• १२ मंसिर २०८१, बुधबार

बेवारिसे परिवारको उद्धार

blog

रमेश विश्वकर्मा 

गुल्मी, पुस ८ गते। जिल्ला प्रहरी कार्यालय गुल्मीले एक बेवारिसे परिवारको उद्धार गरेको छ। बाग्लुङ्गको बडिगाड गाउँपालिका–१० खरे दर्लिङका गनपति सुनारको परिवारलाई सदरमुकाम तम्घासबाट उद्धार घर पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो। 

प्रहरी उपरीक्षक रानाभाट अनुसार सुनार र उहाँकी श्रीमती दिलकुमारी सुनारका तीन छोरा र एक छोरीलाई उद्धार गरेको हो।  

यो परिवार दुई वर्षदेखि तम्घास बजारको सडकपेटीमा बस्दै आइरहेको थियो। सडकपेटीमै कष्ठपूर्ण जीवन बिताइरहेका उनीहरुको स्वास्थ्य समस्यालाई समेत ध्यानमा राखेर उद्धार गरेर पठाइएको प्रहरी उपरीक्षक रानाभाटले जानकारी दिनुभयो। 

सोधखोज गर्दा घर बाग्लुङ्ग भएको बताएपछि गाडी भाडासमेत उपलब्ध गराएर उद्धार गरिएको उहाँले जानकारी दिनुभयो।