• १५ वैशाख २०८१, शनिबार

हाम्रो सम्पदा

बुद्धकालीन 'इनार'(फोटो फिचर)

blog

कपिलवस्तु, पुस ९ गते । कपिलवस्तुको सदरमुकाम तौलिहवा बजारदेखि पश्चिम करिब दुई किलोमिटरको दुरीमा रहेको ऐतिहासिक स्थल कुदान अर्थात् निग्रोधराममा प्राचीन बुद्धकालीन इनार रहेको छ ।

बौद्ध इतिहास अनुसार यस कुदानमा चार ठुला ढिस्काहरू मध्ये तीन वटा स्तूप र आक्रो बिहार हो । तीन वटा स्तूप भन्दा पनि पुरानो मानिने यस प्राचीन इनारको पानी भगवान् शाक्यमुनि बुद्ध र उहाँसँगै आएका भिक्षुहरू यस कुदान अर्थात् निग्रोधरामको बगैँचामा बसाइको क्रममा यस इनारको पानी विभिन्न कार्यमा प्रयोग गरेका थिए।

गौतम बुद्धले बुद्धगयामा बुद्धत्व प्राप्त गरी पहिलो पटक आफ्ना पिता राजा शुध्दोधनलाई यही निग्रोधराममा भेट गरेका थिए। बुद्धको प्रवचन सुनेर धेरै कपिलवस्तुवासीहरू भिक्षु समेत बनेका थिए।