार्यक्रममा एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्राम निर्माणलाई प्राथमिकता दिइएको छ भने लुम्बिनी प्रदेशलाई लगानी हवको रुपमा विकास गर्न साना, घरेलु र कुटिर उद्योग स्थापना गर्न ग्रामीण तहका लगानीकर्तालाई प्रोत्साहन गरिने उल्लेख छ। लुम्बिीलाई बुद्ध सर्किटसंग जोड्ने गरि बृहद बुद्ध सर्किट निर्माण गर्ने, लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हिल स्टेशन निर्माण गर्ने, होमस्टेलाई स्थानीय संस्कृतिसँग जोडन प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, पर्यटन पूर्वाधार विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा छ। त्यसैगरी नीति तथा कार्यक्रममा कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न केन्द्र सरकारसँगको समन्वयमा प्रकृया अघि बढाउने, डिजिटल प्रदेशको अवधारणा अघि बढाउन हातहातमा प्रदेश सरकार भन्ने नारासहित विद्युतीय सेवालाई विस्तार गर्ने, पत्रकारको सीप र क्षमता बढाउन विभिन्न सीपमूलक तालिम कार्यक्रम संचालन गर्ने, टिमुर र तेजपत्तालाई प्रदेशको जडिबुटी श्रोतका रुपमा विकास गर्ने, वनलाई रोजगारीसँग जोड्ने, ज्येष्ठ नागरिक ग्राम निर्माण गर्ने उल्लेख गरिएको छ।त्यसैगरी कृषिको आधार सिंचाईमा सुधार कार्यक्रम सञ्चालन गर्ने, उज्यालो लुम्बिनी प्रदेश अवधारणा लागू गर्ने, विद्युतीय सवारी साधन प्रयोगमा प्रोत्साहन गर्ने, विद्युतीय चुह्लोको प्रयोगलाई बढावा दिने नीति कार्यक्रममा उल्लेख छ। पुँजीगत खर्च बढाउन प्रत्येक आर्थिक वर्षको अन्तिम महिनामा खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहन गर्ने र बेरुजु घटाउने अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।