• १० मंसिर २०८१, सोमबार

विपन्न विद्यार्थीलाई न्यानो कपडा

blog

पितृको स्मृतिमा विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गर्दै व्यवसायी । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, पुस ८ गते । कपिलवस्तु शिवराज नगरपालिका –१ का सरस्वती आधारभूत विद्यालयका २७ जना विपन्न विद्यार्थीले न्यानो कपडा पाएका छन् । विपन्न परिवारका विद्यार्थी जाडो याममा विद्यालय जाँदा सास्ती खेप्नु परेपछि पितृको स्मृतिमा चन्द्रौटा बजारका व्यवसायी विष्णु कँडेल र गीता कँडेलले न्यानो कपडा वितरण गर्नुभएको हो । 

सासु–ससुरा रुन्नता घिमिरे, दधिराम घिमिरे, दाजु शंकर कँडेल र जेठान तुलसीराम घिमिरेको स्मृतिमा पुण्य काम गरौ भन्ने उद्देश्यले विद्यार्थीलाई सहयोग गरेको बताउनुभयो । फजुल खर्च गर्नुभन्दा समस्यामा परेकालाई परोपकार गर्ने उद्देश्य रहेको विष्णुले बताउनुभयो । 

विद्यार्थीले न्यानो कपडा पाएपछि चिसोको कारणले पढाइबाट बन्चित हुने समस्या समाधान हुने विद्यालयका प्रधानाध्यापक सीताराम चौधरीले बताउनुभयो ।